विविध

औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली

औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
https://www.onlinekhabar.com/markets/components/trending औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली 0 2.5KShares  अनलाइनखबर  २०८१ चैत १५ गते १०:४० १५ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हटाएको छ । अब सबै प्रकारका ग्राहकहरुकहाँ २४ सै घन्टा विद्युत् आपूर्ति गरिने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलले बताए । भारतले  १५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म मात्रै बिजुली आयात गर्न दिन थालेपछि प्राधिकरणले दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो । स्थानविशेष अनुसार ६ घन्टादेखि १२ घन्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब पूर्णरुपमा औद्योगिक लोडसेडिङ हटाइएको शाक्यले बताए । तर औद्योगिक क्षेत्रका ग्राहकहरु...
कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ । अहिले कोशी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी धेरै ठाउँको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ । महाशाखाका अनुसार अरु प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै राति पनि केही ठाउँमा आंशिक बदली रही देशका धेरै ठाउँको मौसम सफा रहनेछ ।  ...
अर्घाखाँचीमा बस दुर्घटना मुतककाे सङ्ख्या ४ पुग्याे

अर्घाखाँचीमा बस दुर्घटना मुतककाे सङ्ख्या ४ पुग्याे

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मुत्यु हुनेमा नवलपरासी पश्चिम भुमहिकि ४५ बर्षिय उमा न्यौपाने रुपन्देही कि ५५ बर्षिय जमुना बस्याल नबल परासी वर्दघाटका ४५ बर्षिय गाडि चालक मदन कुमार बिक र एक जना नाम थर नखुलेकि महिलाको ज्यान गएको निमित्त प्रहरी प्रमुख बिष्णु प्रसाद पौडेलले जानकारी दिए । प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको उनले बताए ।लु २ ख ३०३ नम्बरको बस अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको थियो । भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो । ...
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको शपथग्रहण, कुलमानलाई हटाउने निर्णयमा माओवादीको विरोध

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको शपथग्रहण, कुलमानलाई हटाउने निर्णयमा माओवादीको विरोध

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुई हप्ताभित्र उद्योगधन्दामा भइरहेको लोडशेडिङको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । हिजो प्राधिकरणको कार्यभार सम्हाल्दै शाक्यले भारतबाट बिजुली ल्याएर भए पनि लोडसेडिङ हुन नदिने बताउनुभयो । नवनियुक्त कार्यकारी निर्देशक शाक्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयमा शपथग्रहण गराउनुभयो । शाक्य चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो । शपथग्रहण कार्यक्रममा ऊर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने बक्यौता मन्त्रिपरिषद्को निर्णयलाईसमेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवम् ग्राहकलाई लोडशेडिङ नहुने अवस्था बनाउन निर्देशन दिनुभयो । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको हिजो औपचारिक जानकारी समेत गराएको...
कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्लादहन

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्लादहन

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१२ चैत, काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् । प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए । जलिरहेको पुत्ला बोकेर विद्यार्थीहरु अगाडि बढेपछि प्रहरीले खोसेको थियो । विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै पराजुलीले सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए । ‘यो सरकारलाई उज्यालो मन पर्दैन, कालो धन, अँध्यारो मनपर्छ,’ पराजुलीले भने, ‘त्यसैले सरकारले भ्रष्टाचारलाई पक्षपोषण गरेको छ ।’उनले सरकारविरुद्...
यमनमा हुथी समूहमाथि हुने सम्भावित अमेरिकी आक्रमणको गोप्य योजना बाहिरियो

यमनमा हुथी समूहमाथि हुने सम्भावित अमेरिकी आक्रमणको गोप्य योजना बाहिरियो

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिर आएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरुबीच ग्रुप च्याट हुँदाहुँदै गोप्य योजना पत्रकारकोमा पुगेको बीबीसीले जनाएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरुबीच हुथी विद्रोही समूहविरुद्ध आक्रमणको योजनाबारे ग्रुपच्याटमा चर्चा भईरहेका बेला भूलवस एक पत्रकारलाई ‘एड’ गर्न पुगेको र योजनाबारे सूचना चुहावट भएको खबरमा उल्लेख छ । च्याटमा हुथी समूहमाथि हुने सम्भावित अर्को आक्रमणको विस्तृत जानकारी थियो । द एटलान्टिक पत्रिकाका प्रधान सम्पादक जेफरी गोल्डबर्गले आफुलाई ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले ग्रुपच्याटमा समावेश गर्नुभएको बताउनुभएको छ । यो घटना अन्जानमा भएको ह्वाइट हाउसले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफुलाई ग्रुप च्याटबारे केही थाहा नभएको बताउनुभएको छ । आक्रमणबारे गोप्य सूचना को...
त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते

त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा चालकको ज्यान गएको छ । आज बिहान साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको हो । दुर्घटनामा ट्रक ३०/३५ वर्षीय रामनारायण यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिनुभयो । दुर्घटनामा सहचालक रौतहटकाे गरुडा नगरपालिका वडा नम्बर ५ बस्ने असुन्द्रकुमार यादव घाइते हुनुभएको छ । उहाँको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डीएसपी खनालले बताउनुभयो । नदीमा ट्रक डुबेको अवस्थामा रहेको र निकाल्ने प्रयास चलिरहेको प्रहरीले जनाएको छ ...
एमसीसीअन्तर्गतका निश्चित आयोजना अघि बढाउन अमेरिकाको अनुमति

एमसीसीअन्तर्गतका निश्चित आयोजना अघि बढाउन अमेरिकाको अनुमति

Breaking news 2, ताजा अपडेट, राजनीति, विदेश, विविध, समाचार, स्थानीय
काठमाण्डौ – अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ । यस अघि फेब्रुअरी २४ तारिखमा समीक्षाका लागि भन्दै ९० दिनका लागि स्थगित गरेको जनाएकोमा केही कार्यक्रम अघि बढाउन अनुमति आएको एमसीए नेपालले विज्ञप्ति निकालेर जानकारी गराएको छ । यसअघि अमेरिकाले स्थगित गरेका कारण नेपालले प्राप्त गरेको अहिलेसम्मकै ठूलो वैदेशिक सहयोगको भविष्यमाथि प्रश्न उठेको थियो । तर अहिलेको अनुमतिले पनि ट्रम्प प्रशासनले गर्ने अन्तिम निर्णयप्रति सङ्केत नगर्ने एमसीए नेपालको सूचनामा उल्लेख छ । विज्ञप्तिमा एमसीए नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको र पारदर्शिताप्रति प्रतिबद्ध रहेको उल्लेख छ । एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनको निर्माण र सडकको स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले पाँच सय ५० मिलियन अमेरिकी डलर अर्थात् झन्ड...
लुम्बिनी प्रदेश सरकार विकास र समृद्धिमा लागि परेको छ: मन्त्री भूमिश्वर ढकाल

लुम्बिनी प्रदेश सरकार विकास र समृद्धिमा लागि परेको छ: मन्त्री भूमिश्वर ढकाल

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सरकारले विनियोजन गरेको बजेटको आधारमा रहेर सकेसम्म धेरै नागरिकलाई विकास र समृद्धि प्रदान गर्ने उद्देश्य रहेको बताए। गुल्मेली सम्पर्क समाज रुपन्देहीको अधिवेशनमा बोल्दै मन्त्री ढकालले सम्पर्क समाजले समाज सेवाका हिसाबले उल्लेख्य काम गर्दै आएको र यस संस्थामा रहेको निर्माणधीन भवन निर्माण , आवतजावत गर्ने सडक लगायतका क्षेत्रमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले जनताका दैनिक जीवनसँग जोडिएका गास, बास ,कपास ,शिक्षा ,स्वास्थ्य, पूर्वाधारका क्षेत्रमा तथा कृषिलाई प्रोत्साहन गर्ने र सुनिश्चित गर्ने ,भौतिक एवं सामाजिक विकासका लागि काम गरिरहेको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा सुखी नेपाली समृद्ध नेपाल को राष्ट्रिय आकांक्षा बमोजिम बजेट विनियोजन गरेको र लुम्बिनी प्रदेश सरकार यसमा लागि परेको वताए। ...
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा नवराज कुंवर

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा नवराज कुंवर

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
चैत्र ९ बुटबल प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुंवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।शनिवार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले कुंवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइन तर्फबाट दीपक घिमिरे, पत्रपत्रिका तर्फबाट विनोद पौडेल र रेडियो टिभि तर्फबाट आशिष गुप्ता रहेका छन् ।यता सदस्यहरुमा जगदिश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा वस्नेत रिया र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । संघको सल्लाहकारमा ३ जना मनोनित भएका छन् । सल्लाहकारमा डा बालकृष्ण चापागाई, शुक्रऋषि चौलागाई र देवी वाग्ले मनोनित भएका छन् । प्रकाशन तथा प्रशारण संघ लुम्ब...