भैरहवामा भाटभटेनीको थप लगानी, सेज भित्र १५० करोडमा अत्याधुनिक गार्मेन्ट उद्योग बनाउँदै


बुटवल

रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा नेपालकै चर्चित व्यावसायिक घराना भाटभटेनीको लगानी भित्रिएको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङ तथा उमेश श्रेष्ठसहितको समूहले १ अर्ब ५० करोड बढी लगानी गर्दै सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन ल्याउने गरी बुधबार भूमि पूजन तथा शिलान्यास  गरेका छन् । 

भैरहवा सेज भित्र १ विगाह १३ कट्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको बुधबार भूमि पूजन गर्दै अध्यक्ष गुरुङले नेपालमै लगानीको वातावरण छ भन्ने सन्देश दिनका लागि उद्योग स्थापना गर्न लागिएको जानकारी दिए । ९ महिना भित्र उद्योग स्थापना गरी सञ्चालनमा ल्याउने तयारीसहित काम सुरु गरिएको उनले बताए । 

WhatsApp Image 2025-06-04 at 15.41.38_bb2d1539

नेपाली बजारका साथै युरोपेली मुलुक तथा अमेरिकामा तयारी पोसाक निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गर्न लागिएको अध्यक्ष गुरुङले बताएका छन् । उद्योग स्थापना भई सञ्चालनमा आउँदा १ हजार २ सय बढीले रोजगार प्राप्त गर्ने बताउँदै उनले त्यसमा ९८ प्रतिशत बढी स्थानीय तथा नेपाली श्रमिक रहने उल्लेख गरे । उद्योग निर्माणको कामसँगै त्यहाँ आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा प्रशिक्षणको काम समेत एकसाथ सञ्चालन भइरहेको जानकारी गराउँदै उनले नेपाली अर्थतन्त्रमा सानै भए पनि योगदान गर्न सकिने अपेक्षा व्यक्त गरे । 

यस उद्योगबाट उत्पादित कपडाहरु भाटभटेनीका स्टोरहरुमा पनि पाइने र स्थानीय बजारमा पनि पुर्याउनले लक्ष्य रहेको बताए ।  “हामीले भाटभटेनीमा आफ्नै उत्पादन बिक्रीको लक्ष्य राखेका छौँ, स्थानीय बजारमा पनि पठाउँछौ। उद्योगका लागि आवश्यक केही कच्चा पदार्थ भारत र चीनबाट आयात गर्ने योजना रहेको बताउँदै उनले भने “कम्पनी सञ्चालनमा आउनुअघि विश्वका ठुला यस्ता कम्पनीबाट विज्ञलाई ल्याएर यहाँ तालिमको व्यवस्था गर्दछौँ ।”

सेज भित्र स्थापना गर्न लागिएको गार्मेन्ट उद्योगको समूहमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायत पनि रहेका छन् । सेज भित्र स्थापना हुने उद्योगहरुलाई सरकारले विशेष सुविधाहरु उपलब्ध गराएको बताउँदै अध्यक्ष गुरुङले लगानीको वातावरण बिस्तारै बन्दै गएको उल्लेख गरे । उद्योगको शिलान्यासपछि ग्लोबल आवाजसँग कुरा गर्दै  अध्यक्ष गुरुङले नेपालमा केही हुँदैन भन्ने भ्रम तोड्न लागि पनि  औद्योगिक क्षेत्रमा लगानी विस्तार गरेको बताए । 

हामी जस्तै अरुसँग पनि क्षमता छ तर, आत्मविश्वासको कमी मात्रै हो । अब सबैले मिलेर देशमा केही गर्नुपर्छ ।’ नेपालको अर्थतन्त्रमा आफ्नोतर्फबाट सक्दो योगदान गर्ने बताउँदै उनले सबै निजी क्षेत्रले उत्पादनमा लगानी गर्न आह्वान समेत गरे । 

