चिनियाँ राष्ट्रपति सीका दूतको सन्देश : ‘दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक’


नेपाल भ्रमणमा रहेका चिनियाँ नेता छन् गाङले दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका दूत तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सिङहाइ प्रान्तका सचिवसमेत रहेका छन्ले नेपाली नेताहरूसँगको भेटवार्तामा पार्टीबीचको सहकार्यमा जोड दिएका हुन् ।

तीनदिने भ्रमणका लागि शनिबार आइपुगेका नेता छन्ले सोही दिन कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा छन्‌ले आफू सीपीसीका महासचिव तथा राष्ट्रपति सीको सन्देश लिएर आएको उल्लेख गरेका थिए ।

‘हामी कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं तर पार्टी–पार्टीबीचको सम्बन्धलाई भने महत्त्व दिने छौं,’ भेटवार्ताका क्रममा छन्‌ले भनेका छन् । उनले नेपाली राजनीतिक दलले गरेका निर्णयमा आफूहरूको सम्मान रहने तथा भ्रमणका क्रममा उठेका विषयवस्तु महासचिव सीसमक्ष पुर्‍याउने बताएको भेटवार्तामा सहभागी नेपाली नेताहरूले जानकारी दिएका छन् ।

सीपीसीको केन्द्रीय कमिटीका सदस्यसमेत रहेका नेता छन् पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् । उनी राष्ट्रपति सीका विश्वासपात्र मानिन्छन् । चीनमा उनको बलियो प्रभाव रहेकाले पनि नेता छन्को नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

नेता छन्‌ले ओली र दाहालसँगको भेटमा कम्युनिस्ट एकता र देउवासँग चीन र कांग्रेसबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए । ओली र दाहालसँगको भेटमा उनले ‘एउटै विचारधारा भएका पार्टीहरू मिल्नु ठीक हुने’ उल्लेख गरेका थिए । ‘एउटै विचारधारा भएका पार्टीहरू मिल्नु ठीक हुन्छ भन्ने चीनको धारणा कुनै नयाँ विषय होइन, यो उहाँहरूले खुला रूपमै भन्दै आउनुभएको विषय हो,’ दाहालसँग खुमलटारमा भएको भेटवार्तामा उपस्थित माओवादीका उपमहासचिव तथा पूर्वमन्त्री शक्ति बस्नेतले भने ।

अध्यक्ष ओलीसँग बालुवाटारमा भएको भेटवार्तामा उपस्थित एक नेताका अनुसार छन्ले सोही कुरा दोहोर्‍याएका थिए । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत छन् सोङलगायत सहभागी थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार ५० मिनेटभन्दा बढी चलेको भेटवार्तामा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी दिए । उनले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरेको पनि बताए । ‘प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने’ उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयको विज्ञप्तिमा बताइएको छ । प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराएका थिए ।

भेटवार्तामा माओवादी अध्यक्ष दाहालले दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका बेलामा भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै, कांग्रेस सभापति देउवाले कांग्रेस र सीपीसीबीचको सम्बन्धलाई सुमधुर बनाउनुपर्ने उल्लेख गरेको कांग्रेस पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...