Breaking news 2

जन्मेको माटोको सम्झनामा , बाल्काटे अत्तरकाडा सेरोफेराको भेला बुटबलमा ।।

जन्मेको माटोको सम्झनामा , बाल्काटे अत्तरकाडा सेरोफेराको भेला बुटबलमा ।।

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
५ भदौ, बुटबल ।साविक गुल्मीको अर्खले गाविस वार्ड न २ बाल्काटे र अत्तरकाडा सेरोफेरो बाट रुपन्देहिमा विभिन्न पेशा व्याबसाय गरि स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने छिमेकी दाजुभाई तथा दिदीबहिनीहरूको भेला सम्पन्न भएको छ । भेलाले आफ्नो गाउँठाउँ बस्तीबाट बसाई सराई गरेर बुटवलमा झरेपनि आफु बीचको सम्बन्ध लाई अझै सुमधुर बनाउन, भातृत्व लाई अझै नजिक ल्याउन ,सुखदुःखमा साथ सहयोग र सद्भाव प्रकट गर्ने उद्देश्यसहित बाल्काटे अत्तरकाडा सेरोफेरोमा जन्मिएका व्याक्तिहरु जम्मघटभै छलफल भएको छ । जन्मभूमि प्रतिको माया र कर्तव्यलाई अगाडि बढाउँदै बेलाबेला भेटघाट गर्ने सानो सानो सहयोग संकलन गर्ने र दुखसुखमा हातेमालो गरेर अगाडि बढ्ने उदेश्य सहित भेला आयोजना गरिएको बताइएको छ । जन्म भुमी प्रतिको लगाव ,एकताको आधार भन्ने भनाइलाई सार्थक तुल्याउन भाद्र ४ गते शनिबार बसेको समाजको भेलाले विभिन्न निर्णयहरु गरेको छ ।ब...
जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
४ भदौ, बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ । कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाउँदै आइएको छ । पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ पुसदेखि १८७२ बैसाखसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको थियो । सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दूरजात्रा निकाल्ने परम्परा सुरु भएको हो । राति १२ बजे बली दिएर भगवती...
रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत 

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत 

Breaking news 2, समाचार, समाज, स्थानीय
फोटो राजेन्द्र श्रेष्ठ : तम्घास स्थान मन्दिर गुल्मी ४ भदौ, काठमाडौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ । अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ । वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो । देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेक...

राशन घोटालामा मुछिएका सशस्त्रका एसपी हेडक्वाटर तानिए

Breaking news 2, समाचार
३ भदौ, धनगढी । राशन घोटालामा मुछिएपछि दार्चुलामा कार्यरत सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्ट हेडक्वाटरतानिएका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गणमा प्रमुखका रुपमा कार्यरत विष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा घोटाला गरेको आरोप लागेपछि उनीमाथि छानबिनका थालिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा भट्टराईले एसपी विष्टलाई तत्काल जिम्मेवारीबाट हटाइएको पुष्टि गरेका छन् । उनले राशनमा अनियमितता भएको आरोप लागेपछि सशस्त्र प्रहरीको मुख्यालय हल्चोक झिकाएर आवश्यक छानबिन थालिएको बताए । एसपी विष्टमाथि सुरक्षाकर्मीलाई बिदामा छाडेर राशन वापत प्राप्त हुने गरेको रकम खल्तीमा हाल्ने गरेको आरोप लागेको छ । यो विषयसँग सम्बन्धित सूचना पत्रकारलाई उपलब्ध गराएको भन्दै सोही गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि एसपी व...
सत्ता गठबन्धनको कार्यदल बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदै

सत्ता गठबन्धनको कार्यदल बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदै

Breaking news 2, ताजा अपडेट, समाचार
१ भदौ, काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठकमा आज सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेश गर्न लागेका हुन् । कार्यदलका एकजना सदस्य हिमलाल पुरीले भने, ‘आजको बैठकमा मोडालिटी तयार गर्न जिम्मेवारी लिनुभएका कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला जीले मोडालिटी पेश गर्नुहुन्छ । त्यसमै छलफल हुन्छ ।’ गत २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो । अघिल्लो पटक बसेको कार्यदल बैठकले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा कार्यदल संयोजक सिटौलालाई दिएको थियो । कार्यदलमा ने...
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक अब के हुन्छ ?

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक अब के हुन्छ ?

