Breaking news 1

यि हुन् ओलीले जाँचबुझ आयोगलाई दिएको लिखित बयानका मुख्य ६ बुँदा

यि हुन् ओलीले जाँचबुझ आयोगलाई दिएको लिखित बयानका मुख्य ६ बुँदा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौको जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित आयोगलाई दिएको जवाफको मुख्य बुँदा पार्टी सचिव महेश बस्नेतले सार्वजनिक गरेका छन्। आइतबार ओलीसँग बयान लिन आयोगको टोली गुण्डुस्थित उनकै निवास पुगेको थियो। आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाले नै स्वीकार गरिसकेका र आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको ओलीले आयोगसमक्ष जवाफ दिएका छन्।उक्त टोलीलाई ओलीले दिएका बयानका केही अंश भन्दै मंगलबार पार्टी सचिव महेश बस्नेतले फेसबुकमा सार्वजनिक गरेका हुन्। ओलीले दिएको जबाफका मुख्य बुँदाहरू भन्दै उनले ६ बुँदा सार्वजनिक गरेका हुन्। पहिलो बुँदा, २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई...
पुराना दलका नेतालाई रबिको कटाक्ष : प्रतिपक्षमा बस्ने सोच बनाएर बस्नुस्

पुराना दलका नेतालाई रबिको कटाक्ष : प्रतिपक्षमा बस्ने सोच बनाएर बस्नुस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताप्रति कटाक्ष गरेका छन् । पार्टीको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको मुद्दा-मामिलालाई प्रतिशोधको संज्ञा दिए । यस क्रममा उनले शीर्ष नेताप्रति असन्तुष्टि व्यक्त गरे ।‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नु भयो कि तपाईँहरूलाई नपुरी सुखै छैन,’ उनले भने । लामिछानेले पुराना दलहरू एकजुट भएर रास्वपामाथि आक्रमण गरिरहेको आरोप लगाए । निर्वाचन हुन नदिन कसैले षड्यन्त्र नगर्न उनले आग्रह गरे । यसअघि अन्य दललाई मतदान गर्दै आएका मतदातालाई यस पटक रास्वपालाई समर्थन गर्न उनले अपिल गरे । आफूले माया गरेको दललाई एक पटक प्रतिपक्षमा बस्न दिने गरी सोच्न उनले आग्रह गरे । ‘म तपाईंहरू सबैलाई भन्छु । पुराना दलका नेतालाई कटाक्ष गर्न छोडिदिनुस् । पुराना दलका ने...
निषेधाज्ञाकै बीच वीरगञ्जमा झडप र प्रदर्शनः पत्रकारमाथि आक्रमण, तीनजना पक्राउ

निषेधाज्ञाकै बीच वीरगञ्जमा झडप र प्रदर्शनः पत्रकारमाथि आक्रमण, तीनजना पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बिरगञ्जस्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै प्रदर्शनकारी र प्रहरीबीच वीरगञ्जका विभिन्न स्थानमा झडप भएको छ ।दुई समुदायबीचको विवादपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरे पनि सोमबार अलखिया चोक र लाठ गल्ली चोक लगायतका क्षेत्रमा तनाव उत्पन्न भएको हो।प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ। सोही क्रममा एक युवक घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यता, मुर्ली चोकमा निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पत्रकारमाथि समेत आक्रमण र महासंघको आपत्तिप्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा ’भोजपुरी टाइम्स दैनिक’का कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन्। उनीहरूले साहको मोबाइल समेत खोसेको नेपाल पत्रकार मह...
आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय

आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले इजरायल सरकारसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलसँग श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने, जेनजी शहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी शहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए । त्यस्तै सरकारले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने, पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने, वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने र नेपाल लेखा परीक्षण सेव...
प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहितको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहितको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंनेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटमा सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ जना द्वन्द्व पीडितहरूले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो । प्रचण्डले २०७६ माघ १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । सोही अभिव्यक्तिका आधारमा निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको अभिव्यक्ति दिने दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गर्दै रिट दायर गरेका थिए । ...
रास्वपाले बालेनसहित २६ जना केन्द्रीय सदस्य मनोनित गर्‍यो

रास्वपाले बालेनसहित २६ जना केन्द्रीय सदस्य मनोनित गर्‍यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाहसहित २६ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका २६ जनालाई केन्द्रीय समितिमा समेटेको हो । यसअघि आजै विवेकशील साझा पार्टी एकीकरण भएर आएका ७ जनालाई पनि केन्द्रीय समिति सदस्यमा मनोनित गरेको थियो ।नयाँ मनोनित केन्द्रीय सदस्यमा बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् । आजै मनोनित गरि...
केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान

केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंजेन–जी आन्दोलनमाथि दमनको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले बयान लिएको छ। आइतबार उनको गुन्डुस्थित निवासमै पुगेर आयोगको टोलीले बयान लिएको हो।ओलीले लिखित बयान दिएको आयोगका एक अधिकारीले बताए। यसअघि ओलीले बयान नदिने धम्की दिँदै आएका थिए। प्रश्नसहित आयोगको टोली उनको निवास पुगेकोमा ओलीले पहिले नै तयार गरेर राखेको लिखित विवरण दिएको आयोगका एक अधिकारीले बताए। २३ भदौमा भ्रटाचारविरुद्ध जेन-जीले गरेको आन्दोलनमा सरकारले चरम दमन गरेको थियो। प्रहरीको गोली लागेर बानेश्वरमा मात्र १७ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा धेरै घाइते भएका थिए। त्यसको विरोधमा भोलिपल्ट देशैभरि आन्दोलन भएपछि स्थिति सम्हाल्न नसकी ओलीले राजीनामा दिएका थिए। सेनाले उनलाई हेलिकोप्टरमार्फत प्रधानमन्त्रीनिवासबाट उद्धार गरेको थियो। ...
संविधान र कानुनमा व्यवस्थित भइसकेका हक कसैले रोक्न हुँदैन: प्रधानमन्त्री सुशीला कार्की

संविधान र कानुनमा व्यवस्थित भइसकेका हक कसैले रोक्न हुँदैन: प्रधानमन्त्री सुशीला कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ।मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् ।त्यस अवसरमा अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गरे । उनले संविधान बनेको १० वर्षमा पनि थारूको निजामती सेवामा आरक्षणको विषय सुनिश्चित नभएको गुनासो गरे ।प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राखेकी थिइन् । उनले भनिन्- 'संविधानले दिएको अधिकार कसले र ...
आसन्न निर्वाचनमा बन्दसूची बाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

आसन्न निर्वाचनमा बन्दसूची बाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउने जनाइएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ ।फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित...
आजदेखि स्वस्थानी व्रत र माघ स्नान शुरु

आजदेखि स्वस्थानी व्रत र माघ स्नान शुरु

Breaking news 1, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँप्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि सुरु भएको । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकलामा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्त चन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइए...