Breaking news 2

बुटवलको औद्योगिक व्यापार मेलामा फिस टनेलमा दर्शकको भिड

बुटवलको औद्योगिक व्यापार मेलामा फिस टनेलमा दर्शकको भिड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज
बुटवल बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा पहिलो पटक ल्याईएको दुबई फिस एक्युरियम तथा फिस टनेलमा दर्शकको भिड लागेको छ । दुबईको समुद्रमा हुने फिस टनेल बुटवलमा मात्रै नभएर नेपालमै नौलो हो । यो बुटवलमा पहिलो पटक ल्याईएको प्रचार प्रसार समितिका संयोजक दीपक चापागाईले जानकारी गराउनु भयो । मेलामा पहिलोपटक ल्याइएको दुबईको समुन्द्रमा मात्रै हेर्न पाइने फिस टनेलको अवलोकन गर्ने र फोटो भिडियो छायाङ्कन गर्नेको घुइचो नै लागेको छ ।  व्यापार मेलामा भाँगोको तेल पाईने स्टलमा दर्शकको आकर्षण देखिएको छ । रुकुम पुर्वको भुमे गाउँपालिका वडा नं. ३ मा रहेको मारिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले बहुउपयोगी औषधीय गुण रहेको भाँगोको तेल उत्पादन गर्दै आएको छ ।उक्त सहकारीले किसानद्वारा उत्पादित कृषि उपज तथा प्रशोधित बस्तुहरुको विक्रिवितरणको लागि बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा स्टल राखिएको छ ...
पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुँदै

पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुनेछ । काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर,  त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ । आज तराई र उपत्यकाक केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ । यसले यातायात क्षेत्रमा केही असर पर्न सक्ने भएकोले सावधानी अपनाउन सचेत गराइएको छ । यसका साथै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । कर्णाली र सुदूरपश्चिममा मंगलबार पनि मौसम बदली भइ केही ठाउँमा वर्षा र हिमपातको सम्भावना...
कालिकाका उपलब्धि शैक्षिक विकासको लागि बलियो स्रोत : मुख्यमन्त्री आचार्य

कालिकाका उपलब्धि शैक्षिक विकासको लागि बलियो स्रोत : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस उद्घाटन गरेका छन् । विद्यालयले आइतबार आयोजना गरेको वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोहको मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री आचार्यले कालिका मानवज्ञान माविले हासिल गरेका शैक्षिक उपलब्धिहरु प्रदेशका अन्य विद्यालयहरुका लागि बलियो सिकाइ केन्द्रको रुपमा लिनुपर्ने बताए । ‘यस विद्यालयले सबै क्षेत्रमा उत्कृष्टता हासिल गरेको छ । यसबाट अन्य विद्यालयहरुले सिक्न जरुरी छ’उनले विद्यालयको प्रशंसा गर्दै भने,‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावी योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हासिल गरेका उपलब्धीले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’  ...
मध्यपूर्वमा तनाव बढ्दै: अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा

मध्यपूर्वमा तनाव बढ्दै: अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं अमेरिकी सेनाले यमनको राजधानी सनामा हुथी विद्रोही रहेको क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आक्रमणको निशानामा क्षेप्यास्त्र भण्डारण तथा कमाण्ड कन्ट्रोल साइट समेत परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै मात्र अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाएको थियो ।  मध्यपूर्वमा अमेरिकी सेनाको अभियानलाई रेखदेख गर्ने यूएस सेन्ट्रल कमाण्डले हुथी अभियानलाई निस्तेज पार्न हवाई आक्रमण गरिएको बताएको छ । उता, इरान सहयोगी समूहले लाल सागर, बाब अल मन्देव र अदनको खाडीमा अमेरिकी नौ सेना र व्यापारिक जहाजमा आक्रमण गरेको बताइँदै छ ।  यो हप्ता हुथी र इजरायली सेनाबीचको भिडन्त बढेका बेला अमेरिकी सेनाले समेत आक्रणम सुरु गरेको हो । इजरायलले बिहीबार मात्रै यनमको सना नजिक विजुली स्टेशनसहित कयौँ क्षेत्रमा बमबारी गरेको थियो । जसमा कम्तिमा पनि ९ जना मारिएका थिए । हुथीले त...
एनपिएल: उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

एनपिएल: उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।  नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।  लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए । दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार चखाएको थियो । सुदूरपश्चिमले दिएको १ सय २४ ...
काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईं माथि छानबिन गर्ने

काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईं माथि छानबिन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 काठमाडौं काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन गर्ने भएको  छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रक्रिया पूरा नगरी पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास गरेको भन्दै उनीमाथि छानबिन गर्ने महानगरले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । महानगरले आइतबार छानबिन समिति बनाएर उनीमाथि छानबिन गर्ने जनाएको हो । ...
महिला यू-१९ एसिया कपमा आज बंगलादेशसँग भिड्दै नेपाल

महिला यू-१९ एसिया कपमा आज बंगलादेशसँग भिड्दै नेपाल

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं  महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ । खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो । भारतसँग अंक बाँडेको थियो। समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ। फाइनल खेल आइतबार बिहान हुँदैछ । ...
एनपीएल: कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा

एनपीएल: कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार खेलिएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो । जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ । फाइनल खेल शनिबार खेलिने छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले १९ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । ...
एनपीएल: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

एनपीएल: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर १ मा सुदूरपश्चिम रोएल्ससँग पारजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर छ । लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो । त्यसमा विदेशी खेलाडीहरुको प्रदर्शन अझ प्रभावकारी रह्यो । त्यही अनुसार नेपाली ब्...
बुटवलमा औद्योगिक व्यापार मेला सुरु, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

बुटवलमा औद्योगिक व्यापार मेला सुरु, लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

Breaking news 2, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुन गईरहेको मेलाको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्घाटन गर्नुभयो । त्यस अवसरमा मन्त्री खड्काले लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरुको चिन्ताप्रति सरकार गम्भिर रहेको भन्दै व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यवसायिक वातावरण निर्माण गर्ने सरकार लागि परेको भनाई राख्नुभयो ।मन्त्री खड्काले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस...