माैसम

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटेकोशी बाढीले सिंगो नेपालमाथि परेको साझा बज्रपात भएको बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा भोटेकोशी बाढीबारे जानकारी दिने क्रममा प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् । उनले भने, 'संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं ।' प्रधानमन्त्री शाहले भोटेकोशी बाढीले तीन जिल्ला मात्र प्रभावित नबनी सिंगो देश नै पीडित बनेको बताए । 'यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र हैन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,' उनले भने, 'तर, यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन ।'सरकारले दृढ संकल्पका साथ यो विपदसँग लड्ने प्रधानमन्त्रीको ...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार ११ हजार ३७९ जनाको उद्धार भएको हो । ३ हजार ९२५ व्यक्ति सम्पर्कविहीन रहेका छन् । सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्कविहीन भएका प्राधिकरणले जनाएको छ ।  अहिलेसम्म ९३९ जनाको शव भेटिएको छ । रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।  खोज तथा उद्धारमा २१ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । प्राधिकरणका अनुसार खोज, उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ  ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

Breaking news 1, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जलविद्युत् परियोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै सफलता मिलिसकेको छैन । पाँच सय भन्दा धेरै सुरुङमा फसेको आशङ्कामा निकाल्ने प्रयास भइरहेको छ ।  बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार ११ हजार ३७९ जनाको उद्धार भएको हो । तीन हजार ९२५ व्यक्ति सम्पर्कविहीन रहेका छन् ।  सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्कविहीन भएका प्राधिकरणले जनाएको छ । अहिलेसम्म ९३९ जनाको शव भेटिएको छ । रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जनाको...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

Breaking news 1, जीवनशैली, ताजा अपडेट, माैसम, समाचार
१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।यस्तै, देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग तथा बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

Breaking news 2, ताजा अपडेट, बिज्ञान प्रबिधि, माैसम, विविध, समाचार
काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भोटेकोशी नदीको बहाव बढेको सूचना प्राप्त भएपछि नागढुंगा–मुग्लिन तथा नारायणगढ–मुग्लिन सडकखण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । नदीमा पानीको बहाव जोखिमपूर्ण नरहेको सूचना प्राप्त भएपछि गाडी सञ्चालनमा आएको गजुरी प्रहरीले जनाएको छ । गाडी चल्न थाले पनि बाढी तथा पहिरोको जोखिम अझै कायमै रहेकाले सतर्क रहेर यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । यात्राका क्रममा जोखिमयुक्त ठाउँमा नबस्न, सम्बन्धित निकाय तथा सुरक्षाकर्मीले दिएका निर्देशनको पूर्ण पालना गर्न र बाढीसम्बन्धी सूचनाबारे नियमित जानकारी लिनसमेत प्रशासनले आग्रह गरेको छ । ...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा ६७५ जनाको शव भेटिएको छ । सबैभन्दा बढी चितवनमा २४६ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ । यसैगरी रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव भेटिएको छ । दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी भैरहेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म ७ हजार ५१४ जनाको उद्धार भएको छ । जलविद्युतको सुरुङबाट २७९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । ...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हिजो शुक्रबार रसुवा प्रहरी कार्यालयले चीनबाट बाढी जोखिमबारेको सूचना आएको जानकारी महाशाखालाई गराएको थियो । त्यसैका आधारमा राति भोटेकोशी र त्रिशुली नदीमा बाढी आउन सक्नेबारे सूचना दिएको महाशाखाका बाढीविज्ञ मनोज पोखरेलले उज्यालोसँगको कुराकानीमा बताउनुभएको छ । सूचनासहित मोवाइलमा एसएमएस पनि प्रभावित क्षेत्रका नागरिकलाई पठाइएको थियो । तर आज बिहानसम्मको अवस्थामा बाढी आएको छैन र तत्काल आउने सम्भावना पनि नरहेको उहाँले बताउनुभएको छ । गएको बुधबार ठूलो बाढी आएको रसुवाको भोटेकोशी नदीमा फेरि पनि ठूलो बाढी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत गराउँदै आएका छन् । बाढी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा सावधानी ...
रसुवा भोटेकोशी बाढी : आठ जिल्लामा भेटियो २ सय ८९ जनाको शव

रसुवा भोटेकोशी बाढी : आठ जिल्लामा भेटियो २ सय ८९ जनाको शव

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
काठमाडौंबुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलसम्म २ सय ८९ जनाको शव फेला परेको छ। दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५, पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको हो।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ। ...
रसुवा भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी

रसुवा भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, समाचार, समाज
काठमाडौंरसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार हालसम्म १५७ जनाको शव फेला परिसकेको छ । रसुवा,धादिङ र नुवाकोट तीन जिल्लाका नदी किनारका बस्तीमा ठूलो क्षति भएको छ । कतै बस्तीहरू नै बगेका छन् ।बस्ती नै बगाउँदा कति मानिसको अवस्था के छ भन्ने अझै यकिन भइसकेको छैन । सयौं मानिसहरू हराइरहेको सूचनाहरू आइरहेका छन् ।प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।बेपत्ता हुनेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजमती कर्मचारी देखि विभिन्न विद्युत आयोजनामा काम गर्ने व्यक्तिहरू पनि छन् ।नेपाल प्रहरीले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको पनि जनाएको छ।बाढीबाट घाइते भएकाहरू मध्ये २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं, ४ जना ट्रमा ...
भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँभोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी एकाएक बाढी आउनुको कारण के हो भन्ने अहिले चासोको विषय बनेको छ। बुधबार बिहान अकस्मात आएको बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। नदी आसपासका केही गाउँदेखि जलविद्युत आयोजनाहरू, टिमुरे भन्सार कार्यालय र थुप्रै घर तथा पुलहरूको भौतिक संरचना ध्वस्त पारेको छ। मानवीय क्षति र भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन। बाढी पूर्वानुमान महाशाखाले चिनियाँ पक्षबाट प्राप्त सूचना उद्धृत गर्दै थुनिएको नदीमा अचानक बाँध फुट्दा यो बाढी आएको जनाएको छ। नदी थुनिएको ठाउँमा अझै केही भाग खुल्न बाँकी रहेकाले भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायम रहेको पनि महाशाखाले उल्लेख गरेको छ। 'चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशूली क्षेत्र...