आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने
काठमाडौँस्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।साउन ०९ गते वीरगञ्ज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न माग गर्दै चिकित्सक हरूले एक दिन देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएकाे छ ।जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्यज्यु र संघको नार...








