माैसम

मेघगर्जन र चट्याङसहित वर्षा: पूर्वतर्फ सर्दै मौसम प्रणाली, सतर्क रहन आग्रह

मेघगर्जन र चट्याङसहित वर्षा: पूर्वतर्फ सर्दै मौसम प्रणाली, सतर्क रहन आग्रह

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जनाएको छ। विभागका अनुसार हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।यो मौसम प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आसपासका क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।विभागले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। ...
मौसम : लुम्बिनी प्रदेशसहितका तराई भेगमा तातो हावाको लहर चल्ने

मौसम : लुम्बिनी प्रदेशसहितका तराई भेगमा तातो हावाको लहर चल्ने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी ‍प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा , बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो ल...
नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपात भईरहेको छ । आज दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लु...
आजको मौसम: पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा बढ्दो गर्मी

आजको मौसम: पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा बढ्दो गर्मी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंआज शनिबार देशभर मौसम मिश्रित रहने देखिएको छ। केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली भई वर्षा तथा हिमपातको सम्भावना रहँदा तराईका अधिकांश क्षेत्रमा तापक्रम बढ्ने संकेत देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। मधेशसहित अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। यसैबीच मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रसहित अन्...
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौँ आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ । विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिइन । “तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ः०० र साँझ ६ः०० बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ,” उनले भनीन, “भारी वर्षा, मेघगर्जन, चट्याङ, हिमपातजस्ता जोखिमपूर्ण मौसम अवस्थाबारे समयमै जानकारी दिन रङ्ग सूचकसहितको चेतावनी नक्सा पनि प्रकाशन गरिने छ । श्रेष्ठका...
कस्तो छ आजको मौसम?

कस्तो छ आजको मौसम?

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । देशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राती देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रद...
आज देशका पहाडी–हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

आज देशका पहाडी–हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभाग का अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा मौसम सफा रहने विभागले जनाएको छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।आज राति हिमाली ...
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
बुटवलजल तथा माैसम बिज्ञान बिभाग माैसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ। यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ। बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ। ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा...
आजदेखि देशभर मौसम बदली, वर्षा र चट्याङको सम्भावना

आजदेखि देशभर मौसम बदली, वर्षा र चट्याङको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँनेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार) देखि देशका विभिन्न क्षेत्रमा वर्षा, हुरीबतास, चट्याङ तथा असिना पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार मौसम थप बदली हुने र वर्षाको गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बिहीबार साँझदेखि बदली सुरु भइसकेको र शुक्रबारदेखि विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ र नुवाकोटलगायत क्षेत्रमा वर्षा भएको थियो। यो क्रम शुक्रबार रातिदेखि अझ सक्रिय हुने जनाइएको छ। मौसम बुलेटिनअनुसार शुक्रबार हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। साथै, देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित म...
जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै जाँदा भविष्य नै जोखिममा

जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै जाँदा भविष्य नै जोखिममा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, शिक्षा, समाचार
काठमाडौँ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको बताएका छन् । विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा सचिव चटौतले जलवायु परिवर्तनका असरसँग जुध्न जल तथा मौसमजन्य घटनाका पूर्वसूचना प्रविधि र जलवायुमैत्री पूर्वाधार विकास आवश्यक रहेको बताए । उनले वैज्ञानिक तथ्याङ्कलाई प्रभावकारी रूपमा पूर्वसूचनामा रूपान्तरण गर्न सके मौसमजन्य घटनाबाट नागरिकको ज्यान जोगाउन सकिने धारणा व्यक्त गरे ।“वैज्ञानिक तथ्याङ्कलाई समयमा नै पूर्वसूचनामा बदलेर जोखिम कम गर्न सकिन्छ । बाढी पहिरो, हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित धनजनको क्षति कम गर्न सकिन्छ,” उनले भने ।जल तथा मौसम सेवाहरूलाई आधुनिक, विश्वसनीय र प्रभावकारी बनाउन बहुपक्षीय सहकार्य अपरिहार्य रहेको सचिव चटौतले औँल्याए । साथै, ...