Tag: sancharpatra

रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा गएको मङ्गलवार आएको बाढीमा परेर ज्यान जानेको सङ्ख्या ११ जना पुगेको छ । त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै ज्यान जानेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी आठ सय ६२ जनाको उद्धार गरिएको छ । अहिलेसम्म एक जनाको शव सनाखत भएको छ भने अरु शवहरूको सनाखत हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खोजी अहिले पनि चलिरहेको प्रहरीले जनाएको छ । बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४...
आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव

आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डौ – आज विश्व जनसङ्ख्या दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौं वर्ष लाग्यो भने त्यसपछिको दुई सय वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ । जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो zहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ । गएको समयको तुलनामा अहिलेको आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ ...
२९ जिल्लामा बाढीको जोखिम

२९ जिल्लामा बाढीको जोखिम

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डौ – आज बारा, रौतहट, काठमाण्डौ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिममा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सङ्खुवासभा, सोलुखुम्बु, काभ्रे, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, प्युठान, जाजरकोट र कालीकोटमा पनि बाढीको जोखिम छ । बाढीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भई बहने खोला तथा नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको सुझाव छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ । अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चि...
गुल्मीको धुर्कोटमा पहिरोले अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा

गुल्मीको धुर्कोटमा पहिरोले अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी, धुर्कोट — धुर्कोट गाउँपालिका क्षेत्रको बर्बोट–काफलपानी–निन्दुला–किमुखर्क–वाग्ला जोड्ने महत्वपूर्ण ग्रामीण सडक खण्ड पहिरोका कारण केही समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको थियो। निरन्तर वर्षाले विभिन्न स्थानमा ठूला पहिरो खस्दा आवागमन ठप्प भएको हो। तर हाल स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको सहकार्यमा पहिरो हटाइ पुनः सडक सञ्चालनमा ल्याइएको नगर प्रहरी प्रमुख भुवन बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो पन्छाउने कार्यमा सक्रिय सहभागिता जनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गरिएको छ। सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ। प्रमुख बस्नेतले बर्खायाममा थप सतर्कता अपनाउन आग्रह गर्दै सडक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्नुभएको छ। उक्त सडक खण्डले धुर्कोट गाउँपालिकाका विभिन्न वडालाई आपसमा जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको पुनः सञ्चाल...
रसुवाको बाढीले २३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगायो

रसुवाको बाढीले २३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगायो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, समाचार
रसुवा : बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको विववरण सार्वजनिक भएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालबाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन्।  त्यस्तै बेपत्ता हुनेमा हालसम्म २० जना छन्। तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ। यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। माथ...
गुल्मीको धुर्कोट गाउँपालिका बालश्रम र सडक बालबालिकामुक्त घोषित

गुल्मीको धुर्कोट गाउँपालिका बालश्रम र सडक बालबालिकामुक्त घोषित

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी, १९ असार – गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकालाई बालश्रम तथा सडक बालबालिकामुक्त पालिकाको रूपमा औपचारिक घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले एक विशेष समारोहका बीच यो घोषणा गर्दै बालबालिकाको अधिकार, संरक्षण र समग्र विकासका लागि थप प्रतिबद्धता व्यक्त गरेका छन्।अध्यक्ष पोखरेलले बालबालिकालाई सुरक्षित, शिक्षित र सशक्त बनाउने उद्देश्यले गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरिरहेको बताए। उनले भने, “हाम्रो गाउँपालिकालाई बालमैत्री बनाउन र बालश्रम तथा सडक बालबालिकाको अवस्थालाई शून्यमा झार्न हामीले निरन्तर प्रयास गरेका छौं। यो घोषणा हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदम हो।”धुर्कोट गाउँपालिकाले २०८१ साउन २७ गतेदेखि बालमैत्री स्थानीय राष्ट्रिय महाअभियानलाई आत्मसात् गर्दै बालबालिकाको हित र अधिकार सुनिश्चित गर्न संस्थागत सुधारमा जोड दिएको छ। पालिकाले बालब...
बुटवलमा स्कूल भ्यान र स्कूटर ठोक्किँदा एक जना गम्भीर घाइते

बुटवलमा स्कूल भ्यान र स्कूटर ठोक्किँदा एक जना गम्भीर घाइते

Breaking news 2
रूपन्देही ,असार १५ बुटवल , उपमहानगरपालिका-११, देवीनगर भुवनसिंह मार्गमा आज भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। अल्ट्रीजम केयर सेन्टर योगिकुटीको स्कूल भ्यान (लु १ ज २४२७) र स्कूटर (लु १३ प २३३३) एकआपसमा ठोक्किँदा स्कूटर चालक गम्भीर घाइते भएका हुन्।स्थानीयका अनुसार दुबै सवारी साधन तीव्र गतिमा थिए। दुर्घटना लगत्तै घाइतेलाई तत्काल अस्पताल लगिएको छ, तर घाइतेको नाम र थप विवरण खुल्न बाँकी छ। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।यस्ता दुर्घटना कम गर्न सवारी चालकहरूलाई गति नियन्त्रण गर्न र सावधानी अपनाउन स्थानीयले आग्रह गरेका छन्। ...
प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीकाे अडान कायमै

प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीकाे अडान कायमै

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले बोलाउनुभएको सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ । संसद्को गतिरोध अन्त्य गर्नेबारे सहमति जुटाउन सभामुखले बैठक बोलाउनुभएको भए पनि सहमति नभएको हो । प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राखेका छन् ।नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्रीको राजीनामा दिनैपर्ने अडान कायम राखेपछि सहमति हुन नसकेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइए पनि अझै शुरू भएको छैन । हिजो पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् भने सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न  ...
गुल्मीको सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द

गुल्मीको सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिका अन्तर्गत सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द भएको छ । मालिका गाउँपालिकाले सूचना निकालेर सिलादी–घमिर–अर्खाबाङ सडक खण्डमा कालोपत्र गर्ने काम शुरू भएको हुँदा एक हप्ताका लागि पूर्णरुपमा बन्द गरिएको जनाएको छ । गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार पालिकाले काम सम्पन्न नहुँदासम्म आजदेखि यही २७ गतेसम्म यो सडकमा गाडी चलाउन रोकेको हो । सडक बन्द भएपछि वैकल्पिक सडकको रुपमा मालिका गाउँपालिका–६ फुलवारी र ७ को अर्चेङ हुँदै बरारुखको सडक प्रयोग गर्न आग्रह गरिएको छ । ...
आईपीएल क्रिकेटमा आज पञ्जाब र मुम्बई खेल्दै

आईपीएल क्रिकेटमा आज पञ्जाब र मुम्बई खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार वेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ । पञ्जाब र मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेका छन् । पञ्जाब १३ खेलमा १७ अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । समान खेलमा १६ अङ्कसहित मुम्बई चौंथो स्थानमा छ । हिजो भएका खेलमा चेन्नई सुपर किङ्गसले गुजरात टाइटन्सलाई ८३ रनले र सनराइजर्स हैदराबादले कोलकातालाई एक सय १० को फराकिलो रनले हरायो । आईपीएलको लिग चरणको अन्तिम खेलमा भोलि लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल ...