राजनीति

नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक जारी

नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक शुरु भएको छ ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको हो ।बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागिता रहेको छ । ...
पुराना दलका नेतालाई रबिको कटाक्ष : प्रतिपक्षमा बस्ने सोच बनाएर बस्नुस्

पुराना दलका नेतालाई रबिको कटाक्ष : प्रतिपक्षमा बस्ने सोच बनाएर बस्नुस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताप्रति कटाक्ष गरेका छन् । पार्टीको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको मुद्दा-मामिलालाई प्रतिशोधको संज्ञा दिए । यस क्रममा उनले शीर्ष नेताप्रति असन्तुष्टि व्यक्त गरे ।‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नु भयो कि तपाईँहरूलाई नपुरी सुखै छैन,’ उनले भने । लामिछानेले पुराना दलहरू एकजुट भएर रास्वपामाथि आक्रमण गरिरहेको आरोप लगाए । निर्वाचन हुन नदिन कसैले षड्यन्त्र नगर्न उनले आग्रह गरे । यसअघि अन्य दललाई मतदान गर्दै आएका मतदातालाई यस पटक रास्वपालाई समर्थन गर्न उनले अपिल गरे । आफूले माया गरेको दललाई एक पटक प्रतिपक्षमा बस्न दिने गरी सोच्न उनले आग्रह गरे । ‘म तपाईंहरू सबैलाई भन्छु । पुराना दलका नेतालाई कटाक्ष गर्न छोडिदिनुस् । पुराना दलका ने...
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली काँग्रेसको सोमबारदेखि शुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ ।बैठक आज बिहान ११ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महत्तले जानकारी दिएका छन् ।बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवार दर्ताको कार्यतालिका रहेकाले दलहरु चुनावी तालमेल र उम्मेदवार छनौटमा केन्द्रित रहेका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेसले एमाले, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग तालमेल गर्ने तयारी गरेको छ ।सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावी तालमेलका लागि भएका छलफल बारे बैठकमा ब्रिफिङ गरेका थिए । ...
जेष्ठ नागरिकको स्वास्थ्य जाँच्न बुटवलका घरदैलोमा शिविर

जेष्ठ नागरिकको स्वास्थ्य जाँच्न बुटवलका घरदैलोमा शिविर

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा जेष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण र उपचारको उदेश्य सहित बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालित छ। २०८० माघमा बुटवलमा शुरु भएको बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तरगत चालु आर्थिक वर्षमा समेत निरन्तर छ।ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन तय गरेका योजनाहरु कार्यान्वयन गरिएको हो।चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उनले बताए। उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमत...
एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवारहरु

एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवारहरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचनको वातावरण बनेको छैन र प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको नेकपा एमाले चुनावमा होमिएको छ ।एमालेले सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न दिएको निर्देशन अनुसार उम्मेदवारहरु सिफारिस हुनेक्रम जारी रहेको छ । यसैक्रममा अहिलेसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुई दर्जन नेताहरु एकल सिफारिस भएका छन् । जसमा केपी शर्मा ओली: झापा–५, विष्णु पौडेल: रुपन्देही–२, शंकर पोखरेल: दाङ–२, लेखराज भट्ट: कैलाली–४, महेश बस्नेत: भक्तपुर–२, प्रदीप ज्ञवाली: गुल्मी–१, ईश्वर पोखरेल: काठमाडौँ–५, लीलानाथ श्रेष्ठ: सिरहा–३, अजय गुप्ता: रौतहट–१, हरि उप्रेती: सर्लाही–३, तिलक महत: नवलपुर–२, मिलन गुरुङ: गोरखा–२, बद्री मैनाली: नुवाकोट–१, सूर्य ढकाल: बाँके–१, दलबहादुर सुनार: बाँके–३, विश्राम चौधरी: कपिलवस्तु–१, सुहाङ नेम्वाङ: इलाम–२, लक्ष्मी महतो कोइरी: महोत्तरी–१, ध्रुव शाही: सुर्ख...
आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय

आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले इजरायल सरकारसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलसँग श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने, जेनजी शहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी शहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए । त्यस्तै सरकारले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने, पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने, वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने र नेपाल लेखा परीक्षण सेव...
प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहितको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहितको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंनेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटमा सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ जना द्वन्द्व पीडितहरूले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो । प्रचण्डले २०७६ माघ १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । सोही अभिव्यक्तिका आधारमा निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको अभिव्यक्ति दिने दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गर्दै रिट दायर गरेका थिए । ...
रास्वपाले बालेनसहित २६ जना केन्द्रीय सदस्य मनोनित गर्‍यो

रास्वपाले बालेनसहित २६ जना केन्द्रीय सदस्य मनोनित गर्‍यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाहसहित २६ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका २६ जनालाई केन्द्रीय समितिमा समेटेको हो । यसअघि आजै विवेकशील साझा पार्टी एकीकरण भएर आएका ७ जनालाई पनि केन्द्रीय समिति सदस्यमा मनोनित गरेको थियो ।नयाँ मनोनित केन्द्रीय सदस्यमा बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् । आजै मनोनित गरि...
एमाले र कांग्रेसले रुपन्देहीबाट सिफारिश गरेका यी हुन् उम्मेदवारहरु

एमाले र कांग्रेसले रुपन्देहीबाट सिफारिश गरेका यी हुन् उम्मेदवारहरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले रूपन्देहीबाट उम्मेदवारहरु सिफारिश गरेका छन्। रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरिएको छ।आइतबार बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले उपाध्यक्ष पौडेलको नाम एकल रूपमा सिफारिस गरेको हो। एमाले रूपन्देही प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलका अनुसार पार्टीभित्र कुनै मतभेद नदेखिएको र सबै तहबाट पौडेलको नाममा सहमति जुटेको हो।पौडेल २०५६ सालदेखि निरन्तर रूपमा यही क्षेत्रबाट चुनावी मैदानमा उत्रँदै आएका नेता हुन् । एमालेले रूपन्देहीका अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवार सिफारिस गरेको छ। क्षेत्र नम्बर ५ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम सर्वसम्मत रूपमा एकल स...
केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान

केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले लियो लिखित बयान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंजेन–जी आन्दोलनमाथि दमनको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले बयान लिएको छ। आइतबार उनको गुन्डुस्थित निवासमै पुगेर आयोगको टोलीले बयान लिएको हो।ओलीले लिखित बयान दिएको आयोगका एक अधिकारीले बताए। यसअघि ओलीले बयान नदिने धम्की दिँदै आएका थिए। प्रश्नसहित आयोगको टोली उनको निवास पुगेकोमा ओलीले पहिले नै तयार गरेर राखेको लिखित विवरण दिएको आयोगका एक अधिकारीले बताए। २३ भदौमा भ्रटाचारविरुद्ध जेन-जीले गरेको आन्दोलनमा सरकारले चरम दमन गरेको थियो। प्रहरीको गोली लागेर बानेश्वरमा मात्र १७ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा धेरै घाइते भएका थिए। त्यसको विरोधमा भोलिपल्ट देशैभरि आन्दोलन भएपछि स्थिति सम्हाल्न नसकी ओलीले राजीनामा दिएका थिए। सेनाले उनलाई हेलिकोप्टरमार्फत प्रधानमन्त्रीनिवासबाट उद्धार गरेको थियो। ...