पत्रकार महासंघ रुपन्देहीमा दिनेश पाण्डे अध्यक्ष रहेकाे चौतारी र युनियनको संयुक्त प्यानल विजयी
बुटवल
नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ । अध्यक्षमा चौतारीका दिनेश पाण्डे निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो ।
कार्कीले ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी समाजवादी प्रेस संगठनका विनोद परियारले ७७ मत प्राप्त गरेका थिए । उनलाई प्रेस सेन्टरलगायत विभिन्न संगठनको समर्थन थियो । त्यस्तै प्रेस चौतारीबाट विद्रोह गरी बागी उम्मेदवारी दिएकी अमृता अनमोल पाण्डेले ५९ मत ल्याएकी थिइन् ।
उपाध्यक्षमा विश्वास ढकाल निर्विरोध निर्वाचित हुँदा, महिला उपाध्यक्षमा मिना पाण्डे (अस्मिना) १६४ मत ल्याइ विजयी हुँदा उनका प्रतिष्पर्धी माया केसी ६८ र उषाकिरण पन्थले १७ मत प्राप्त गरेकी थिइन् । सचिवमा सिपी खनाल १३६ मत प्राप्त गरी विजयी हुँदा कपिल अधिकारीले ८५ मत प्राप्त गरे ।
सहसचिवमा झविन्द्र देवकोटा १५४ मत ल्याइ विजयी भए भ...








