रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग


काठमाडौं

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारी ठगीसँगै पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएको छ ।

सरकारी वकिलको कार्यालयको दाबी अनुसार, लामिछानेले सहकारीको रकम अपचलन गरेर आफू र परिवारका सदस्यले समेत लाभ लिएका थिए । कुनै कसुर गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जत समेत गरे सम्पत्ति शुद्धीकरणको अभियोग आकर्षित हुन्छ ।सरकारी वकिलको दाबी अनुसार उनी लगायतको समूहमाथि सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको अभियोग छ । त्यो रकम आफू अनुकूलको स्थानमा राखेको र पछि आफूले उपयोग गरेको सरकारी वकिलको अभियोग छ ।

अभियोगपत्रमा सहकारीको रकम अपचलनमा रविको संलग्नता भएको विस्तृत विवरण समावेश भएको छ । जस अनुसार, उनको समूहले सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा २६ करोड १४ लाख रुपैयाँ ल्याएका थिए ।

पूरक अभियोजनबाट

अर्कोतर्फ, सूर्यदर्शन सहकारीबाट जीबी राईको खाता हुँदै रविको खातामा ७५ लाख रुपैयाँ आएको थियो भने रविको नाममा ५० लाखको पेस्की निकालिएको थियो । सूर्यदर्शनबाट रविको नाममा थप ऋण लिएको दाबी सहित आरोपपत्रमा त्यो रकम गोर्खा मिडियालाई चेकमार्फत भुक्तान गरेको आरोप छ ।

रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएका बेलामा सहकारीबाट ६७ करोड ८७ लाख रुपैयाँ आएको अनि त्यो रकम उनीहरूको खातामा समेत पुगेको आरोपपत्रमा उल्लेख छ । जस अनुसार, रविको खातामा करिब २९ करोड रुपैयाँ आएको आरोपपत्रमा उल्लेख छ ।गोर्खा मिडियामा विभिन्न स्रोतबाट करिब ९० करोड रुपैयाँ बचत भएको देखिएको भन्दै आरोपपत्रमा अपराधबाट त्यो रकम उक्त मिडियामा ल्याइएकाले कम्पनीमा आबद्धहरुलाई सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित हुने उल्लेख छ ।

आरोपपत्रमा भनिएको छ, ‘प्रतिवादीहरूले यसरी रकमान्तर गरिएका आय र सम्पत्तिहरू गोप्यरूपमा घुमाउरो बाटोबाट आफू आबद्ध व्यवसायहरू तथा संलग्न व्यक्तिहरूको नाममा चल/अचल सम्पत्तिमा लगानी गरी शुद्धीकरण गरिरहेको देखिन आयो ।’

रवि लामिछाने, जीबी राई लगायतको समूहले सहकारीको रकम विभिन्न कम्पनीहरुमा लगानी गरेको, अनि त्यहाँबाट आफू निकटका व्यक्तिमार्फत घर/जग्गामा लगानी गरेको उल्लेख छ ।अपराधबाट आर्जन गरेको रकम दुरुपयोग गर्न कानुनी व्यक्ति (कम्पनीहरू) प्रयोग गरेको भन्दै सरकारी वकिलको कार्यालयले त्यस्तो क्रियाकलाप सम्पत्ति शुद्धीकरणको कसुर हुने जिकिर गरेको छ ।

गोर्खा मिडियामा भएको लगानी एवं आम्दानी नै अपराधबाट आर्जित भएको भन्दै अभियोगपत्रमा त्यसमा आवद्ध पदाधिकारीहरू नै सम्पत्ति शुद्धीकरणको अभियोगमा जिम्मेवार हुनुपर्ने जिकिर गरेको छ । अभियोगपत्रमा भनिएको छ, ‘यी कम्पनीहरुले आर्जन गरेको नाफा लगायतको रकमका साथै उक्त कम्पनीहरूको जायजेथा एवं जग्गा, भवन लगायतको सम्पत्ति समेत स्वतः कसुरबाट एवं शुद्धीकरण गरिएको सम्पत्तिमा रूपान्तरण भएको तथ्य देखिन आयो ।’

सहकारी ऐनका साथसाथै राष्ट्र बैंक ऐन दुरुपयोग गरी संगठित रुपमा अपराध भएको र त्यसबाट रकम आर्जन गरेको भन्दै सरकारी वकिलको कार्यालयले लामिछाने लगायत छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाललाई सम्पत्ति शुद्धीकरणको अभियोग लगाएको हो ।

‘यस कसुरमा सम्पत्ति शुद्धीकरणको माध्यमले अवैध सम्पत्तिलाई क्रमशः स्थापित, एकीकृत र कारोबारयुक्त बनाइन्छ’ आरोपपत्रमा भनिएको छ, ‘अवैध तरिकाले आर्जित सम्पत्तिलाई वैधानिक बनाउने यो गम्भीर प्रकृतिको आर्थिक अपराध हो ।’

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...