Breaking news 1

भियतनामबाट १ सय ८० बौद्धमार्गी  चार्टर विमानमार्फत लुम्बिनी आउँदै

भियतनामबाट १ सय ८० बौद्धमार्गी चार्टर विमानमार्फत लुम्बिनी आउँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विदेश, समाचार, समाज
काठमाडौँ भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत लुम्बिनीकाे भ्रमणमा आउने भएका छन् । उनिहरू वैशाख ५ गते भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । उनीहरू शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष पूजामा सहभागी हुनेछन्वै भने बैशाख ६ गते लुम्बिनीबाट सडक मार्गबाट भारतको वाराणसी जाने उनीहरूको कार्यतालिका रहेकाे छ । भियतनामका बौद्ध धर्मावलम्बीहरूले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अत्यन्तै पवित्र स्थलका रूपमा मान्दै आएका छन् । भियतनामीहरूकाे प्रमुख धार्मिक गन्तव्यको रूपमा लुम्बिनी रहकाे छ ।  ...
सरकार जनताको अवस्था परिवर्तनमा लागिरहेको छ साथ दिनुहोस् : प्रधानमन्त्री ओली

सरकार जनताको अवस्था परिवर्तनमा लागिरहेको छ साथ दिनुहोस् : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै त्याग संघर्षबाट व्यवस्था परिवर्तन गरेकाे र अब जनताको अवस्था परिवर्तनका लागि सरकार लागिरहेकोले साथ दिन सम्पूर्ण जनतालाई आग्रह गरेका छन्। शुक्रबार नेकपा एमालेको जागरण सभालाई बुटवलमा सम्बोधन गर्दै नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीले ठूलो त्याग ,बलिदानबाट ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई संविधानमानै नरहेको राजतन्त्रका पछाडि लागेर समय बिताउन र द्वन्द सिर्जना गर्न नहुने वताउंदै अब जनताको अवस्था परिवर्तनमा लाग्न आवश्यक रहेकोले सरकार लागिरहेको बताए। उनले सम्भावनै सम्भावना रहेको हाम्रो देश नेपालमा चाहे जति विकास हुन नसकेता पनि भएका उपलब्धि, विकास समृद्धिका कुराहरू जनजनमा पुर्‍याउन आवश्यक रहेको बताए। उनले नेपालमा सामाजिक अराजकता फैलाउने ,गलत प्रचार गर्ने ,दुष्प्रयास गर्ने तत्वहरु सक्रिय रहेकोले यस...
सामाजिक मिडियालाई समाज भाँड्ने हतियार नबनाउन सुझाव

सामाजिक मिडियालाई समाज भाँड्ने हतियार नबनाउन सुझाव

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 काठमाडौं प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज भाँड्ने हतियार सामाजिक सञ्जाललाई नबनाउन सबै प्रयोगकर्ताहरुलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल प्रयोग हुने सञ्चारमाध्यमसहितमा गलत र भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको र त्यसले देशलाई पछाडि पार्ने काम गरेकोमा उहाँको असन्तुष्टि थियो । बिहीवार प्रेस काउन्सिलमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले समाधानमुखी रचनात्मक पत्रकारिता हुन सके मात्र अहिलेको पत्रकारितामा सुधार आउने बताउनुभयो । सामाजिक सञ्जालको गलत र नियोजित प्रयोगले मिडियामाथि नै हिलो छ्याप्ने काम भएको छ । ती प्रयोगकर्ता पत्रकार हुन सक्दैनन्, नयाँ खुलेका अनलाइन, युट्युव सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरुका लागि राखिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भन्नुभयो । नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुँइटेल र गोरखापत्र संस्थानक...
प्रधानमन्त्रीले शुक्रबार बुटवलको जनसभालाई सम्वाेधन गर्ने

प्रधानमन्त्रीले शुक्रबार बुटवलको जनसभालाई सम्वाेधन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल नेकपा एमालेले भाेलि अर्थात चैत २९ गते शुक्रबार बुटवलमा जनसभा आयोजना गरेकाे छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभामा अर्थमन्त्री विष्णुप्रसाद पाैडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ,एमालेका सचिव पद्ममा अर्याल लगायतका केन्द्र,प्रदेश र जिल्ला स्तरका नेताहरुकाे सम्वाेधन रहने छ । रुपन्देही र आसपासका जिल्लाहरु कपिलवस्तु र नवलपरासीबाट समेत गरि ५० हजार जना सहभागिता जुटाउने एमालेले दावी गरेको छ। विहिबार नेकपा एमाले पार्टी कार्यालय बुटवलमा सम्पन्न भएको पत्रकार भेटघाट तथा तैयारिकाे पुर्वसन्ध्या कार्यक्रममा वाेल्दै एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले पछिल्लो समय राजनीतिक दलहरु र सरकारका विरुद्ध मात्र होईन लोकतन्त्र र गणतन्त्रका विरुद्ध समेत नकारात्मक भ्रम सिर्जना गर्न थालिएकोले त्यसलाई चिर्न एमा...
शिक्षक महासंघले सरकारसँग वार्ता र सडक आन्दोलन सँगसँगै गर्ने

