त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते

काठमाण्डौ – मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा चालकको ज्यान गएको छ । आज बिहान साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको हो ।

दुर्घटनामा ट्रक ३०/३५ वर्षीय रामनारायण यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा सहचालक रौतहटकाे गरुडा नगरपालिका वडा नम्बर ५ बस्ने असुन्द्रकुमार यादव घाइते हुनुभएको छ । उहाँको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डीएसपी खनालले बताउनुभयो । नदीमा ट्रक डुबेको अवस्थामा रहेको र निकाल्ने प्रयास चलिरहेको प्रहरीले जनाएको छ

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...