Breaking news 1

काठमाण्डौ उपत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु चुनावको मत परिमाण सार्वजनिक

काठमाण्डौ उपत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु चुनावको मत परिमाण सार्वजनिक

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय
काठमाण्डौ – काठमाण्डौ उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु चुनावको परिमाण सार्वजनिक भएको छ । नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विशाल रोकाहा र ईश्वर थापा अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका प्रल्हाद खड्का र विन्दु पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै अखिल क्रान्तिकारीले जनप्रशासन र सानोठिमी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा जितेको छ । जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्रसिंह ठगुन्ना अध्यक्षमा निर्वाचित हुनुभएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित हुनुभएको छ । काठमाण्डौ उपत्यका त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुर, आरआर, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, अस्कल, शंकरदेव, पद्यकन्या, सरस्वती, पब्ल...
सुन तस्करीमा ५ वर्ष जेल बसेका व्यक्ति फेरि २५ करोडसहित पक्राउ

सुन तस्करीमा ५ वर्ष जेल बसेका व्यक्ति फेरि २५ करोडसहित पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति फेरि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् ।  रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले मंगलबार दिउँसो गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।  विशेष सूचनाका आधारमा राजधानीको झोरबाट  ना ७ ख १६५२ नम्बरको ट्रक फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उक्त रकमसहित उनलाई पक्राउ गरेको थियो ।   प्रहरीले पक्राउ परेका कुसाङ लामा भरियाको रूपमा प्रयोग भएक...
स्ववियु चुनाव आज : विवादका कारण केही ठूला क्याम्पसहरुमा स्थगित

स्ववियु चुनाव आज : विवादका कारण केही ठूला क्याम्पसहरुमा स्थगित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । १०७ वटा क्याम्पसमा यसअघि नै निर्विरोध सभापति चुनिएका छन् । केही ठूला क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ । ६२ मध्ये १३ आंगिक क्याम्पसमा चुनाव नहुने भएको हो । काठमाण्डौ उपत्यकाभित्र विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी, शंकरदेव, पब्लिक युथ, नेपाल ल र विश्वभाषा तथा काठमाण्डौ उपत्यकाबाहिर बुटवल बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी, भैरहवा बहुमुखी, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, पक्लिहवा बहुमुखी क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस र कृषि क्याम्पस खैरहनीमा चुनाव स्थगित भएको छ । अरु केही क्याम्पसमा तोडफोड र तालाबन्दी भएको छ । विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा भने ८ गते चुनाव हुने भएको छ । आज...
आउँदो बिहीवारदेखि शुरू हुने एसईईको सबै तयारी पूरा

आउँदो बिहीवारदेखि शुरू हुने एसईईको सबै तयारी पूरा

Breaking news 1, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
काठमाण्डौ – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गते बिहीवारदेखि देशभर एकैसाथ शुरू हुने एसईईको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री सबै जिल्लामा पुगिसकेको जनाएको छ । यसवर्षको परीक्षामा अघिल्लो वर्षको तुलनामा ४९ हजार दुई सय ८६ जना बढी अर्थात पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् । कार्यालयले यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । य...
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह

Breaking news 1, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ – आज देशका पाँच वटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिक बदली अनि बाँकी भागमा मौसम सफा छ । कर्णालीका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा आज बिहान मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा समेत भएको छ । ती क्षेत्रका थोरै ठाउँमा दिउँसो पनि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । हावाहुरी, मेघगर्जन र चट्याङ्गको सम्भावना ...
जुम्लाको सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने आधार तयार पार्न अध्ययन