शिक्षक महासंघले सरकारसँग वार्ता र सडक आन्दोलन सँगसँगै गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं । आन्दोलनरत शिक्षक महासंघले वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने बताएको छ । बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि आज महासंघको टोलीले सरकारसँग छलफल गर्दैछ । वार्ताको समय र स्थान भने तय भएको छैन । दुई पक्षबीच छलफलबाट समय तय गरिने बताइएको छ ।  महासंघले संवादसँगै आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ । ‘संवाद र आन्दोलन सँगसँगै जान्छ । हामी वार्ता विरोधी होइनौं । तर, भाकाको सहमतिका लागि मात्र वार्तामा बस्दैनौं । ऐन जारी गर्ने सुनिश्चितता हुनुपर्छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प सरकारलाई दिएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन ल्याउन विकल्प दिएका छन् । आज हुने संवादमा पनि महासंघले यिनै आफ्ना कुरा राख्ने बताइएको छ । महासंघले आन्दोलनलाई यथावत ...
प्रधानमन्त्रीबाट पाणिनि तपोभूमि सम्मेलन उद्घाटन

प्रधानमन्त्रीबाट पाणिनि तपोभूमि सम्मेलन उद्घाटन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
अर्घाखाँची प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूूमि सम्मेलनको आज उद्घाटन गरेका छन्।  दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ। कार्यक्रम लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको हो। विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली काँग्रेसका नेताद्वय डा चन्द्र भण्डारी र पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति रहेको छ। अर्घाखाँचीको पणेना (...
लुम्बिनी प्रदेशमा वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी

लुम्बिनी प्रदेशमा वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेश सरकारले वनमा डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ । पछिल्लो समय लुम्बिनी प्रदेशमा वनमा आगलागीका घटनाहरू व‌ृद्धि भएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत परिपत्र गरिएको मुख्यमन्त्री चेतनारायण आचार्यका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए । यस वर्ष चैत १ गतेदेखि २५ गते सम्म १२ वटा जिल्लामा आगलागीका १२९ वटा घटना घटेका छन् । यो अवधिमा आगलागीमा परेर १ जनाको मृत्यु भएको र १३ जना घाइते भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । वन डढेलो तथा आगलागीको घटना नियन्त्रण र सम्भावित क्षति न्यूनीकरणका लागि भरपर्दो पूर्व तयारी गर्न अनुरोध पनि गरिएको छ। वन ऐन, २०७६ अनुसार राष्ट्रिय वनमा आगजनी गरेमा त्यसबाट भएको सम्पूर्ण क्षतिको बिगो असुल गर्नुक...
प्रधानमन्त्रीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले लागि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ ।बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आम सभालाई सम्वोधन गर्न प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । ...
शिक्षकका जायज माग पूरा हुन्छन् : प्रधानमन्त्री

शिक्षकका जायज माग पूरा हुन्छन् : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित हिमालयन संवादमा प्रधानमन्त्री ओलीले शिक्षकका जायज माग पूरा गरिने बताएका हुन् । शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेको बेला प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति आएको हो । आन्दोलन, आगजनी तथा तोडफोडका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने पनि उनको भनाइ थियो । विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको पनि उनले बताए । पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्तामा आउन पनि प्रधानमन्त्रीले आह्वान गरेका छन् । ‘अहिले शिक्षक आन्दोलन चलेको छ, किन चलाउनुभएको मलाइ थाहा भएन । म प्रधानमन्त्री छु । म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ&nb...
बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक

बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले सोमबार फेरि ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बजारमा आवश्यकभन्दा धेरै पैसा (तरलता) भएको भन्दै त्यसलाई कम गरेर ठिक्क बनाउन (व्यवस्थापन गर्न) राष्ट्र बैंकले आज उल्लिखित रकम निकाल्न लागेको हो । करिब डेढ वर्षयता राष्ट्र बैंकले नियमित रुपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत् बजारबाट पैसा झिक्दै आएको छ । तर आइतबार सार्वजनिक बिदा भएकाले हिजोको सट्टाआज पनि पैसा निकाल्न लागेको हो । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २३ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आब्हन गरेको सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणमार्फत् ...