भैरहवा सेज भित्र भाटभटेनीको लगानी भित्रिनु यहाँका व्यवसायीहरूका लागि पनि उत्साहको विषय भएको भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले बताए । यहाँ हाल १३ वटा उद्योग मध्ये ११ वटा उद्योग सञ्चालनमा रहेका छन् भने २ वटा बन्द अवस्थामा रहेका छन् । आगामी ६ महिना भित्र थप उद्योगहरु पनि सञ्चालनको तयारीमा रहेको डुम्रेले जानकारी दिए । सेज भित्र ६८ वटा प्लट रहेका छन् । देशभरका मुख्य शहरमा भाटभटेनीका २८ वटा सुपरस्टोर सञ्चालनमा छन् । पछिल्लो समय मीनबहादुर भाटभटेनी मार्फत लगानी विविधीकरणमा आक्रामक रुपमा लागेका छन् ।  

भाटभटेनी मार्फत नेपालकै सपिङ ट्रेन्डलाई परिवर्तन गरेका मीनबहादुर पछिल्लो समय विविध प्रकारको लगानीमा आक्रामक देखिएका हुन्। भाटभटेनी सुपर स्टोरलाई देशकै न. १ र एक सुपर मार्केट बनाउन सफल भएका उनले अब लागानीलाई विविधीकरण गर्दै लैजाने क्रममा स्टोर, उद्योग, पर्यटन, कृषि, रियल स्टेट, स्वास्थ्यसँगै निर्यात मूलक उद्योगका भैरहवा सेजमा अत्याधुनिक गार्मेन्ट उद्योगमा लगानी विस्तार गरेका हुन् । 

भाटभटेनी समूहले रोड सो रियल स्टेटको साझेदारीमा केही समय अघि काठमाडौँको चाहविलमा बहुतले लक्जरियस अपार्टमेन्ट निर्माण सुरुवात थालि सकेका छ ।  विराटनगरमा भएको कोशी लगानी सम्मेलन मार्फत सरकारले अनुकूल वातावरण तयार पारे भाटभटेनीले आफ्नो लगानी विस्तार गरेर ६० अर्ब पुर्‍याउने समेत मीनबहादुरले घोषणा गरेका थिए।

काठमाडौँको दरबारमार्गमा व्यवसायी उमेश श्रेष्ठसँगको साझेदारीमा भाटभटेनीको अन्नपूर्ण स्क्वायर होटेल निर्माणाधीन अवस्थामा छ भने पर्यटकलाई लक्षित गरी चितवनको टाँडीमा अहिलेसम्मकै ठुलो स्टोर बनाउँदै छ । त्यस्तै, चितवनको टाँडीमानै ७२ हजार वर्ग फिटमा नेपालकै ठुलो अत्याधुनिक कोल्ड स्टोर  निर्माणाधीन छ । अन्नपूर्ण स्क्वायर होटेल र कोल्ड स्टोर दुवैमा व्यवसायी उमेश श्रेष्ठको पनि साझेदारी रहेको छ।

यस्तै विराटनगरमा निर्माणाधीन होटेल सेन्चुरियन १५५ करोडमा खरिद गरेका मीनबहादुरले २ वर्ष भित्रैमा भाटभटेनीको नाममा पाँचतारे होटेल सञ्चालनमा ल्याउने तयारीका साथ अघि बढेका छन्

छुटाउनुभयो कि ?

‘गरिबलाई बाँच्न दे’ भन्दै रूपन्देहीमा सरकारविरुद्ध प्रदर्शन

‘गरिबलाई बाँच्न दे’ भन्दै रूपन्देहीमा सरकारविरुद्ध प्रदर्शन

बुटवलरुपन्देहीको बुटवलमा भूमिहीन र अव्यवस्थित बसोबासीहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।उनीहरूले प्रधानमन्त्री बालेन श...
काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

काठमाडौंसरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म १८ सय १६ परि...
अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

अध्यादेश: राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो

काठमाडौँरामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’सँगै विभिन्न सरका...
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौंनेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक स...