Breaking news 1

आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत

आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनको लागि आफ्नो पारस्परिक कर ११५ प्रतिशतले घटाउने बताएका हुन्। स्विट्जरल्याण्डमा भन्सार शुल्कको बारेमा अमेरिका र चीनबिच वार्ता भएको थियो। त्यो छलफलपछि सोमबार यो सम्झौताको घोषणा गरिएको हो। छलफलपछि बेसेन्टले वार्तालापलाई ‘उत्पादक र रचनात्मक’ भनेर वर्णन गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानहरूमा भारी कर लगाएपछि दुई देशबिचको यो पहिलो बैठक थियो। ट्रम्पले चिनियाँ आयातमा १४५% सम्मको भन्सार शुल्क लगाए भने चीनले केही अमेरिकी उत्पादनहरूमा १२५% सम्मको भन्सार शुल्क लगाएको छ। यी भारी शुल्कहरूले वित्तीय बजारमा उथलपुथल निम्त्यायो भने विश्वव्यापी मन्दीको डर बढाएको थियो । अब चिनियाँ आयातमा अमेरिकी भन्सार कर ९० दिनको लागि ...
आज २५६९ औँ बुद्ध जयन्ती, लुम्बिनीमा भव्यताकासाथ मनाइँदै

आज २५६९ औँ बुद्ध जयन्ती, लुम्बिनीमा भव्यताकासाथ मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
लुम्बिनी आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।  विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा विभिन्न कार्यक्रमसहित ३ दिनसम्म बुद्ध जयन्ती मनाइँदै छ । आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । मूल कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिए । दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ, भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको भट्टराईले बताए । लुम्बिनी विकास कोषका कोषाध्यक्षसमेत रहेका भट्टराईका अनुसार, बुद्ध जयन्तीको म...
विद्यार्थीसँगै बाहिरियो नेपालबाट १ खर्ब ३ अर्ब ८४ करोड

विद्यार्थीसँगै बाहिरियो नेपालबाट १ खर्ब ३ अर्ब ८४ करोड

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्म नेपाली विद्यार्थीले १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव चैत मसान्तसम्मको वित्तीय तथा आर्थिक स्थिति प्रतिवेदन अनुसार गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको थियो । चैतसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । जुन गत आव सोही अवधिको तुलनामा १९ प्रतिशत धेरै हो । यसमध्ये शिक्षाको हिस्सा अधिक छ । नेपालबाट विदेश घुम्न जानेले ९ महिना अवधिमा ६६ अर्ब ५५ करोड विदेशी मुद्रा खर्च गरेका छन् । उता नेपाल घुम्न आउने विदेशी नागरिकबाट नेपालले ६६ अर्ब ५४ करोड आम्दानी गरेको छ । तथ्यांक अनुसार भ्रमण आयको तुलनामा व्यय माथि देखिन्छ र जसले गर्दा खुद सेवा आय ८१ अर्ब ५४ करोड घाटामा छ । ...
आज सङ्घीय संसद्का दुवै सदनको बैठक , सरकारको नीति तथा कार्यक्रम पारित गरिने

आज सङ्घीय संसद्का दुवै सदनको बैठक , सरकारको नीति तथा कार्यक्रम पारित गरिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।   राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय भएको छ ।  त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा यही वैशाख २२ गते...
भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् । छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ । पाकिस्तान...
गुल्मी,पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’

गुल्मी,पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
गुल्मी गुल्मी ,पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ ।  कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो ।  पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा महोत्सव  सञ्चालन भएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकारको १० लाख सहयोग रहेको छ ।  महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुभारम्भ गर्नुहुँदै रुरु क्षेत्र नेपालकै चारधाममध्ये एक रहेको हुँदा ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको ब...
संविधानको सीमाभित्र सबै बस्ने हो भने बजेट विनियोजनमा विकृति नहुने : अर्थमन्त्री

