Author: संचार पत्र

सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

Breaking news 2, ताजा अपडेट, स्थानीय
१५ फागुन, काठमाडौं । नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो तर प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बनेको छ । राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरुले सरकारमा रहेका काम गर्ने सोच बनाएको भए पनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरुका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णय...
एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

समाचार
१५ फागुन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेको लगायत विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने जानकारी दिए । नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए । आइतबार परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा जेनेभा जान रोक लगाइए...
आज पनि हल्का वर्षाको सम्भावना

आज पनि हल्का वर्षाको सम्भावना

ताजा अपडेट, समाज, स्थानीय
१५ फागुन, काठमाडौं । पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै प्रि-मनसुन सुरु हुनुभन्दा अगाडिको गतिविधि सक्रिय छ ।त्यसैकारण आइतबार काठमाडौं उपत्यका र त्यस आसपासका जिल्लाहरुमा मेघगर्जनसहित यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो ।बेलुकादेखि रोकिएको वर्षा सोमबार (आज) दिउँसो पुनः सुरु हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले काठमाडौं उपत्यकामा आज दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए ।उनका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्...
राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध परेन उजुरी

राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध परेन उजुरी

Breaking news 1
१५ फागुन, काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका थिए ।ती उम्मेदवारविरुद्ध दावी विरोध वा उजुरी दिने म्याद १४ गतेसम्म थियो । उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका १४ र १५ गते निर्धारण गरिएको थियो । तर उम्मेदवारहरुविरुद्ध कुनै पनि उजुरी नपरेकाले सोही व्यहोराको निर्णय गर्ने सहायक निर्वाचन अधिकृत एवम् प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिइन् ।‘आज दिउँसो २ बजेसम्म उजुरी उपर छानबिन गरी निर्णय गर्ने भन्ने थियो तर उजुरी नै परेको छैन,’ शर्माले भनिन्, ‘बाँकी प्रक्रिया तालिका अनुसार अघि बढ्छ ।’निर्वाचन तालिका अनुसार फाग...
आज मगर संघ स्थापना दिवस मनाइंदै , बुटवलमा  विदा

आज मगर संघ स्थापना दिवस मनाइंदै , बुटवलमा विदा

Breaking news 2, ताजा अपडेट, स्थानीय
बुटवल,१५ फागुन । मगर समुदायले आज देश विदेशमा नेपाल मगर संघ स्थापना दिवस मनाउंदै छन् ।२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्झनामा मगर समुदायले फागुन १५ लाई विशेष महत्वका साथ मनाउंदै आएका छन् । आजको दिनमा सार्वजनिक विदा दिन मगर संघले माग गर्दै आएको छ । यस्तै नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि संघले माग गर्दै आएको छ । नेपाल मगर संघ बुटवलकी अध्यक्ष बसन्ती साठीघरेले स्थापना दिवसको अवसरमा संघले फागुन आज बुटवलमा भेषभुषाको झाँकी सहित बृहत ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित मूल समारोह गरिने बताइन् । मूल समारोह हिलपार्क गेट पुर्वको बाजे बज्यै थान परिसरमा हुने संघका सचिव हेमन्त बुढाथोकीले बताए । आदिवासी जनजातीमध्ये मगर पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको समुदाय हो । २०६८ को जनगणना अनुसार देशभर मगर सम...
<a>रुपन्देहीको सुद्धोधन र सैनामैनामा सवारी दुर्घटना, २ जना युवाको मृत्यु, एक गम्भीर</a>

रुपन्देहीको सुद्धोधन र सैनामैनामा सवारी दुर्घटना, २ जना युवाको मृत्यु, एक गम्भीर

अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाज, स्थानीय
बुटवल । रुपन्देहीका विभिन्न ठाउँमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा सोमबार दिउसो २ जनाको मृत्यु भएको छ । राजमार्ग सुरक्षा कार्यालय लुम्बिनी प्रदेश बुटवलको कार्यालयले दिएको जानकारी अनुसार सुद्धोधन गाउँपालिका र सैनामैनामा नगरपालिकामा भएको दुर्घटनामा युवाहरुले ज्यान गुमाएका हुन् । जिल्लाको सुद्धोधन गाउँपालिका–१ मा लु ५८ प ९७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको विद्युत पोलमा ठोक्किएर चालक २५ वर्षीय सागर कुमालको मृत्यु भएको हो । सैनामैना–४ घर भएका उनी दुर्घटनामा परेपछि उद्दार गरी बुटलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । यसैगरी पूव–पश्चिम राजमार्ग अन्तरगत सैनामैना–११ फयरलाइनमा बुटवलतर्फ आउँदै गरेको स्कुटरले सोही दिशामा हिंडीरहेको सब्जि बोक्ने ठेलालाई ठक्कर दिँदा ३६ वर्षीय विशाल कार्कीको मृत्यु भएको हो । कपिलवस्तुको बाणगँगा नगरापलि...
काठमाण्डौमा सुरक्षा व्यवस्था कडा : सामान्य रुपमा गाडी चल्दै, लामो दूरीका गाडी पनि छुटे

काठमाण्डौमा सुरक्षा व्यवस्था कडा : सामान्य रुपमा गाडी चल्दै, लामो दूरीका गाडी पनि छुटे

Breaking news 2
काठमाण्डाै - काठमाण्डौ उत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । तर, हिजो अस्तिको भन्दा आज गाडी कम चलेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी गाडी  हिजो अस्तिकै सङ्ख्यामा चले पनि सार्वजनिक गाडीको सङ्ख्या आज कम रहेको जनाएको छ । यस्तै, बिहान काठमाण्डौदेखि छुट्ने लामो दूरीका गाडी पनि छुटेका ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवसायीको आन्दोलनका कारण काठमाण्डौ उपत्यकाका सडकमा सुरक्षा व्यवस्थामा भने कडाइ गरिएको छ । चोक चोकमा प्रहरीले खटिएका छन् । हिजो यातायात व्यवसायी र यातायात मजदुरहरुको आन्दोलन अनियन्त्रित बन्दा काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात मजदुरले  नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्स्य...
आज प्रणय दिवस मनाइँदै

आज प्रणय दिवस मनाइँदै

Breaking news 1, स्थानीय
२ फागुन, काठमाडौं । आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् ।एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ ।नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ निकै लोकप्रिय बनेको छ ।भ्यालेन्टाइन्स डेलाई विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने बहानाका रुपमा लिने गर्दछन् ।यो वीकमा सहरका पार्क, रिसोर्ट, रेस्टुरेन्ट, सडकहरू पनि प्रेम संकेतले सजिएका छन् । जहाँ प्रेम जोडीले समय बिताउने गर्दछन् ।युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर सुरु हुने यो दिवस उपहारसँगै प्रेम साटेर सकिन्छ ।प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थाल...

लुम्बिनी प्रदेश सरकारमा सात जना मन्त्री थपिए, शपथ ग्रहण आज दिउँसो १ बजे

Breaking news 1
काठमाण्डाै - लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुस २७ गते विनाविभागीय मन्त्री बनेका दुई जनासहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन भएको छ । माओवादी संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका इन्द्रजित थारु भौतिक पूर्वाधार विकासमन्त्री र एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री बन्नुभएको छ । यस्तै माओवादीकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गु...
मौसम बदली, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी लाग्ने

मौसम बदली, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी लाग्ने

माैसम, स्थानीय
२९ माघ, काठमाडौं । देशक विभिन्न स्थानमा आज पनि मौसममा बदली भएको छ । प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका  पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ। सोमबार र मंगलबार भने मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना भने न्यून रहेको छ । ...