नेपाल पत्रकार महासंघ रूपन्देहीमा पद हस्तान्तरण , महासंघलाई पत्रकारहरूको साझा संस्था बनाउनेमा वक्ताहरूको जोड


बुटवल

नेपाल पत्रकार महासंघको संघ ,प्रदेश र जिल्ला स्तरको अधिवेशन यही मंसिर २८ गते सम्पन्न भयो। रूपन्देहीको अधिवेशनमा निर्वाचित जिल्ला पदाधिकारी ,सदस्यहरु तथा रुपन्देहीबाट संघ र प्रदेशमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद हस्तान्तरण कार्यक्रम बिहिबार बुटवल पत्रकार महासंघको कार्यालयमा सम्पन्न भएको छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डेले आफूले निर्वाचनको समयमा एकआपसमा प्रतिस्पर्धा रहेपनि कार्यभार सम्हालेपछि साझा संस्थाको प्रतिनिधित्वमा पुगेको र निरन्तर संस्था र रूपन्देहीका पत्रकारहरूको हक हितका लागि लागिपर्ने जनाए। उनले सबै पदाधिकारी कार्यसमिति सदस्य ,साधारण सदस्य तथा सल्लाहकारको समन्वयमा संस्थालाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ,साथै उनले अध्यक्षको कार्यकाल पूरा भए पश्चात महासंघका कुनै पनि पदमा आकांक्षा नराख्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य रामराज पोखरेलले आफ्नो कार्यकालमा महासंघलाई पत्रकारहरूको साझा संस्था बनाउन हरसम्भव प्रयास गरेको बताए। उनले पत्रकारको हकहित र गरिमालाई महत्व दिँदै पीडामा परेका पत्रकारहरुलाई भौतिक ,नैतिक सहयोगदेखि महासंघको कोष वृद्धिदेखि थुप्रै राम्रा काम गरेको बताए। केन्द्रीय सदस्यमा निर्वाचित पोखरेलले आफूले जिल्लालाई पत्रकारको हक हितका लागि उचाइमा पुर्याएको र केन्द्रीय सदस्यको भूमिकाबाट पनि पत्रकारको हक हितमा लागिपर्ने बताए ।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष हरि लम्सालले पत्रकारको हक हितमा सधै अब्बल रहँदै आएको रूपन्देही शाखाकाे विगतमा गरेका कामहरू स्मरण योग्य रहेको र यसलाई थप उचाइमा पुर्‍याउन नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए।

निर्वाचन मण्डलका संयोजक खिमानन्द भट्टराई ,निर्वाचन अधिकृत घनश्याम गौतम र ओम पंगेनीको रोहबरमा नवनिर्वाचित कार्यसमितिलाई शपथ खुवाई पदभार ग्रहण गराइएको थियो। कार्यक्रममा आफ्ना भनाई राख्दै निवर्तमान महिला उपाध्यक्ष अमृता अनमोलले पत्रकारितामा महिला सशक्त रूपमा अगाडि आउनुपर्ने धारणा राखिन्। अधिवेशनमा अध्यक्षको प्रत्याशी उनले नवनिर्वाचित सम्पूर्णलाई बधाई तथा शुभकामना दिइन्।

पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष रामराज पोखरेलले नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डेलाई कार्यभार हस्तान्तरण गरे भने उपाध्यक्षमा विश्वास ढकाल पुनः निर्विरोध निर्वाचित भएका छन् ।महिला उपाध्यक्ष अमृता अनमोलले नवनिर्वाचित उपाध्यक्ष अस्मिना पाण्डेलाई ,निवर्तमान सचिव विनोद परियारले नवनिर्वाचित सचिव सीपी खनाललाई ,निवर्तमान कोषाध्यक्ष संजय सौगातले नवनिर्वाचित कोषाध्यक्ष नरेश केसीलाई पद हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा पुर्व अध्यक्षहरुकाे तर्फबाट यानेन्द्र जिसि, प्रेस चाैतारिका रुपन्देहि जिल्ला अध्यक्ष लक्ष्मण पाैडेल, प्रेस युनियनका जिल्ला अध्यक्ष कविन्द्र नेपाल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष विस्णु पाेख्रेल, समाजवादि प्रेस संगठनका जिल्ला अध्यक्ष पुनहरि वेलवासे, प्रगतिशीलका जिल्ला अध्यक्ष विरेन्द्र कुवर,जनपत्रकार संगठनका जिल्ला अध्यक्ष विनाेद खनाल,क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष मान वहादुर केसि लगायतले शुभकामना मन्तव्य राखेका थिए।

अधिवेशनले सहसचिवमा झविन्द्र देवकोटा सदस्यहरूमा डीबी सुस्लिङ , दिनेश कुमार श्रेष्ठ ,रविन्द्रप्रसाद गुप्ता,सुमित्रा चापागाईं ,कल्पना डुम्रे, राम भण्डारी ,ललित पाण्डे ,भुवन जिसी ,अनिता चौधरी, ईश्वरराम गुप्ता, नरेश चौधरी ,गोविन्द घर्ती र कृष्ण रणपाल गरी २० सदस्य कार्यसमिति निर्वाचित गरेको हो।

कार्यक्रममा पहिलेनै घोषणा गरिएको र हस्तान्तरण गर्न बाँकी खेमओमिकला पुन कल्याणकारी पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत हुने शारदा मल्ललाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरिएको थियो।

छुटाउनुभयो कि ?

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

काठमाडौँ गृहमन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्...
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँसांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले संघीय सांसदलाई ...
दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौंसुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर ...
विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी ...