Breaking news 2

आजबाट प्रधानमन्त्री कप क्रिकेट : तिलोत्तमा,भैरहवा र लमहीमा एकसाथ

आजबाट प्रधानमन्त्री कप क्रिकेट : तिलोत्तमा,भैरहवा र लमहीमा एकसाथ

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही लुम्बिनी प्रदेशका आज बाट प्रधानमन्त्री कप क्रिकेट सुरु हुदैछ । खेलको आज भैरहवा, तिलोत्तमा र लमहीमा रहेका खेलमैदानमा एकै पटक खेलहरू सञ्चालन हुने छन्।  नेपाल क्रिकेट संघ (क्यान)का अनुसार रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता  सञ्चलन हुँदैछ । प्रदेशका तीन क्रिकेट मैदानमा एकै पटक हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको भैरहवाको सिद्धार्थ रङ्गशालामा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खेलको उद्घाटन गर्ने छन् ।  त्यस्तै  दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ भने रुपन्देहीको एक्स्ट्राटेक ओभलमा तिल...
नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन श्रम तथा रोजगार सम्मेलन आयोजना हुँदै

नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन श्रम तथा रोजगार सम्मेलन आयोजना हुँदै

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाण्डाै – सरकारले देशको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित पर्सि सोमवार र मङ्गलवार काठमाण्डौमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजनामाथि पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । सीपको अभावमा कतिपय बेरोजगार हुनुपरेको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताउनुभयो । वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै भएको र नेपाली स...
सुनगाभा सैनामैना गोल्डकप : आज आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै

सुनगाभा सैनामैना गोल्डकप : आज आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकमा आज शुक्रबार आयोजक र भारतको सिक्किम क्लब बीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत दिउँसो ३ बजे मुर्गिया फुटबल रंगशालामा हुने प्रतिस्पर्धामा विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछ ।  प्रतियोगिता अन्तरगत विहिबारको खेलमा महाबिर क्लब काठमाडौंले जित दर्ता गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ । उसले चितवनको हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोली शुक्रबारको खेल आयोजक मुर्गिया फुटबल क्लब र भारतको सिक्किम क्लवबीच हुनेछ । प्रतियोगिताको विजेत...
अमेरीकी कदम विरूद्ध चिनकाे खुल्ला चेतावनी: ‘अमेरीकासंग सबै युद्ध लड्न तयार छाै’

अमेरीकी कदम विरूद्ध चिनकाे खुल्ला चेतावनी: ‘अमेरीकासंग सबै युद्ध लड्न तयार छाै’

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडाैँ अमेरीकी राष्ट्रिति  डोनाल्ड ट्रम्पले चीनीया सामानमा थप १० प्रतिसत भन्सार शुल्क बृद्धि  गरेपछि क्रुद्ध बनेकाे चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीन अमरिकासँग सबै प्रकारको युद्ध लड्न  तयार रहेको बताएको हो। चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘चाहे त्यो ट्यारिफ (भन्सार शुल्क) युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौँ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। यसअघि फेब्रुअरीको सुरुमै ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क लगाइसकेका थिए। बढाएको समेत गर्दा अमेरिकाले चिनियाँ सामानमा कूल २० प्रतिशत भन्सार शुल्क लगाएक...
उपचार गोजीबाट रकम निकालेर होइन बिमा कार्डबाट गर्ने सुनिश्चित गर्नु पर्छः स्वास्थ्य मन्त्री पौडेल

उपचार गोजीबाट रकम निकालेर होइन बिमा कार्डबाट गर्ने सुनिश्चित गर्नु पर्छः स्वास्थ्य मन्त्री पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल अब व्यक्तिले गोजीबाट रकम निकालेर नभई बिमा कार्डबाट उपचार सुनिश्चित गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । स्वास्थ्य विमाबाट उपचार गर्ने व्यवस्था मिलाएर विमा रकम तिर्नेले तिर्नु पर्ने र विमा बाफतको पैसा तिर्न नसक्नेको राज्यले तिरिदिनु पर्ने बताए । ‘अब उपचार गोजीबाट पैसा निकालेर होइन, गोजीबाट विमा कार्ड निकालेर गर्नु पर्छ । विमा बाफतको शुल्क तिर्न सक्नेले अनिर्वाय रुपमा तिर्ने व्यवस्था गर्नु पर्छ । नसक्नेहरुको राज्यले दिनु पर्छ’, मन्त्री पौडेलले भने ।  आज बुटवलमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमा कोषलाई सुरक्षित र बलियो बनाउँदै सर्वसाधारणलाई सेवा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउन...
सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीको काम अघि बढ्ने

सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीको काम अघि बढ्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार
कर्णाली प्रदेशको राजधानी भएयता वीरेनद्रनगरमा रहेको सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीका लागि बेलाबेला चर्चा हुँदै आएको छ । विमानस्थल विस्तारको चर्चासँगै विवादको कारण काम अघि बढ्न सकेको छैन । जसका कारण विमानस्थल विस्तारको काम स्थगित हुँदै आएको छ । आम निर्वाचनका बेलामा सम्पूर्ण उम्मेदवारहरुले प्रमुख मुद्दा समेत बनाउँदै आएका छन् । विशेषगरी यो बेला राजनीतिक मुद्दा समेत बन्ने गरेको छ । यसरी लामो समयदेखि विवाद र स्थगित हुँदै आएको सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीको काम पुनःअघि बढ्ने भएको छ । विमानस्थल विस्तारका लागि संघीय सरकारले नीतिगत निर्णय समेत गरेपछि काम अघि बढ्ने भएको हो । विमानस्थल विस्तारको लागि स्रोत सुनिश्चितता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ । फागुन १५ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार विमानस्थल विस्त...
सुनगाभा सैनामैना गोल्डकप : विभागीय टोली नेपाल पुलिस र फर्साटिकर एफसी भिड्दै