जुम्लाको सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने आधार तयार पार्न अध्ययन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 तत्कालीन सिंजा सभ्यताको केन्द्र र नेपाली भाषाको उद्‌गमस्थल सिंजा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार पार्नका लागि अध्ययन टोली जुम्लाको सिंजामा पुगेको छ ।  पुरातत्व विभागले सिंजा पुगेर विश्व सम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन र स्थानीयसँग छलफल गरेको छ । सिंजा सभ्यताको विगत, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले स्थानीयसँग छलफल गरेको थियो । विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेतृत्वको टोली सिंजा उपत्यकामा पुगेको हो । टोलीले सिंजा क्षेत्रको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामै पुगेर सिंजा सभ्यताको बारेमा छलफल चलाएको थियो । महानिर्देशक प्रधानाङ्गले सिंजा सभ्यतालाई विश्व सम्पदा सूचीमा समेट्ने आधार तयारीका लागि अध्ययन गर्न जुम्ला पुगेको बताए । उनका अनुसार सिंजा गाउँपालिकाको पहलमा टोली जुम्ला आइपुगेको हो । महानिर्देशक ...
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कुनै तयारी छैन: उपप्रधानमन्त्री सिंह

पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कुनै तयारी छैन: उपप्रधानमन्त्री सिंह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रस्ट पारे। यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले सरकारलाई बदनाम गर्नेगरि हल्ला गरिएको उनको भनाई छ। ०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो। अहिले त्यस्तै प्रकृतिको कानून निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रस्ट पारेका हुन्। अहिले सरकारका विरुद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै यथार्थ बु...
आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणको तयारी

आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणको तयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तयारी थालेको छ । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ । आगामी आवको नीति तथा कार्यक्रमका लागि मन्त्रालयहरूले आ–आफ्ना कार्यक्रम तथा योजना बनाइरहेको अर्थ मन्त्रालयले जनाएको छ । सोही क्रममा अर्थ मन्त्रालयले समेत नीति तथा कार्यक्रमको गृहकार्य थालेको जनाएको छ । अर्थले कोरेको प्रारम्भिक खाका अनुसार अनौपचारिक क्षेत्रका आर्थिक गतिविधि औपचारिकीकरण गर्न अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा घटाउँदै लैजाने कार्यक्रम प्रस्ताव गर्ने जनाइएको छ । जसअनुसार अनौपचारिक अर्थतन्त्र औपचारिकीकरण गर्ने सम्बन्धमा विस्तृत अध्ययन गर्ने उल्लेख छ । अर्थ मन्त्रालयले एक वर्षभित्र नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउने गरी कार्यविधि तर्जुमा ...
प्रेम, भात्तृत्व,एकता र सहिष्णुताको पर्व होली

प्रेम, भात्तृत्व,एकता र सहिष्णुताको पर्व होली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
हिन्दु धर्मालम्विहरुको महत्वपूर्ण चाड मध्ये हेली पनि एक हो । फाल्गुण पूर्णिमाको दिन मनाइने यो पर्व विजय र प्रेमको प्रतिकको रुपमा मनाइने गरिन्छ । यो पर्व हिन्दु धर्मका अतिरिक्त बौद्द,इसाइ र मुस्लिम समुदायमा समेत सांस्कृतिक सौहार्दता र उल्लासका साथ मनाउने गरिन्छ । नेपालको पहाडी भु भागमा फागुन पूर्णिमाको दिन र तराइ क्षेत्रमा पूर्णिमाको अर्को दिन रङ्गहरु साटासाट गर्दै यो पर्व मनाउने गरिन्छ । नेपाल,भारत,भुटान,पाकिस्तान,श्रीलङ्का,मौरिसस फिजी,ट्रिनिडाड एण्ड टोवागो,अमेरिका,क्यानडा,अष्ट्रेलिया र बेलायत सम्मका आप्रवासी हिन्दु समुदायले सांस्कृतिक उत्सवका रुपमा होली पर्वलाई मनाउने प्रचलन रहेको छ । होलीको ऐतिहासिक महत्वः होलीको ऐतिहासिक पृष्ठभूमि खोज्दै जाँदा हिरण्यकश्यपु र भगवान विष्णुको युद्द प्रसङ्गको चर्चा गर्नुपर्ने हुन्छ । बाबु कश्यप ऋषी र आमा दीतीका सन्तानका रुपमा हिरण्यकश्यपु र हिरण्याक...
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिमरूप दिन नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए। सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरूङले सरकारले गरेका २५ वटा निर्णय सार्वजनिक गरे। भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्राबास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदानप्रदान पत्र स्वीकृत गर्ने र उक्त पत्रमा सरकारकोतर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने सरकारले निर...