राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध परेन उजुरी


१५ फागुन, काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका थिए ।ती उम्मेदवारविरुद्ध दावी विरोध वा उजुरी दिने म्याद १४ गतेसम्म थियो । उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका १४ र १५ गते निर्धारण गरिएको थियो । तर उम्मेदवारहरुविरुद्ध कुनै पनि उजुरी नपरेकाले सोही व्यहोराको निर्णय गर्ने सहायक निर्वाचन अधिकृत एवम् प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिइन् ।‘आज दिउँसो २ बजेसम्म उजुरी उपर छानबिन गरी निर्णय गर्ने भन्ने थियो तर उजुरी नै परेको छैन,’ शर्माले भनिन्, ‘बाँकी प्रक्रिया तालिका अनुसार अघि बढ्छ ।’निर्वाचन तालिका अनुसार फागुन १६ गते बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म उम्मेदवारहरुलाई नाम फिर्ता लिने समय निर्धारण गरिएको छ । सोही दिन ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।त्यसपछि फागुन २५ गते राष्ट्रपति पदको निर्वाचन हुनेछ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...