आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले शतबीज छर्दै
बुटबल
आज बालाचर्तुदशी पर्व मनाइँदैछ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छर्दैछन् ।
शिवालयहरुमा रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनले आजको दिन बिहान दिवंगत पितृको सदगतिको कामना गर्दै शतबीज छर्ने चलन छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा हिजोदेखि नै भक्तजनको भीड लागेको छ । आज विशेष गरि गुल्मीको शान्तिपुरमा चक्रेश्वर मन्दिरमा भब्य मेला लाग्ने गर्छ ।यता रुपन्देहीको परुवा बोलबम लगायतका विभिन्न मन्दिर तथा धार्मिक स्थलहरुमा सतबिज छर्ने तथा मेला लाग्ने गर्दछ ।
काठमाण्डौको पशुपति क्षेत्रका १४ ठाउँमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, बाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणे...








