समाचार

एसईई २०८१ : रुपन्देहीबाट ७७ विद्यार्थीले ल्याए ४ जीपीए

एसईई २०८१ : रुपन्देहीबाट ७७ विद्यार्थीले ल्याए ४ जीपीए

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल रूपन्देही जिल्लाका विभिन्न विद्यालयहरूबाट एसईई २०८१ को नतिजाअनुसार हालसम्म ४.० जिपिए ल्याउने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । अधिकांश विद्यालयले उत्कृष्ट नतिजा दिँदै शैक्षिक प्रतिस्पर्धामा आफ्नो पहिचान बलियो बनाएका छन् । शान्ति नमुना माध्यमिक विद्यालय, तिलोत्तमा यसपटकको नतिजामा सबैभन्दा अगाडि देखिएको छ । हालसम्मको विवरण अनुसार सो विद्यालयबाट १८ जना विद्यार्थीले जिपिए ४.० ल्याएका छन्। त्यसैगरी न्यु होराईजन स्कुल, बुटवलबाट ११ जना, अक्सफोर्ड मावि बुटवलबाट १० जना, कालिका मानवज्ञान माविबाट ७ जना विद्यार्थीले जिपिए ४.० ल्याएका छन्। त्यस्तै नयाँगाउँ मावि बुटवलबाट ३ जना, न्यू लुम्बिनी ई.बो. स्कुल देवदहबाट ४ जना, सैनामैना नमुना माविबाट ४ जना, दिप बोर्डिङ स्कुल बुटवल, तिनाउ इङलिश बोर्डिङ स्कुल बुटवल, गार्गी एकेडेमी बुटवल, प्रभात इङ्ग्लिस बोर्डिङ स्कुल सैना...
एसइई नतिजा प्रकाशित : यसरी हेर्न सकिन्छ

एसइई नतिजा प्रकाशित : यसरी हेर्न सकिन्छ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकािशत भएकाे छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन भएकाे हाे । यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ । नतिजा यहाँ हेर्न सकिन्छ। ...
२१ वर्षसम्म अपराधीले छले प्रहरी ! 

२१ वर्षसम्म अपराधीले छले प्रहरी ! 

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार
विश्वास ढकाल, बुटवल २०६८ साल कार्तिक ११ गते राती करिब १० बजेको समयमा पाल्पाको माथा गढी गाउँपालिका चिदीपानी १ मा १८ वर्षका नरवीर सार्कीको अज्ञात व्यक्तिले हत्या गर्छन् । श्रीमतीलाई हातपात गरेको विषयले सन्त बहादुर सार्कीले नरवीरको हत्या गरेको प्रहरीको अनुसन्धानमा पुष्टि हुन्छ । घटना भएको केही समयपछि पुगेको प्रहरीले घटनामा मृतकका आफ्नै काका सन्त बहादुर सार्की नै भएको अनुसन्धान बाट पुष्टि गर्दै मुद्दा दायर गरे पनि घटनामा संलग्न सन्त बहादुर घटनाकै दिन फरार हुन्छन् । सार्कीको खोज कार्य भए पनि फेला परेका थिएनन् । भारतको हरीयाणा बस्दै आएका सन्तलाई १४ वर्षपछि पाल्पा प्रहरीले भारतबाट समाएर पाल्पा ल्याएको छ । उनी १४ वर्षदेखि भारतमा बस्दै आएका थिए । यस्तै पाल्पा प्रहरीले २१ वर्षदेखि फरार रहेका पाल्पाको सिलुवा गाविस हाल पूर्व खोला गाउँपालिका ९ बस्ने वर्ष ६६ का पूर्ण बहादुर सार्कीलाई प्रहरीले...
एसईईको नतिजा आज साँझ साढे ५ बजे प्रकाशित हुँदै

एसईईको नतिजा आज साँझ साढे ५ बजे प्रकाशित हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौँ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आवश्यक प्राविधिक प्रक्रिया अन्तिम चरणमा पुगेको र नतिजा आज (असार १३ गते) साँझ ५:३० बजेभित्र सार्वजनिक गरिने तयारी गरिएको हो। विद्यार्थीहरूले नतिजा सार्वजनिक भएपछि विभिन्न वेबसाइट, एसएमएस सेवा र मोबाइल एपमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्। ...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका तराईका भूभागका तथा मधेस प्रदेशको थोरै स...
पानी परेको समय नवलपरासीको दाउन्ने सडकमा राति गाडी चलाउन रोक

