Breaking news 2

दुम्कीबासमा ट्रक सहित पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग ठप्प

दुम्कीबासमा ट्रक सहित पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग ठप्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।  पुलमा भारतीय मालबहाक ट्रक रहेको र उक्त ट्रक अत्यधिक भारसहित रहेकोहुँदा भासिएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी यसको औपचारिक पुष्टी भने भएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले तत्कालका लागि साना सवारीका साधनहरुलाई सञ्चालन गर्न डाइभर्सनको व्यवस्था रहे पनि ठूला सवारी साधनका लागि नयाँ डाइभर्सन खोल्नुपर्ने जनाएको छ ।  राजमार्ग अवरुद्ध भएसँगै गन्तव्यमा नपुग्दै यात्रुहरु बिचल्लीमा परेका छन् । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । सोही पुल भासिदा राजमार्ग अवरुद्ध बनेको हो ।  ...
प्रेस सेन्टर रुपन्देही जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा पुन: बिष्णु पोख्रेल

प्रेस सेन्टर रुपन्देही जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा पुन: बिष्णु पोख्रेल

Breaking news 2, समाचार
रुपन्देही  प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । बिहिबार बुटवल स्थित सेन्टरको आफ्नै कार्यालयमा आयोजना गरिएको आठौ अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्ष पत्रकार विष्णु पोखरेल चयन भएका हुन् ।पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सेन्टरको नवनिर्वाचित उपाध्यक्षमा माया केसी र टंक सुनार, सचिवमा सनु थापा, सह–सचिवमा रिया बस्नेत र कल्पना घिमिरे, तथा कोषाध्यक्षमा भरत पाण्डे रहेका छन् भने कार्यसमिति सदस्यमा जगलाल नेपाली, सुनिता चुदाली, रेशम अधिकारी,नेत्र रुचाल, पार्वती थारू लगायत रहेका छन् । सेन्टरको आठौ अधिवेशनले कार्यसमितिको प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा  आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको संगठनका निर्वाचन मण्डलका संयोजक तथा अनुशासन आयोगका केन्द्रिय सचिव गुनाराम घिमिरेले जानकारी दिए । विशेष अधिवेशनमा नेक...
बुटवलको सडकमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा

बुटवलको सडकमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल बुटवल उपमहानगरपालिकामा पहिलो पटक ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ट्राफिक चोकमा जडान गरिएको ट्राफिक लाइटको विहिबार विधिपुर्वक स्वीच अन गरी शुभारम्भ गरिएको छ । बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिक लाईटको सफ्टवेयर थिचेर ट्राफिक शुभारम्भ गरेका हुन । चालु आर्थिक वर्षमा बुटवल उपमहानरपालिकाले बुटवलका ४ स्थानमा ट्राफिक लाइट जडान गर्ने गरी काम शुभारम्भ गरेको थियो । सोही योजना अनुसार बुटवलको ट्राफिक चोक र कालिका नगरमा लाइट जडान गरीएको छ । मिलनचोकमा सडक विस्तारको काम जारी रहेको केही दिनमा नै लाइट शुभारम्भ हुने छ । यस्तै गोलपार्कमा पनि लाइट जडान सकिएपछि सञ्चालन हुने नगर प्रमुख पाण्डेयले बताए । बुटवलको बढ्दो ट्राफीक जामको समस्या समाधानको लागि यो लाइट सहयोगी जानकारी दिए । लाइटसँगै राखीएको...
मदन भण्डारी गोल्डकप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबलाई

मदन भण्डारी गोल्डकप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबलाई

Breaking news 2, खेलकुद, ताजा अपडेट, सम्पादकिय, स्थानीय
२५ पुस,बुटवल। बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । तीन विभागीय र एक भारतीयसहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ३-२ सेटमा हराउँदै रनिङ शिल्ड कब्जा गरेको हो । बुटवल रामनगर खेलमैदानमा बिहीबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो सेट पुलिसले २५-१८,दोस्रो सेट आर्मीले २५-१८,तेस्रो सेट पुलिसले २५-२० र चौथो सेट नेपाल आर्मीले २५-२२ले जितेको थियो। निर्णायक पाँचौं सेटमा पुलिस माथि हाबी हुँदै आर्मीले १५-७ को फराकिलो अंक अन्तरले सहज जीत निकाल्दै उपाधि चुम्न सफल भयो। ...
लुम्बिनीमा दान वापत १ करोड ४३ लाख संकलन

लुम्बिनीमा दान वापत १ करोड ४३ लाख संकलन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ। आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ। पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए। उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोली गणना गर्ने गरिएको बताए। दानपेटिकामा संकलित दानलाई सिसिटिभि क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरु खटाएर गणनाको व्यवस्था मिलाइएको थियो। मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरुले श्रद्धाले दान चढाउछन्। दानवापत संकलित आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको छ। ...
जाडो बढपछि रुपन्देहीको तिलाेत्तमा नगरका बिद्यालयमा बिदा