संविधानको सीमाभित्र सबै बस्ने हो भने बजेट विनियोजनमा विकृति नहुने : अर्थमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले संविधानको सीमाभित्र सबै बस्ने हो भने बजेटमा विनियोजनमा विकृति नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘विनियोजन र खर्चका बीचको खाडल हामीले नै खनेका हौं, यस वर्ष अर्थमन्त्री यो खाडल पुर्न चाहन्छ, सबैले साथ दिनुहोस ।’ यस वर्ष बजेटमा ७ हजार आयोजनामा ११ हजार आयोजना थपिएकोमा व्यङ्ग्यसमेत गरे । उनले विनियोजन र खर्चबीचको खाडल यस वर्ष पुर्ने प्रयासमा आफू रहेको उनको भनाइ छ । अनुमान गरेभन्दा बाहिरबाट स्रोत सिर्जना हुँदा चालु खर्च बढ्ने गरेको उनले बताए । यस वर्ष अदालतको आदेश, शिक्षकका माग पूरा गर्दा दायित्व थप भएको उनको भनाइ छ । यो सामर्थ्यको दायराभन्दा माथि पुगेको उनको भनाइ छ । सामाजिक सुरक्षामा प्रतिस्पर्धा गर्दा विकृत्ति भएको उन...
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्‍यो

पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्‍यो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँ भारत र पाकिस्तानबिचको सैन्य तनाव चुलिँदै जाँदा दुवै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन्। स्थानीय समय अनुसार राति करिब ३:१५ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। यसैबिच केही क्षणअघि भारतको विमानस्थल प्राधिकरणले पनि उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने घोषणा गरेको छ। दुवै देशका एयर स्पेस बन्द हुँदा हवाई यातायातमा व्यापक असर पर्ने अनुमान गरिएको छ। ...
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतस्थित नेपाली दूतावासको आग्रह

सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतस्थित नेपाली दूतावासको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं भारतस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ । भारत–पाकिस्तान तनाव बढिरहेका बेला नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको हो । दूतावासले शुक्रबार यससम्बन्धी सूचना जारी गरेको छ । ‘भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाली दूतावास, नयाँदिल्ली अनुरोध गर्दछ,’ दूतावासको सूचनामा भनिएको छ । दूतावासले कुनै आपतकालीन अवस्था आए दूतावासको आवश्यक समन्वय र सहजीकरणका ...
आफ्नो सबै सम्पत्ति दान गर्ने बिल गेट्सद्वारा घोषणा

आफ्नो सबै सम्पत्ति दान गर्ने बिल गेट्सद्वारा घोषणा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, समाचार, समाज
विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो सबै सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। बिहीबार उनले आगामी २० वर्षभित्र आफ्नो लगभग २०० अर्ब डलर बाँड्ने योजना बनाएको सीएनएनले समाचारमा उल्लेख गरेको छ। समाचारका अनुसार उनले आगामी डिसेम्बर ३१, २०४५ मा गेट्स फाउन्डेसन पनि बन्द गर्ने योजना बनाएका छ‍न्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्वास्थ्य, विदेशी सहायता र अन्य सार्वजनिक सहायता कार्यक्रमहरूको लागि कोष कटौती गर्न काम गरिरहेको बेला यो घोषणा आएको हो। गेट्सले पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्स र वारेन बफेटसँग मिलेर २०१० मा धनी व्यक्तिहरूलाई आफ्नो जीवनकालमा वा आफ्नो इच्छापत्रमा आफ्नो अधिकांश भाग्य परोपकारी कार्यहरूमा दान गर्न प्रोत्साहित गर्न गिभिङ प्लेज सुरु गरेका थिए। यसमा अहिले २४० भन्दा बढी हस्ताक्षरकर्ताहरू रहेका छन्। विश्वको सबैभन्दा ठूलो परोपकारी संस्थाहरू मध्ये एक, गेट्स फाउन्डेसनले आ...