Breaking news 1

हिमपातले जनजीवन प्रभावित

हिमपातले जनजीवन प्रभावित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हुम्ला  हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा पनि हिमपात भएको जानकारी दिए । सदरमुकामा दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधि...
बुटवलमा एक महिलाको हत्या, श्रीमान पक्राउ

बुटवलमा एक महिलाको हत्या, श्रीमान पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल बुटवल उपमहानगरपालिका-११ देविनगरमा सोमबार एक महिलाको हत्या भएको छ । टाउकोमा चोट लागेको अवस्थामा देविनगर माझगाउँमा महिला मृत भेटिएको देविनगर प्रहरी चौकीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानमा अन्जली वि.क. नाम गरेकी २१ वर्षीया युवती मृत भेटिएपछि उनका श्रीमान ३१ वर्षीय सागर विकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  ...
रवि हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस पक्राउ

रवि हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्। आइतबार बेलुका भुसाललाई काठमाडौँको थलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको उनले आफै स्वीकार गरेका थिए। लामिछानेलाई हिरासतमा भेटेर फर्किने क्रममा आफूले सीसीटीभी मनिटर रुमबाट खिचेको उनले बताएका थिए। ...
रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारी ठगीसँगै पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएको छ । सरकारी वकिलको कार्यालयको दाबी अनुसार, लामिछानेले सहकारीको रकम अपचलन गरेर आफू र परिवारका सदस्यले समेत लाभ लिएका थिए । कुनै कसुर गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जत समेत गरे सम्पत्ति शुद्धीकरणको अभियोग आकर्षित हुन्छ ।सरकारी वकिलको दाबी अनुसार उनी लगायतको समूहमाथि सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको अभियोग छ । त्यो रकम आफू अनुकूलको स्थानमा राखेको र पछि आफूले उपयोग गरेको सरकारी वकिलको अभियोग छ । अभियोगपत्रमा सहकारीको रकम अपचलनमा रविको संलग्नता भएको विस्तृत विवरण समावेश भएको छ । जस अनुसार, उनको समूहले सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा २६ करोड १४ लाख रुपैयाँ ल्याएका थिए । पूरक अभियोजनबाट अर्कोतर्फ, सूर्यदर्शन सहक...
देशमा आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री

देशमा आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
सुनसरी   प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताएका छन् । नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको आज इटहरीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास र त्यसपछिका आर्थिक विकास तथा रोजगारीका अवसर सृजनालगायत क्षेत्रमा व्यापक परिवर्तन भएको बताए   “हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान र बुद्धि कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ । बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा विनम्रता हुनुपर्छ । घमण्ड हुनु हुँदैन”, मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठीकसँग प्रयोग गर्न सकेमा सुख प्राप्त गर्न सकिने बताउँदै उनले भने , “जेसिजले अनुशासन सिकाउँछ, अरुलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ ।”  विश्व ध्यान दिवसक...
सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

Breaking news 1, ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, सैफ जैब र इसान पाण्डेले समान एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनायो । सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाए । यस्तै विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निशमले समान एक विकेट लिए । सुदूर...
बाजुरामा ५.२ म्याग्नेच्युडको भूकम्प

बाजुरामा ५.२ म्याग्नेच्युडको भूकम्प

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार
बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान ४:१४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ म्याग्नेच्यूड मापन भएको छ।भूकम्प गएपछि मानिसहरू घरबाहिरि निस्किएका जगगन्नाथ गाउँपालिका-५ का वडाध्यक्ष गौरी सार्कीले जानकारी दिए। भूकम्पले मानवीय क्षति भएको जानकारी नआएको वडाध्यक्ष सार्कीले बताए।‘भूकम्प आएपछि मानिसहरू घरबाहिर निस्केका थिए। केही घरहरू चर्किएको र भत्किएको भन्ने खबर आएपछि हामी त्यतै जाँदैछौं,’ उनले भने। भूकम्पकै कारण सञ्चार सम्पर्क टुटेको पनि उनले बताए।फोनमा नेटवर्क छैन। त्यसले सबैतिरको अवस्थाका बारेमा जानकारी लिन अप्ठ्यारो भइरहेको छ। जानकारी पाएका ठाउँहरूमा मानवीय क्षति भएको भन्ने आएको छैन,’ वडाध्यक्ष सार्कीले भने। ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो। दोस्रो पटक दर्ता भएको  बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई  रिहा गर्न आदेश दिएको हो। उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो।  प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।  सो मुद्दामा अदालतले उनलाई ध...
रवि लामिछाने विरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी

रवि लामिछाने विरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद आज शुक्रबार मध्यराति १२ बजेपछि सकिँदै छ । शनिबार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म आजै वा आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ । ‘कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा छ,’ जिल्ला सरकारी वकिलक...
नेपाल पत्रकार महासंघ रूपन्देहीमा पद हस्तान्तरण , महासंघलाई पत्रकारहरूको साझा संस्था बनाउनेमा वक्ताहरूको जोड

नेपाल पत्रकार महासंघ रूपन्देहीमा पद हस्तान्तरण , महासंघलाई पत्रकारहरूको साझा संस्था बनाउनेमा वक्ताहरूको जोड

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल नेपाल पत्रकार महासंघको संघ ,प्रदेश र जिल्ला स्तरको अधिवेशन यही मंसिर २८ गते सम्पन्न भयो। रूपन्देहीको अधिवेशनमा निर्वाचित जिल्ला पदाधिकारी ,सदस्यहरु तथा रुपन्देहीबाट संघ र प्रदेशमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद हस्तान्तरण कार्यक्रम बिहिबार बुटवल पत्रकार महासंघको कार्यालयमा सम्पन्न भएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डेले आफूले निर्वाचनको समयमा एकआपसमा प्रतिस्पर्धा रहेपनि कार्यभार सम्हालेपछि साझा संस्थाको प्रतिनिधित्वमा पुगेको र निरन्तर संस्था र रूपन्देहीका पत्रकारहरूको हक हितका लागि लागिपर्ने जनाए। उनले सबै पदाधिकारी कार्यसमिति सदस्य ,साधारण सदस्य तथा सल्लाहकारको समन्वयमा संस्थालाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ,साथै उनले अध्यक्षको कार्यकाल पूरा भए पश्चात महासंघका कुनै पनि पदमा आकांक्षा नराख्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्...