चिनियाँ राष्ट्रपति सीका दूतको सन्देश : ‘दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक’
नेपाल भ्रमणमा रहेका चिनियाँ नेता छन् गाङले दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका दूत तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सिङहाइ प्रान्तका सचिवसमेत रहेका छन्ले नेपाली नेताहरूसँगको भेटवार्तामा पार्टीबीचको सहकार्यमा जोड दिएका हुन् ।
तीनदिने भ्रमणका लागि शनिबार आइपुगेका नेता छन्ले सोही दिन कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा छन्ले आफू सीपीसीका महासचिव तथा राष्ट्रपति सीको सन्देश लिएर आएको उल्लेख गरेका थिए ।
‘हामी कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं तर पार्टी–पार्टीबीचको सम्बन्धलाई भने महत्त्व दिने छौं,’ भेटवार्ताका क्रममा छन्ले भनेका छन् । उनले नेपाली राजनीतिक ...