पानी परेको समय नवलपरासीको दाउन्ने सडकमा राति गाडी चलाउन रोक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाण्डौ पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकमा पानी परेको बेला राति गाडी चलाउन रोक लगाइएको छ । नवलपरासी प्रहरीका अनुसार हिजो बेलुकी ७ बजेदेखि बन्द भएको सडक आज बिहान ५ बजे खुलेको छ । बिनयी खोलामा आउने बाढीमा गाडी फस्ने जोखिमका कारण प्रहरीले पानी परेको बेला यातायात बन्द गरेको हो । सडक डिभिजन कार्यालय भरतपुरले पाँच दिनअघि सार्वजनिक सूचना निकालेर यस सडक खण्डमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएको थियो । यसअघि तीनदिन ठूलो पानी नपरेका कारण गाडी निर्वाध सञ्चालन भएको थियो । पानीको सतह घटेपछि बिनयी खोलाको डाइभर्सनबाट पनि अस्ति बुधवारदेखि गाडी गुड्न थालेका थिए । तर पानी पर्न थालेपछि फेरि रातमा गाडी चलाउन रोकिएको प्रहरीको भनाइ छ । ६ महिनाअघि बिनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि त्यसैको केही उत्तरतर्फ डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ । ...
मनसुनजन्य विपत्तिमा सरकारको तयारीः फोनमा घन्टी

मनसुनजन्य विपत्तिमा सरकारको तयारीः फोनमा घन्टी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं यो वर्षको मनसुनमा मात्रै करिब २० लाख मानिस प्रभावित हुने देखिएको छ । राष्ट्रिय जोखिम तथा विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षामा मात्रै ४ लाख ४७ हजार घरधुरीका १९ लाख ९७ हजार मानिसहरू कुनै न कुनै रूपले प्रभावित हुने अनुमान गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्ट यसरी प्रभावित हुन सक्ने संख्यामध्ये करिब १० प्रतिशतलाई सरकारले सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने आकलन गरिएको बताउँछन् । मंगलबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारले गरेको पूर्वतयारीबारे छलफल थियो । उक्त छलफलमा गृहमन्त्री रमेश लेखक, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेना लगायतका बलाधिकृत, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका क...
पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले केही बेरअघि यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। बुधबार बिहान नेपालले अदालतमा बयान दिएपछि थुनछेक बहस चलेको थियो।अदालतले भनेबमोजिम धरौटी बुझाए नेता नेपाल बुधबारै छुट्नेछन्। काभ्रेमा रहेको पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पूर्वप्रधानमन्त्री नेपाल आफै उपस्थित हुने भन्दै निवेदन दायर गरी बुधबार बिहान अदालत पुगेका थिए। नेपाल विशेष अदाल...
बैंकमा तरलता, बजारमा खडेरी

बैंकमा तरलता, बजारमा खडेरी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी (अधिक तरलता) झनै बढ्ने देखिएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि, सरकारी खर्चबापतको पैसा बजारमा आउन सुरु, उपभोगमा सीमितता जस्ता कारण निक्षेप बढिरहे पनि कर्जा प्रवाहमा अपेक्षित सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम झन्–झन् बढ्दै जाने भएको हो ।  ऋण दिन मिल्ने रकम धेरै भएको भन्दै डेढ वर्षयता राष्ट्र बैंकले लगातार सातामा दुई दिन (आइतबार र बुधबार) बजारबाट पैसा झिक्दै आएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निकाल्दै आएकामा गत साता एक्कासि ४२ दिनका लागि पैसा झिक्यो भने बुधबार ६३ दिनका लागि ५० अर्ब झिकेको छ । तरलता व्यवस्थापन गर्न यति धेरै दिनका लागि पैसा झिकेको पहिलो पटक हो । तरलता बढ्ने अनुमानमा यस पटक दीर्घकालका लागि पैसा तानिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । निक्षेप वृद्धिको अनुपातमा कर्जा...
सांसद मेटमणि चौधरी र ठेकेदारबीच ५ करोड ४० लाखको शंकास्पद लेनदेन

सांसद मेटमणि चौधरी र ठेकेदारबीच ५ करोड ४० लाखको शंकास्पद लेनदेन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
असार ५ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय दाङमा एउटा पत्र पुग्यो।त्यो पत्र नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव तथा दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद मेटमणि चौधरी विरूद्धको जाहेरी थियो। बैंकिङ कसुर सम्बन्धमा चेक अनादर (चेक बाउन्स) भएको भन्दै  प्रहरी कार्यालयमा हुलाकमार्फत जाहेरी पुगेको थियो।जाहेरीमा सांसद चौधरीले दिएको ५ करोड ४० लाख रुपैयाँ बराबरको एभरेस्ट बैंकको चेक बाउन्स भएको भन्दै चौधरीमाथि अनुसन्धान गर्न माग गरिएको थियो। चौधरीविरूद्ध जाहेरी दिने व्यक्ति रोल्पा घर भइ दाङको घोराही बस्ने धात बुढामगर हुन्। उनी ठेक्कापट्टाको काम गर्छन्। सुरूमा धात जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय दाङमा आफै उपस्थित भएका थिए। त्यतिबेला प्रहरीले जाहेरी लिन नमानेपछि उनले हुलाकबाट पठाएका थिए। बुढामगरले जाहेरी दिए पनि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छैन।...