स्थानीय

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्लादहन

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्लादहन

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१२ चैत, काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् । प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए । जलिरहेको पुत्ला बोकेर विद्यार्थीहरु अगाडि बढेपछि प्रहरीले खोसेको थियो । विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै पराजुलीले सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए । ‘यो सरकारलाई उज्यालो मन पर्दैन, कालो धन, अँध्यारो मनपर्छ,’ पराजुलीले भने, ‘त्यसैले सरकारले भ्रष्टाचारलाई पक्षपोषण गरेको छ ।’उनले सरकारविरुद्...
त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते

त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा चालकको ज्यान गएको छ । आज बिहान साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको हो । दुर्घटनामा ट्रक ३०/३५ वर्षीय रामनारायण यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिनुभयो । दुर्घटनामा सहचालक रौतहटकाे गरुडा नगरपालिका वडा नम्बर ५ बस्ने असुन्द्रकुमार यादव घाइते हुनुभएको छ । उहाँको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डीएसपी खनालले बताउनुभयो । नदीमा ट्रक डुबेको अवस्थामा रहेको र निकाल्ने प्रयास चलिरहेको प्रहरीले जनाएको छ ...
आज विश्व मौसम विज्ञान दिवस : पूर्वसूचनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

आज विश्व मौसम विज्ञान दिवस : पूर्वसूचनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – आज विश्व मौसम विज्ञान दिवस मनाईंदैछ । जलवायुसम्बन्धी समस्याबाट नागरिक र समाजलाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम गरी आज विश्वभर मौसम विज्ञान दिवस मनाउने गरिन्छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा दिवस मनाउन थालिएको हो । शरुआतमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकोमा विगत केही वर्षयता जलवायु परिवर्तन र यसले मानव सभ्यता र विश्वलाई नै पार्ने सङ्कटपूर्ण परिस्थितिलाई ध्यानमा राखेर कार्यक्रम गर्न थालिएको छ । संयुक्त राष्ट्रसङ्घले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ ...
एमसीसीअन्तर्गतका निश्चित आयोजना अघि बढाउन अमेरिकाको अनुमति

एमसीसीअन्तर्गतका निश्चित आयोजना अघि बढाउन अमेरिकाको अनुमति

Breaking news 2, ताजा अपडेट, राजनीति, विदेश, विविध, समाचार, स्थानीय
काठमाण्डौ – अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ । यस अघि फेब्रुअरी २४ तारिखमा समीक्षाका लागि भन्दै ९० दिनका लागि स्थगित गरेको जनाएकोमा केही कार्यक्रम अघि बढाउन अनुमति आएको एमसीए नेपालले विज्ञप्ति निकालेर जानकारी गराएको छ । यसअघि अमेरिकाले स्थगित गरेका कारण नेपालले प्राप्त गरेको अहिलेसम्मकै ठूलो वैदेशिक सहयोगको भविष्यमाथि प्रश्न उठेको थियो । तर अहिलेको अनुमतिले पनि ट्रम्प प्रशासनले गर्ने अन्तिम निर्णयप्रति सङ्केत नगर्ने एमसीए नेपालको सूचनामा उल्लेख छ । विज्ञप्तिमा एमसीए नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको र पारदर्शिताप्रति प्रतिबद्ध रहेको उल्लेख छ । एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनको निर्माण र सडकको स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले पाँच सय ५० मिलियन अमेरिकी डलर अर्थात् झन्ड...
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा नवराज कुंवर

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा नवराज कुंवर

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
चैत्र ९ बुटबल प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुंवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।शनिवार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले कुंवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइन तर्फबाट दीपक घिमिरे, पत्रपत्रिका तर्फबाट विनोद पौडेल र रेडियो टिभि तर्फबाट आशिष गुप्ता रहेका छन् ।यता सदस्यहरुमा जगदिश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा वस्नेत रिया र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । संघको सल्लाहकारमा ३ जना मनोनित भएका छन् । सल्लाहकारमा डा बालकृष्ण चापागाई, शुक्रऋषि चौलागाई र देवी वाग्ले मनोनित भएका छन् । प्रकाशन तथा प्रशारण संघ लुम्ब...
आज विश्व पानी दिवस : हिमनदी संरक्षणमा जोड दिएर नेपालमा पनि मनाइँदै

