ब्याजदरबारे निजी क्षेत्र र बैंकबीच घम्साघम्सी
३ कात्तिक, काठमाडौं । शुक्रबार भैरहवाका उद्योगी-व्यवसायी नेपाल राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण मारमा परेको भन्दै कालोपट्टीसहित सडकमा प्रदर्शनमा उत्रिए । रुपन्देही उद्योग वाणिज्य संघकै अगुवाइमा व्यवसायीले राष्ट्र बैंकको भैरहवा कार्यालयमा ब्याजदर वृद्धिको विरोधमा ज्ञापनपत्र समेत बुझाए । यस्तो प्रदर्शन केही दिनदेखि जिल्ला-जिल्लामा भइरहेका छन् ।
गत १ कात्तिकमा सुर्खेतका व्यवसायीले ‘बैंक बहिष्कार’ लेखेको ब्यानरसहित वीरेन्द्रनगरमा र्याली निकालेका थिए । २ कात्तिकमा व्यवसायीकै आहृवानमा नवलपरासीको बर्दघाट बजारसहित त्यहाँका सबै बैंक बन्द भए । सोही दिन नवलपरासीकै सुनवल बजार पनि बन्द भयो भने बिहीबार (३ कात्तिक)मा सुनवल बजारका बैंक तथा वित्तीय संस्थाका साथै नवलपरासीको परासी बजार र बैंक बन्द भए । बिहीबार इटहरीमा पनि उद्योगी व्यवसायी सडकमा
पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीका अनुसा...








