निषेधाज्ञाकै बीच वीरगञ्जमा झडप र प्रदर्शनः पत्रकारमाथि आक्रमण, तीनजना पक्राउ


बिरगञ्ज
स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै प्रदर्शनकारी र प्रहरीबीच वीरगञ्जका विभिन्न स्थानमा झडप भएको छ ।
दुई समुदायबीचको विवादपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरे पनि सोमबार अलखिया चोक र लाठ गल्ली चोक लगायतका क्षेत्रमा तनाव उत्पन्न भएको हो।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ। सोही क्रममा एक युवक घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यता, मुर्ली चोकमा निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पत्रकारमाथि समेत आक्रमण र महासंघको आपत्ति
प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा ’भोजपुरी टाइम्स दैनिक’का कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन्। उनीहरूले साहको मोबाइल समेत खोसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ।

महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिएको यस कार्यलाई प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने अधिकारको गम्भीर हनन भनिएको छ। महासंघले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सञ्चारकर्मीहरूलाई पनि संयमता अपनाउन अपिल गरेको छ।

सुरक्षा व्यवस्था कडा
विगत दुई दिनदेखि सामाजिक र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि बढेकाले वीरगञ्जका विभिन्न संवेदनशील क्षेत्रमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको छ। यद्यपि, घण्टाघर चोक, माइस्थान र बसपार्क क्षेत्रको जनजीवन भने सामान्य रहेको छ।
प्रशासनले सर्वसाधारणलाई कुनै पनि प्रकारको अफवाहमा नलाग्न, शान्ति र संयमता कायम राख्न तथा सुरक्षाकर्मीलाई सहयोग गर्न विशेष आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...