हिउँदे वर्षा नहुँदा बाली उत्पादनमा असर, सरकारले सिफारिस गरेका बाली नै जाेखिममा


काठमाण्डाै – यसवर्षको हिउँदमा अहिलेसम्म पनि पानी नपरेका कारण हिउँदे बालीको उत्पादनमा असर पर्ने भएको छ । गएको वर्ष मंसिर, पुस र माघमा आवश्यक वर्षा भएकाले उत्पादनमा खासै समस्या भएको थिएन । तर यस वर्ष केही ठाउँमा छिटपुट वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात बाहेक जमिन भिज्ने गरी पानी परेको छैन ।

मध्यमाघ सकिँदा पनि पानी नपरेपछि गहुँ, तोरी, हिउँदे मकै तथा फलफूलको उत्पादनमा असर पर्ने देखिएको नार्कको योजना महाशाखाका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक टेकप्रसाद गोतामेले बताउनुभयो । उहाँका अनुसार सुक्खापन र खडेरी बढ्दै जाने हो भने कृषि उत्पादनमा दीर्घकालीन असर देखिनेछ । यो बेला सिँचाइ नभएका क्षेत्रमा गहुँ तथा तोरी र तरकारी/फलफूल राम्रो उत्पादन नहुने हुँदा यसले समग्र किसानको आयआर्जन नै घट्ने देखिएको छ ।

त्यस्तै आउँदा दिनमा सरकारले सिफारिस गरेका बालीका जातहरु नै उत्पादन अनुकूल नहुने जोखिम समेत बढेको छ । यसबाट किसानले खेती नै गर्न नसक्ने अवस्थातर्फ जाने चिन्ता बढेको वरिष्ठ वैज्ञानिक गोतामेको भनाइ छ । ‘माघ महिनाभित्र केही मात्रा भए पनि पानी परे त्यति धेरै नोक्सानी नहोला’ उहाँले भन्नुभयो, ‘तर यस्तै अवस्था रहे र हिउँदे वर्षा नभए जोखिम उच्च हुनेछ ।’ कृषि विज्ञका अनुसार गहुँको राम्रो उत्पादन लिनका लागि छरेदेखि काट्दासम्म कम्तीमा पनि तीन पटक सिँचाइ गर्नुपर्छ । तर आकाशे पानीको भरमा रहेका किसानहरू एक पटक पनि पानी नपरेपछि चिन्तित छन् ।

गहुँ तथा तरकारी बाली सुक्न थालेको छ । सुक्खा हुँदा हिउँदे फलफूल ओखर, स्याउ जस्ता नगदेबाली पनि प्रभावित भएका छन् । बालीमा रोगकिराको जोखिम पनि बढेको छ । बदलिँदो मौसमको कारण देशका विभिन्न ठाउँमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापर्न थालेको छ । यसको व्यवस्थापनको लागि ढुसीनाशक विषादी प्रयोग गर्न कृषि विज्ञको आग्रह छ । अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा देखिने हुँदा यसको पनि व्यवस्थापनमा ध्यान दिन विज्ञको सुझाव छ ।

गएको वर्ष कुल खेती गरिएको क्षेत्रफलमध्ये ४२ प्रतिशत जग्गामा मात्रै सिँचाइ सुविधा पुगेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गएकाे वर्ष देशभर २९ लाख १७ हजार ४०२ हेक्टर जमिनमा मात्रै खेती भएको थियो । त्यसमध्ये १२ लाख २६ हजार ५५६ हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

कुलो, नहर, पोखरी, बोरिङ, थोपा सिँचाइ जस्ता माध्यमबाट जमिनमा सिँचाइ हुने गरेको छ । देशभर ३६ लाख ८१ हजार ९६४ हेक्टर खेतीयोग्य जग्गा रहेको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ ।

छुटाउनुभयो कि ?

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज...
भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिप...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...