Breaking news 2, फिचर, समाचार
२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै ‘नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ प्रतिनिधि सभामै फिर्ता पठाएकी छन् । संविधानत राष्ट्रपतिले प्राप्त अधिकार नै प्रयोग गरेकी हुन् । तर, फिर्ता भएको यो विधेयक अब के हुन्छ ? भन्ने आम जिज्ञासा उठेको छ । यो जिज्ञासालाई राजनीतिक र संसदीय प्रक्रियाले नै जवाफ दिनेछ । यस्तो संसदीय प्रक्रिया संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरण सम्बन्धी व्यवस्था छ । जहाँ ‘…प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिने विधेयक उत्पत्ति भएको सदनको सभामुख वा अध्यक्षले प्रमाणित गरी पेश गर्नु पर्नेछ’ भन्ने उल्लेख छ । अर्थ विधेयकको हकमा सभामुखले प्रमाणित गर्दा नै अर्थ विधेयक हो भनी खुलाउनुपर्नेछ । यसरी खुलाउनुपर्नाको कारण छ– अर्थ विधेयक राष्ट्रपतिले फिर्ता पठाउन सक्दैनन् । संविधानत प्रमाणीकरणका लागि पेश भएपछि...
युवालाई ओलीले भने- बुढोको कुरा मात्र किन सुन्ने भन्नुभयो भने गलत हुन्छ

युवालाई ओलीले भने- बुढोको कुरा मात्र किन सुन्ने भन्नुभयो भने गलत हुन्छ

Breaking news 2, समाचार
२९ साउन, काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले उक्त आग्रह गरेका हुन् । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ’ उनले भने । युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरुको योगदान भुल्न नहुने बताए । उनले बालबालिका देशको भविष्यका कर्णधार भएको र युवाहरु आजका कर्णाधार भएको पनि बताए । मान्छे सधैं युवा रहन नसक्ने तर युवा जत्तिकै ऊर्जाशील रहन सक्ने पनि उनले बताए । आफू ७० वर्ष कटिसके पनि युवाहरुको जस्तै ऊर्जा भएको बताए । ‘बिरामी हुँदा पनि एक्टिभ हुन्छु’ बिरामी भएको बेलामा पनि आफू सक्रिय हुने गरेको उनले बताए । मिर्गौला प्रत्यारोपणका लागि अस्पतालको बेडमा रहँदा प...
कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी

कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी

Breaking news 2, ताजा अपडेट, समाचार
२८ साउन, चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय निर्वाचनमा पनि कांग्रेसले गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्दै भरतपुर महानगरपालिकाको मेयर प्रचण्डकी छोरी रेनुलाई समर्थन गरेको थियो । रेनुविरुद्ध जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवार बनाएको कांग्रेसको असन्तुष्ट पक्षले प्रतिनिधिसभा पनि उम्मेदवारी बनाउने तयारी गरेको छ । कांग्रेस पूर्वसभापति सुशील कोइरालाको ८३ औं जन्मजयन्तीका अवसरमा ‘कांग्रेस शुद्धीकरण अभियान’को नामबाट छलफल कार्यक्रम राखेको सो समूहले भदौ २४ गते बीपी जयन्ती...

भ्रातृ संस्थाको नेतृत्वमा देउवाको एकलौटी, शेखर पक्षले बोलायो बैठक

Breaking news 2, समाचार
काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरुको पुनर्गठनमा सभापति शेरबहादुर देउवाले एकलौटी मनोनयन गरेका छन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ लगायतका मुख्य भ्रातृ संस्थाको अध्यक्ष मनोनयन गर्दा देउवाले पार्टीभित्र कुनै परामर्श गरेनन् । डा.शेखर कोइराला नेतृत्वको संस्थापनइतर समूहले भ्रातृ संस्था गठन र पूर्णता दिने विषयमा परामर्श र सहमति गर्न माग गरेपनि संस्थापन पक्ष एक्लै अगाडि बढेको हो । सभापति देउवाले नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र राउत, नेपाल किसान संघमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीलाई अध्यक्षमा मनोनीत गरिसकेका छन् । मनोनयन भएका सबै भ्रातृ संस्थाका अध्यक्षहरु संस्थापन पक्षका हुन् । सभापति देउवाले कुनैपनि भ्रातृ संस्थाको नेतृत्व दिन नचाहेपछि संस्थापनइतर पक्ष आक्रोशित छ । यिनै विषयमा छल...
युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने पुरुष पक्राउ

युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने पुरुष पक्राउ

Breaking news 2, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सालझण्डी । घाँस काट्न जङगलमा गएकी युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने एक जना पुरुषलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।  साउन १० गते बिहान करिब नौ बजेपछि गाँउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न युवति जङगल गएकोमा उनकि दिदी केहि समयमै जरुरी कामले फर्किएपछि जंगलमा एक्लै देखि सोहि मौका पारी जवरजस्ती करणी उद्योग गर्ने सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने बर्ष ४८ को निलमणी दमाईलाई प्रहरीले पक्राउ गरेको हो। सैनामैना नगरपालिका अन्तरगत तुलबुलिया खोलाको पुर्वपट्टी रहेको नेवारडाँडो जङगलको करिब पाँच सय मिटर माथिको जंगलमा घाँस काटि भारी पुर्याईरहँदा युवतिलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोहि जंगलमा दाउरा काट्न गएका निलमणि दमाईले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी युवतिको संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न...