आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने



काठमाडौँ
स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।
साउन ०९ गते वीरगञ्ज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न माग गर्दै चिकित्सक हरूले एक दिन देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएकाे छ ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्यज्यु र संघको नारायणी शाखाका अध्यक्षज्यु लगायतका चिकित्सकहरुमाथि गालीगलौज गरी दुर्व्यबहार गरिएको घटनाको नेपाल चिकित्सक संघ घोर भत्सर्ना गर्दछ, विज्ञप्तिमा भनिएकाे छ ।

टाउकोमा गम्भीर चोट लागि घाइते भएका चिकित्सक डा. प्रमोद राम लगायत अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण गर्ने कार्यमा संलग्न दोषीहरुलाई अविलम्ब पक्राउ गरी “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ (पहिलो संशोधन, २०७९ ) ” बमोजिम कडा कारवाही गर्न नेपाल चिकित्सक संघले जोडदार माग गरेकाे छ ।

साथै आन्दोलनका थप कार्यक्रम मंगलबारको सर्वपक्षीय भेला पछी तय गरिने पनि संघले जनाएकाे । संघको यस आन्दोलनमा साथ दिन सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार लगायात आम नागरिकलाई समेत आग्रह गरेकाे छ ।

साथै यस आन्दोलनबाट बिरामीतथा सर्वसाधारण पर्न जाने असुविधाको लागि क्षमा माग्दै यसको जिम्मेवार नेपाल सरकार स्वयं रहेको व्यहोरा समेत विज्ञप्ति मार्फत जानकारी गराएकाे छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...