कुष्ठरोग विरुद्धको दिवस आज : १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी


काठमाण्डाै – आज ७०औँ विश्व कुष्ठरोग विरुद्धको दिवस । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि अहिले बर्सेनि २ हजार ५ सयको सङ्ख्यामा नयाँ बिरामीहरु थपिने गरेको तथ्याङ्क छ। अहिले नेपालका १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन नै बाँकी रहेको छ।

झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेका छन् । कुष्ठरोग सरुवा रोग हो । तर समयमै उपचार गरे पूर्ण रुपमा निको हुन्छ । डाक्टरका अनुसार उपचार गरेका बिरामीबाट यो रोग अर्कोमा सर्दैन ।

स्वास्थ्य सेवा विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डा. प्रशन्न नापितका अनुसार विगतमा ११ जिल्लामा कुष्ठरोगका बिरामी रहेकोमा चालु आर्थिक वर्षमा १६ जिल्लामा बिरामी भेटिएका छन्। विशेषगरी तराईका जिल्लामा कुष्ठरोगका बिरामी धेरै देखिएका छन् ।

बाक्लो बस्ती र भारतसँग खुला सीमा भएको क्षेत्रमा बढी मात्रामा बिरामी भेटिएका उहाँको भनाइ छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् ।

सरकारले कुष्ठरोग निवारणका लागि ‘शून्य कुष्ठरोग’ नीतिसहित ५ वर्षे कार्ययोजना बनाएर काम गर्दै आएको छ । दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरुले आ–आफ्नो क्षेत्रबाट कुष्ठरोग निवारणका लागि जनचेतना जगाउन र समुदायमा रहेका कुष्ठरोगीलाई गरिने भेदभाव हटाउन आग्रह गर्नुभएको छ ।

समुदायमा रोगको सङ्क्रमण हुन नदिन रोगका लक्षण र चिह्न देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको आग्रह छ । यसैबीच ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. सतीश विष्टले कोरोना महामारीपछि ललितपुर जिल्लामा कुष्ठरोगका बिरामी बढेको बताउनुभएको छ ।

७०औँ विश्व कुष्ठरोग दिवसको अवसरमा ललितपुरको गोदावरीमा रहेको आनन्दवन अस्पतालमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

छुटाउनुभयो कि ?

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका क...
आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्र...
तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

काठमाण्डौ - जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भे...