सरकारले दशैंलगत्तै फास्ट ट्र्याकमा भ्रष्टाचारको छानबिन गर्ने
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले फास्ट ट्र्याकमा भ्रष्टाचारको छानबिन गर्न र दोषीलाई कारबाही गर्न तयारी गरेको छ।जेन-जी आन्दोलनको दबाबमा बनेको नयाँ सरकारले भ्रष्टाचारका सबै घटनाहरूको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएको छ । यस आन्दोलनले भ्रष्टाचारविरुद्धको मुद्दालाई प्रमुख बनाएको थियो। सरकार गठनपछि प्रधानमन्त्री कार्कीले सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने कुरा बताएका हुन् ।यसअघि प्रतिनिधि सभामा पनि भ्रष्टाचारको छानबिनको माग गरिएको थियो, तर त्यस समयमा सरकारका पक्षपातीहरूले छानबिन गर्न आलटाल गरेका थिए । राजनीतिक समीकरण मिलाउने र आफ्ना मान्छे बचाउने नाममा छानबिन नगरी छोडिएको थियो । विगतमा, राजनीतिक दलहरूले सत्ताबाहिर रहँदा भ्रष्टाचारको मुद्दा उठाउने र सत्तामा पुगेर चुप लाग्ने चलन बनाएको थियो।
जेन-जी आन्दोलनले भ्रष्टाचारको छानबिन र कारबाहीको मुख्य नारा र...








