पत्रकार महासंघ रुपन्देहीमा दिनेश पाण्डे अध्यक्ष रहेकाे चौतारी र युनियनको संयुक्त प्यानल विजयी


बुटवल

नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ । अध्यक्षमा चौतारीका दिनेश पाण्डे निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो ।

कार्कीले ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी समाजवादी प्रेस संगठनका विनोद परियारले ७७ मत प्राप्त गरेका थिए । उनलाई प्रेस सेन्टरलगायत विभिन्न संगठनको समर्थन थियो । त्यस्तै प्रेस चौतारीबाट विद्रोह गरी बागी उम्मेदवारी दिएकी अमृता अनमोल पाण्डेले ५९ मत ल्याएकी थिइन् ।

उपाध्यक्षमा विश्वास ढकाल निर्विरोध निर्वाचित हुँदा, महिला उपाध्यक्षमा मिना पाण्डे (अस्मिना) १६४ मत ल्याइ विजयी हुँदा उनका प्रतिष्पर्धी माया केसी ६८ र उषाकिरण पन्थले १७ मत प्राप्त गरेकी थिइन् । सचिवमा सिपी खनाल १३६ मत प्राप्त गरी विजयी हुँदा कपिल अधिकारीले ८५ मत प्राप्त गरे ।

सहसचिवमा झविन्द्र देवकोटा १५४ मत ल्याइ विजयी भए भने टेकराज भुसालले ४० र माधवराज न्यौपानेले २८ मत प्राप्त गरे । त्यसैगरी सहसचिव समावेशीमा सुमनरश्मी श्रेष्ठ १२० मत प्राप्त गरी विजयी हुँदा राधेश्याम विश्वकर्माले ६२ र सुनिता चुँदालीले ४६ मत ल्याए ।

त्यसैगरी कोषाध्यक्षमा नरेश केसी १५८ मत प्राप्त गरी विजयी हुँदा सञ्जय सौगात विश्वकर्माले ६९ मत प्राप्त गरे ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा महिला सदस्यतर्फ अनिता चौधरी १४८, दलित सदस्यमा कृष्ण रणपाल १४६, आदिवासी जनजाती सदस्यमा नरेश चौधरी १४२, मधेशी सदस्यमा हृदयराम गुप्ता १३९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

त्यस्तै खुल्ला ८ जना सदस्यमा कल्पना डुम्रे १५२, डिवि सुस्लिङ ११४, दिनेश कुमार श्रेष्ठ ११६, भुवन जिसी १२०, रविन्द्रप्रताप गुप्ता १३४, रामप्रसाद भण्डारी १३२, ललितकुमार पाण्डे १४६, सुमित्रा चापागाईं १११ मत प्राप्त गरी विजयी भएका छन् ।

राति अवेर सकिएको निर्वाचनको मत परिणाम घोषणा गर्दै निर्वाचन समिति संयोजक खिमानन्द भट्टराईले महासंघलाई साझा संस्थाको रुपमा अघि बढाउन शुभकामना दिए ।

छुटाउनुभयो कि ?

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

काठमाडौँस्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले आज (मंगलबार) दे...
आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौंसंसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान सवा ११ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्...
सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

काठमाडौँ गृहमन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्...
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँसांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले संघीय सांसदलाई ...