आज विश्व पानी दिवस : हिमनदी संरक्षणमा जोड दिएर नेपालमा पनि मनाइँदै

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – आज विश्व पानी दिवस, ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको अवस्थामा यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ । सन् १९९३ यता हरेक वर्ष २२ मार्च तारिखमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ । बढ्दो शहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, मौसम फेरबदल, अत्यधिक पानीको उपयोगलगायतका कारकबाट पानीका लागि सङ्कट थपिदो छ । विश्वभर कुल ९७ दशमलव पाँच प्रतिशत पानी समुद्रको रहेको छ । त्यो पानी नुनिलो भएकाले...
राष्ट्रिय दलको मान्यता पाउन आयोगको नयाँ शर्त, ऐन संशोधनको विषयमा सुझाव माग

राष्ट्रिय दलको मान्यता पाउन आयोगको नयाँ शर्त, ऐन संशोधनको विषयमा सुझाव माग

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदामा राष्ट्रिय दलको मान्यता पाउन नयाँ शर्तको प्रस्ताव गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा ३ प्रतिशत मत पाएको हुनुपर्ने तथा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कम्तीमा ७० प्रतिशत सीटमा उम्मेदवारी दिएको हुनुपर्ने आयोगको प्रस्ताव छ । त्यस्तै तीन प्रदेशमा कम्तीमा एक/एक सीट प्राप्त गरेको हुनुपर्ने र राष्ट्रको विविधता देखिने गरी समानुपातिक समावेशी भएको हुनुपर्ने आयोगको शर्त छ । केन्द्रमा केन्द्रीय समिति, हरेक प्रदेशमा प्रदेश समिति, जिल्लाहरूमा जिल्ला समिति र कम्तीमा ८० प्रतिशत पालिकामा स्थानीय समिति रहेको दल हुनुपर्ने पनि प्रस्ताव गरिएको छ । यस्तै प्रदेशस्तरीय मान्यता पाउन प्रदेश सभाको चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत भोट ल्याउनुपर्ने, प्रत्यक्षतर्फ कम्तीमा ७० प्रतिशत स...
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल, ८ चैत । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि बुटवलमा दुई दिने मिडिया सम्मेलन – २०८१ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए । सञ्चार गृहहरुले भोग्नु परेको आर्थिक संकटलाई यसले कम गर्ने बताउँदै उनले उपमहानगरले मिडिया ग्रामको योजना अघि बढाएको उल्लेख गरे । सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल,  बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, सूचना तथा प्रसारण विभागका निर्देशक प्रदीप परियार, ब्राहखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानलगायतका विज्ञहरुको उपस्थितिमा विभिन्न सेशनमा छलफल हुनेछ । त्यस्तैगरी सम्मेलनपछि चैत ९ गते नयाँ नेतृत्व चयन हुनेछ । सम्मेलनमा...
प्रेस चौतारीको महाधिवेशनको तयारी अन्तिम चरणमा

प्रेस चौतारीको महाधिवेशनको तयारी अन्तिम चरणमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाडौं, चैत ६ । नेपाली श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन यही चैत १० गतेबाट कोसी प्रदेशको राजधानी विराटनगरमा हुँदै छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो । महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दै छ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिनुभयो । महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले बिहान ११ बजेपछि महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रेस चौतारी ...
२३ औं तिलोत्तमा गोल्ड कप : २ भारतियसहित ८ टिमको सहभागीता

२३ औं तिलोत्तमा गोल्ड कप : २ भारतियसहित ८ टिमको सहभागीता

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल । २३ औं तिलोत्तमा गोल्ड कप यहि शनिवारदेखि सु्रु हुदैछ । रुपन्देही जिल्ला फिटवल संघको आयोजनामा हुन लागेको प्रतियोगिता सञ्चालन हुने स्थान देविनगरस्थित एन्फा एकेडेमीको फुटवल मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।  प्रतियोगिता सञ्चालन गरिने मैदानलाई सम्याउनेका काम सकिएको र दर्शक बस्ने प्याराफिटको सुधार र रंगरोगन तथा मैदान क्षेत्रलाई आर्कषक बनाउने काम भैरहेको संघका सचिव शंकर मल्लाहाले जनाएका छन् । यता प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङगो लगाएर टाइसिट तयार भैसकेको छ । संघका अनुसार प्रतियोगितामा आयोजक रुपन्देही–११, चर्च व्याइज युनाइटेड, एपिएफ, संकटा एफसी, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब, जर्जियन एफसी, भारत र एडोर्न गडवाल स्पोर्टिङ कलब, भारतको सहभागिता रहने छ । सहभागी ८ टिमलाई दुई समुहमा विभाजन गरि खेलाईने छ ।  जसमा समुह ए मा आयोजक रुपन्देही-११, एपिएफ, संकट...