जाडो बढपछि रुपन्देहीको तिलाेत्तमा नगरका बिद्यालयमा बिदा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, स्थानीय
रुपन्देही जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयलाई आजदेखी ४ दिन जाडो विदा दिएको छ। नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत गङ्गाराम आचार्यले एक सूचना जारी गरि नगर भित्रका सबै विद्यालयमा पौषको २५ गतेदेखि २९ गतेसम्म विदा दिने बताएका हुन्। ‘यस नगरपालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गरिने जाडो बिदा वार्षिक विदामा समायोजन हुने गरि २०८१ पौष २५ देखी मिति २०८१ पौष २९ गतेसम्म चार दिनसम्मको लागि जाडो बिदा गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।’ सूचनामा भनिएको छ। तिलोत्तमामा सामुदायिक ४४ र संस्थागत ४४ विद्यालय छन्। केही दिनदेखि रुपन्देहीसहित तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोसहित शीतलहरसमेतले चिसो बढेको छ। ...
बाक्लो हुस्सुले नवलपरासीमा राजमार्गमा आवागमननै ठप्प

बाक्लो हुस्सुले नवलपरासीमा राजमार्गमा आवागमननै ठप्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
 पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा बाक्लो हुस्सुका कारण मँगलबार राती सवारी आवागमन नै प्रभावित भएको छ । मंगलबार राति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन रोकिएका थिए । क्षेत्रमा प्रहरी टोली खटाइएको थियो । डिएसपी रेशम बोहराका अनुसार आज बिहानपख सवा ३ बजेतिर एकतर्फी सवारी साधन सञ्चालन भएका थिए । तर, अहिले पनि बाटो चिप्लो भएकाले मालबाहक गाडीहरु सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई मधेशका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । यसले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक  असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ। ...
संविधान संशोधन तत्काल सम्भव छैन : प्रधानमन्त्री ओली

संविधान संशोधन तत्काल सम्भव छैन : प्रधानमन्त्री ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संविधान संशोधनको सम्भावना नरहेको बताएका छन् ।  मंगलबार एमाले केन्द्रीय कमिटी बैठकको समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि राष्ट्रिय सहमति र दुई तिहाइ संख्या पुग्ने सम्भावना नभएकाले तत्काल संविधान संशोधन भइहाल्ने अवस्था नरहेको बताएका हुन् ।  ‘संविधान संशोधनका लागि राष्ट्रिय सहमति पनि चाहिन्छ, संसदमा संख्या पनि पुग्नुपर्छ’,ओलीको भनाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अहिले त्यो दुवै अवस्था छैन ।’ तर ओलीले संविधान संशोधनको तयारी भने गर्दै अघि बढ्ने बताएका थिए । ‘सबै तयारी पुरा भएपछि संविधान संशोधन नगर्ने भन्ने कुरा हुँदैन । पहिला तयारी गर्नुपर्छ’, ओलीको भनाइ छ । ...
माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्न माग

माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्न माग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ माओवादी केन्द्रीय सदस्यहरूले नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा सोमबार सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली भड्किलो र आयस्रोत अपारदर्शी भएको भन्दै सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फागुन १ भित्र सम्पत्ति विवरण बुझाउन र लेखा आयोगले अनुगमन गर्ने प्रस्ताव गरेका छन् । परिवारका आयस्रोत अद्यावधिक विवरण पार्टीलाई बुझाउनुपर्ने पनि प्रस्ताव राखेका छन् । दाहालले पार्टीले जितेका १ सय २३ पालिकामा ‘समाजवादी मोडेल’ लागू गर्ने प्रस्ताव पनि अघि सारेका छन् । ‘स्थानीय सरकारलाई समाजवादउन्मुख बनाउने’ १३ बुँदे प्रस्ताव उनले पेस गरेका हुन् । ‘पालिकामा दलले छाया सरकारको अवधारणाअन्तर्गत योजनाबद्ध रूपमा जनतासँग जोडिएका सेवा, सुधार र विकासका काम गर्न...
अत्याधिक चिसोका कारण रुपन्देहीका ४ पालिकामा आजदेखि विदा

अत्याधिक चिसोका कारण रुपन्देहीका ४ पालिकामा आजदेखि विदा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
रुपन्देही  चिसो बढेपछि रुपन्देहीको कञ्चन गाउँपालिकासहित ४ स्थानीय पालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् । आज सोबारदेखि कञ्चन, मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा बिदा दिइएको हो ।  कञ्चन गाउँपालिका र कोटहीमाईले पुस २२ गतेदेखि २९ गतेसम्म तथा सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म विदा दिएका छन् । बढ्दो शितलहरका कारण चिसो अत्याधिक बढेकाले प्रतिकुल मौसमका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै हिउँदे बिदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको ती पालिकाहरुले जनाएका छन् ।  चिसो बढेपछि तराईको जनजीवन प्रभावित भएको छ । विशेषगरी विहानको समयमा बाक्लो हुस्सु र कुहिरोले तराईमा जाडो अत्याधिक बढेको छ ।  ...