स्थानीय

कोशी र मधेस प्रदेशसहित पहाडी भागमा मौसम बदली : एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

कोशी र मधेस प्रदेशसहित पहाडी भागमा मौसम बदली : एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

Breaking news 2, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ – आज कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा मौसम बदली भएको छ । ती क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ । आज दिउँसो कोशी र बागमती प्रदेशलगायत देशका भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । देशका पहाडी एक/दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । ...
साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले आज भारतसँग खेल्दै

साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले आज भारतसँग खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो । दुई वर्षअघि दशरथ रङ्गशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो । अनि साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको पहिलो पटक थियो । यसपटक नेपाल र भारत तथा साविकको उपाधि विजेता बङ्गलादेश र भुटानले सेमिफाइनलमा खेल्न लागेका हुन् । बङ्गलादेश र भुटानले फाइनलमा पुग्न दिउँसो साढे एक बजे दशरथ रङ्गशालामा खेल्नेछन् । अघिल्लो संस्करणमा बङ्गलादेशले घरेलु टोली नेपाललाई ३–१ गोलले हराएर उपाधि जितेको थियो ।  ...
प्रसिद्ध कृषि सहकारीको साधारण सभा सम्पन्न

प्रसिद्ध कृषि सहकारीको साधारण सभा सम्पन्न

Breaking news 3, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उपमहानगरपालिका वार्ड नम्बर ६ सुन्दरनगरमा रहेको श्री प्रसिद्ध कृषि सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। वार्षिक साधारण सभामा बोल्दै बुटवल उपमहानगर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले हिजो आज समग्र मुलुक नै सहकारीको लगानी अपचलन भएका तथ्यपरक घटनाहरू सतहमा आएको र सरकारले क्रमिक रुपमा कारबाही गरिरहेको स्मरण गराउँदै उक्त प्रसिद्ध कृषि सहकारी स्थानीय तहमा दर्ता भई विधि अनुरुप सञ्चालन भएकोले बचतकर्ताहरू निश्चिन्त रहेर बचत गर्न आग्रह गरे । कृषि क्षेत्रमा उक्त सहकारीको प्रमुख उद्देश्य रहेकोले विभिन्न आधुनिक प्रविधिबाट कृषिमा लगानी गर्न आग्रह गर्दै वडाले सक्दो पहल गर्ने बताए । १सय ८३ सदस्य संख्या रहेको भएतापनि बचत र मुनाफाका हिसाबले उत्कृष्ट रहेकोमा सम्पूर्ण शेयर सदस्यलाई थप अग्रसर हुन आह्वान गरे । उनले उक्त सहकारी आर्थिक रूपमा अगाडि बढ्द...
४९ उद्योगलाई बक्यौता तिर्न विद्युत् प्राधिकरणले दिएको समयसीमा सकियो, आज बोर्ड बैठक बस्दै

४९ उद्योगलाई बक्यौता तिर्न विद्युत् प्राधिकरणले दिएको समयसीमा सकियो, आज बोर्ड बैठक बस्दै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
८ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक आज बस्दै छ । ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान नौ बजे बोलाइएको छ ।ऊर्जा मन्त्रीको अध्यक्षताको बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयको राजश्व सचिव, रतन ऐर, भरत आचार्य, भक्तबहादुर पुन र कपिल आचार्य छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव हुन्छन् । बैठकमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमाबारे छलफल हुने छ ।नेपाल विद्युत प्राधिकरणले दशैंको फूलपातीको दिन अर्थात् २४ असोजमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता ...
देशभरको मौसम सफा, पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना कायमै

देशभरको मौसम सफा, पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना कायमै

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाण्डौ – यतिबेला काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । तर देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  ...
साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज

साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज

खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र  भुटान पनि खेल्दैछन् । यसअघि अस्ति मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । यसैबीच, पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो बेलुका भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बङ्गलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो । हिजोको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको  छ ।   ...
लुम्बिनीमा थपिए ३ मन्त्री, आज शपथ

लुम्बिनीमा थपिए ३ मन्त्री, आज शपथ

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा तीन मन्त्री थपेका छन् । आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्म जय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवारलाई सरकारमा समावेश गरेका हुन् । त्यस्तै जसपा (राई ) पक्षबाट बाँकेका आदेश अग्रवाल पनि मन्त्री बनेका छन् । तिमिल्सिनाले सामाजिक विकास मन्त्रालय , कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरू शपथ बिहीबारका लागि तयारी गरिएको छ । मन्त्रीहरू थपिएको इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले नवनियुक्त मन्त्रीहरूको विहिबार बिहान शपथग्रहणको तयारी भएको बताए । ...
फ्लाई दुवईले पनि खुलायो भैरहवाको टिकट, कात्तिक २५ बाट दैनिक उडान हुने

फ्लाई दुवईले पनि खुलायो भैरहवाको टिकट, कात्तिक २५ बाट दैनिक उडान हुने

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
भैरहवा- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न फ्लाइ दुवईले पनि टिकट बुकिङ खुल्ला गरेको छ। जस अनुसार यही कात्तिक २५ गतेबाट हप्ताको सातै दिन दुवई- भैरहवा-काठमाडौँ उडान हुने छ।भैरहवामा मंगलबार फ्लाई दुवईका टाेलिसँग छलफल भएपछि टिकट बुकिङ खुलेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।दुबइबाट आएको जहाज दिउसो १ : ४५ मा जहाज भैरहवा अवतरण गर्ने छ। २: ४५ मा जहाज काठमाडौँ प्रस्थान गर्ने छ। भैरहवाबाट दुबई जान चाहानेले काठमाडौँमा एक घण्टा मात्र ट्रान्जिटमा बसे हुन्छ। फ्लाई दुबई यूएईको राष्ट्रिय ध्वजावाहाज वायुसेवा हो।   ...
सय दिनमा लक्ष्यको ७० प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीको दाबी (पूर्ण पाठसहित)

सय दिनमा लक्ष्यको ७० प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीको दाबी (पूर्ण पाठसहित)

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उहाँले सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै उहाँले ७० प्रतिशत प्रगति भएको दाबी गर्नुभएको हो । उहाँले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताउनुभयो । अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उहाँको भनाइ छ । सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको भन्दै उहाँले यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको दाबी गर्नुभयो । उहाँले सरकार ढल्छ भन्ने आशा नगर...
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा लिटरको ४ रुपैयाँ बढाएको हो । भाउ बढेपछि पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५० रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५० रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५१ रूपैयाँ पर्नेछ । ...