सुनगाभा सैनामैना गोल्डकप : विभागीय टोली नेपाल पुलिस र फर्साटिकर एफसी भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा विभागीय टोली नेपाल पुलिस र फर्साटिकर फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदै छ । सैनामैना–४ स्थित सैनमैना फुटबल रंगशाला मुर्गिमा दिउँसो ३ः४५ बजेदेखि खेल हुनेछ । स्थानीय मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको उद्घाटन खेलमा आयोजकले गोर्खा ब्वाईज एफसीलाई पराजित गर्दै अघिल्लो चरण्मा प्रवेश गरेको छ । उसले २–० गोल अन्तरले गोर्खा ब्वाईजलाई पराजित गरेको थियो । सुनगाभा पब्लिक स्कुलको टाइटल स्पोन्सर तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोग र संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले नगद ७ लाख पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्रापत गर्नेछ । यसैगरी उपविजेताले नगदर ४ लाख तथा अन्तिम चारमा पुग्ने अन्य २ समुहले समान ८० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।&...
काँग्रेसका शिर्ष नेताहरु रुपन्देहीमा, सभापति देउवा पनि आज आउँदै

काँग्रेसका शिर्ष नेताहरु रुपन्देहीमा, सभापति देउवा पनि आज आउँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
रुपन्देही नेपाली काँग्रेसको दुई दिने प्रशक्षिण कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा आज रुपन्देही आउँदै छन् । उनीसँगै परराष्ट्र मन्त्री तथा काँग्रेस नेतृ आरजु राणा देउवा पनि रुपन्देही आउने कार्यक्रम रहेको छ । देशभरका क्षेत्रीय सभापतिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु आज विहान ९ बजेको फ्लाइटमा भैरहवा आइपुग्ने कार्यक्रम रहेको काँग्रेस नेताहरुले बताएका छन् ।  प्रशिक्षण कार्यक्रमका लागि काँग्रेसका शिर्षनेताहरु आइतबार नै रुपन्देही आएर बसेका छन् । महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक, नेता डा शेखर कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, नेता बालकृष्ण खाँण लगायतका शिर्षतहका नेताहरु आइतबारनै रुपन्देही आएपछि काँग्रेस नेता कार्यकर्ताहरुको भेटघाट तथा चहलपहल बढेको छ । भैरहवाको पटुवा...
फ्लडलाइट जडान गरिएको पहिलो क्रिकेट मैदान एक्स्ट्राटेकमा के हुंदैछ ?

फ्लडलाइट जडान गरिएको पहिलो क्रिकेट मैदान एक्स्ट्राटेकमा के हुंदैछ ?

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार
रुपन्देही रुपन्देहीको तिलोत्तमामा एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम निर्माणधीन छ। विनोद कुँवर र उनकी पत्नी सुदिक्षाले ५० करोड लगानी गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिरहेका छन्।उनीहरू आफैले खरिद गरेको पाँच बिघा जमिनमा २०८० साल जेठ २९ गते क्रिकेट स्टेडियमको शिलान्यास गरेका थिए। अहिले पाँच वटा फ्लड लाईट जडान गरी परिक्षण भइरहेको छ। योसँगै एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम फ्लडलाइट जडान गरिएको नेपालको पहिलो क्रिकेट मैदान बन्न पुगेको छ।क्रिकेट खेल्न मिल्ने गरी तयार गरिएको रंगशालाको उद्घाटन भने २०८० फागुन २८ गते नै लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी गरिएको थियो। रंगशालामा अहिले अन्य भौतिक संरचना निर्माणका काम भइरहेका छन्।अहिले भिआइपी बक्स, प्लेयर बक्स, चेञ्जिङ रुम र मिडिया बक्स सहितका चाररचार तलाका २ वटा भवन बनिरहेका छन्।  कुँवरका अनुसार ती भवनको च...
आविष्कार केन्द्रले गर्‍यो सरकारी अस्पतालका ५ सय उपकरण मर्मत

आविष्कार केन्द्रले गर्‍यो सरकारी अस्पतालका ५ सय उपकरण मर्मत

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
काठमाडौँ राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न सरकारी अस्पतालमा बिग्रिएर लामो समयदेखि थन्किएका ४ सय ८४ उपकरण मर्मत गरेको छ । करिब २४ करोड ३० लाख मूल्य पर्ने ती उपकरण मर्मतपछि प्रयोग हुन थालेका छन् ।  केन्द्रले न्यूनतम खर्चमा ३६ भेन्टिलेटर, २३ डायलासिस मेसिन, ७ एनेस्थेसिया मेसिन, १० भिडियो एक्सरे १० र ८ अटो क्लेभ मेसिन मर्मत गरेको छ । ब्लडप्रेसर मनिटर १८, ईसीजी मेसिन ३० र पेसेन्ट मनिटर ५५ वटा पनि मर्मतपछि सञ्चालनमा आएका छन् । डेन्टल तथा सर्जिकल सामान रगतको प्लाज्मा छुट्याउने ल्याबका सामान, आईसीयू/सीसीयूका सामान पनि मर्मत गरिएको छ । वटी लाइट/टेबल, इन्फ्युजन पम्प, आईसीयू/पेसेन्ट बेड, माइक्रोस्कप, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, मुटुलाई सामान्य लयमा ल्याउन प्रयोग गरिने डिफिब्रिलेटरलगायत मेसिन पनि केन्द्रले मर्मत गरिदिएको छ । आविष्कार केन्द्रले काठमाडौंस्थित सहिद गंगालाल राष्ट्र...