प्रधानमन्त्री ओली बैंककमा : आज समकक्षी शिनावात्रासँग भेटवार्ता हुँदै
काठमाण्डौ २० चैत्र– थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बैंकक पुग्नुभएको छ ।
उहाँ औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
आज उच्च स्तरीय वार्ता हुँदैछ । प्रधानमन्त्री ओली र उहाँका थाई समकक्षी पे थोङ्थान् शिनावात्राबीच भेटवार्ता हुनेछ ।
थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावात्राले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो ।
थाइल्याण्डका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीकाे पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।
यो भ्रमणबाट दुई देशबीचको आपसीसम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि स...








