स्थानीय

भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

Breaking news 1, ताजा अपडेट, फिचर, समाचार, सम्पादकिय, स्थानीय
२ असोज, काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ । त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने उनले बताए । ‘एप बनाएर टिकट काट्ने व्यवस्था गर्न लागेका थियौं, सम्भव भएन,’ उनले अगाडि भने, ‘अब तोकिएको वेबसाइटमार्फत विहान ११ बजेपछि प्रत्येक आधा घण...
‘धार्मिक आस्थामा आघात पुर्‍याउने फिल्मलाई नसच्याएसम्म प्रदर्शन अनुमति नदिनू’

‘धार्मिक आस्थामा आघात पुर्‍याउने फिल्मलाई नसच्याएसम्म प्रदर्शन अनुमति नदिनू’

Breaking news 2, ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादबारे दायर मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । फिल्ममा राष्ट्रिय विभूति लगायतका विषय उल्लेख गर्दा सम्बन्धित निकायबाट अग्रिम रुपमा अनुमति लिएर मात्र समावेश गर्ने व्यवस्था मिलाउन सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश पनि जारी गरेको छ । सर्वोच्चले विदेशमा निर्माण भएको फिल्ममा नेपालको शान्ति सुरक्षा, मित्र राष्ट्रसँगको सम्बन्ध, विभिन्न जातजातिबीचको सुसम्बन्ध, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आघात पुर्‍याउने खालको भएमा नेपालभित्र प्रदर्शनको अनुमति नदिन निर्देशनात्मक आदेश दिएको छ । त्यस्तै सार्वजनिक हित, सरोकार तथा सदाचार र नैतिकता प्रतिकूलका कार्यलाई बढावा दिने एवं लैंगिक हिंसालाई प्रश्रय दिने प्रकृतिका भए नभएको जाँच गरी फिल्मको मूल स्रोतमा नसच्चिएसम्म त्यस्ता सामग्री नेपालभित्र प्रदर्शन अनुमति नदिन भनिएको छ ...
मेडिटेक अस्पतालकाे मेडिकल निर्देशकमा डा.रुपाखेती

मेडिटेक अस्पतालकाे मेडिकल निर्देशकमा डा.रुपाखेती

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवलकाे मेडिटेक अस्पताल एण्ड रिसर्च सेन्टरकाे मेडिकल डाईरेक्टरमा स्त्रीरोग विषेषज्ञ डा.सतिस रुपाखेती नियुक्त भएका छन्। अस्पतालकाे सञ्चालक समितिकाे बैठकले १ असाेजदेखि लानुहुने गरि अस्पतालकाे मेडिकल डाईरेक्टरमा डा.रुपाखेतीलाई नियुक्त गरेकाे हाे। मंगलवार पदभार ग्रहण गर्दै उनले अस्पतालले प्रदानगर्ने सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्दता व्यक्त गरे। डा.रुपाखेतीले अस्पतालकाे सेवालाई चुस्तदुरुस्त बनाउने र बिरामिकाे उपचार सेवालाई थप विश्वासनीय बनाउने प्रतिवद्दता व्यक्त गरे। Enter You sent ...
बालेनका समर्थक बसन्तपुरबाट प्रहरी नियन्त्रणमा

बालेनका समर्थक बसन्तपुरबाट प्रहरी नियन्त्रणमा

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
१ असोज, काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।‘उहाँहरु सँगै केही स्थानीयको विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको हो’ एसएसपी रजौरेले अनलाइनखबरसँग भने । जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रहरीले बालेन समर्थक १३ जनालाई अहिले जनसेवा वृत्त परिसरमा राखिएको छ । ...
लुम्बिनी प्रदेश व्यापार संघ गठन, अध्यक्षमा मोतीराज ज्ञवाली

लुम्बिनी प्रदेश व्यापार संघ गठन, अध्यक्षमा मोतीराज ज्ञवाली

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल लुम्बिनी प्रदेश स्तरीय लुम्बिनी प्रदेश व्यापार संघ गठन गरिएको छ । व्यवसायीको बुटवलमा सम्पन्न भेलाले प्रदेशस्तरीय लुम्बिनी प्रदेश व्यापार संघ गठन गरेको हो उद्योग र व्यापार अलगअलग प्रकृतिका विषय भएको र राज्यका नीतिहरु पनि सोही अनुरुप हुनुपर्ने धारणा अघि सार्दै व्यापारिहरुको छाता संगठनका रुपमा राष्ट्रिय सञ्जालको लागि प्रदेशस्तरयी नेटवर्क बनाउने घोषणा गरिएको छ । रुपन्देही व्यापार संघको पहलमा आयोजना गरिएको प्रदेश स्तरीय संघसंस्था परिचायत्मक, अन्तरक्रिया एवं भेलाले सो संघ गठन गरेको हो । भेलाले रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ । गठित गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा दिपकप्रसाद अधिकारी, उपाध्यक्षमा दुर्गा पाण्डे र नेत्रप्रसाद भुसाल, महासचिवमा जिवनाथ पाण्डे, कोषाध्यक्षमा प्रकाशराज पौडेल, सचिवमा थानेश्वर गैरे रह...
बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु

बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
२८ भदौ, काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए । बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए । ‘गाउँपालिका उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ । अरुको भने सनाखत हुन बाँकी छ,’ उनले भने । उक्त गाडीमा गाउँपालिकाका कर्मचारीहरु पनि थिए । तर कोको थिए भन्ने खुलेको छैन । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधव शर्माका अनुसार गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा एक/डेढ हप्ताअघि काठमाडौ...
वीर अस्पतालमा अत्याधुनिक जलन उपचार केन्द्र सञ्चालनमा

वीर अस्पतालमा अत्याधुनिक जलन उपचार केन्द्र सञ्चालनमा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय, स्थानीय
२८ भदौ, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार डा. केडी जोशी जलन उपचार केन्द्र नामकरण गरी सेवा पुन: सुरु गरिएको हो । जसमा १० जनरल बेड, ५ आईसीयू र तीनवटा अप्रेसन थिएटर छन् ।नेपालमा जलन उपचारको सुरुवात वरिष्ठ प्लाष्टिक सर्जन डा. केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए । उनकै नामबाट अस्पतालले केन्द्रको नामकरण गरेको हो । ‘अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्छ । हामीले केन्द्रको रुपमा यसको नामाकरण गरेका छौं,’ डा. पौडेलले अनलाइनखबरसँग भने, ‘ जलेका बिरामी अन्य अस्पताल र विदेशमा समेत रिफर गर्नु...
जापानको  बिश्वविध्यालय र शङकरनगर दुर्गादत्त मा वि विच बाताबरणिय अनुसन्धान सम्बन्धि सहकार्य

जापानको बिश्वविध्यालय र शङकरनगर दुर्गादत्त मा वि विच बाताबरणिय अनुसन्धान सम्बन्धि सहकार्य

ताजा अपडेट, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
कृष्ण पन्थीबुटबलजापानको न्यागोया स्याङ्गगा विश्वविधालयको वातवरणविदहरुको टोली र तिलोत्तमा न पा वडा नं २ मा अवस्थित श्री शंकरनगर दुर्गादत्त मा वि विच वातावरणीय स्वास्थ्य, कार्बन उत्सर्जन, जलवायु परिवर्तन र हरियाली प्रवर्द्धन सम्बन्धि सहकार्य अगाडि बढाइएको छ। जापानी वातावरण विज्ञ ओकामुरा कियोशी र अनुसन्धानकर्ताहरु भानुभक्त पुरी, संंयोग पौडेल र पुजा अधिकारीको टोलीलाई विधालयमा स्वागत गरिएको थियो । उक्त अनुसन्धान टोलीले काठमाडैको SOS विधालय, पोखराको अमरसिंह मा वि संग यस भन्दा पहिलेनै सहकार्य गरेको र रुपन्देहीमा शंकरनगर दुर्गादत्त मा वि लाई छनोट गरेको प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेयले बताउनु भयो। ...
मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

Breaking news 2, ताजा अपडेट, स्थानीय
२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछन् । सिंहदरबारमा दिउँसो साढे २ बजे मन्त्रीहरुलाई सम्झौताका लागि बोलाइएको छ ।यो सम्झौताका आधारमा मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’ बन्ने छ । २१ जना मन्त्रीसँग हुने कार्यसम्पादन सम्झौतामा मन्त्रालयहरुले आर्थिक वर्ष २०८१/८२ मा गर्नुपर्ने प्रमुख काम र समयसीमा उल्लेख छ । मन्त्रीहरुले सम्झौता अनुसार काम गरेको वा नगरेको आधारमा मासिक/चौमासिक समीक्षा हुनेछ ।प्रधानमन्त्री कार्यालयका अनुसार यो १ वर्षे सम्झौतामा मन्त्रीहरुले के–के गर्ने भन्ने उल्लेख छ । सरकारको नीति, नियम, निर्णय र निर्देशनअनुसार काम गर्न मन्त्रीहरुलाई सम्झौताले सहयोग गर्ने दाबी प्रधानमन्त्री निकट स्रोतको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले सरकारले गर्नुपर्ने कुनै काम निश्चित अवधिभित्र गरिसक्नुपर्ने र निश्चित उपलब्धी हुनुपर...
३१ भदौमा प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय भएको हो ।प्रधानमन्त्री ओली राष्ट्र संघको महासभालाई सम्बोधन गर्न ४ असोजमा अमेरिका जाँदैछन् । ...