राष्ट्रपति चयन र गृह मन्त्रालयको विषयलाई लिएर माओवादी र एमालेबीच विवाद बढ्दै
काठमाण्डाै - निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति तोके पनि सत्तारुढ दलले उम्मेदवारमा सहमति गर्न सकेका छैनन् । सहमति नबन्दा सत्ता सहकार्यको एक महिनामै माओवादी केन्द्र र एमालेबीच खटपट सुरु हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्ने बताइरहनु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सहमति अनुसार राष्ट्रपति एमालेलाई नै दिनु पर्ने अडान राख्नु भएको छ । उहाँले एमाले बाहेकका उम्मेदवारमा सहमति हुने सम्भावना नरहेको बताउनु भएको छ । तर, माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमा नै जोड दिइरहेकाले एमाले सशङ्कित बनेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रिय सहमति अनुसार नै राष्ट्रपति चयन गर्नु पर्ने धारणा राखेपछि एमाले सशङ्कित भएको हो । यस्तै, पद मुक्त भएका ...







