Breaking news 1

अमेरिकमा एकै परिवारका ४ नेपाली गोली लागेको अवस्थामा मृत फेला

अमेरिकमा एकै परिवारका ४ नेपाली गोली लागेको अवस्थामा मृत फेला

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन्। मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेका हुन्। स्थानीय समयअनुसार बिहीबार राति १०स्४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए। त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन्। प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको देखिएको छ। घटनास्थलमा हतियार पनि फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ। विस्तृत जानकारी आइसकेको छैन। ...
गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै रहने प्रतिपक्षको निर्णय

गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै रहने प्रतिपक्षको निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ प्रतिपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकसम्बन्धी भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा अवरुद्ध राख्ने निर्णय गरेको छ। शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा छलफल भएको थियो। बैठकमा सहभागी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालखबरसँग कुरा गर्दै गृहमन्त्रीमाथि छानबिन हुनु अत्यावश्यक रहेको भन्दै संसद् सञ्चालनमा अवरोध यथावत् राख्ने निर्णय भएको जानकारी दिए। खनालका अनुसार बैठकमा नेपाली कांग्रेससहित अन्य दलहरूसँग पनि यसबारे थप छलफल गर्ने सहमति भएको छ। भिजिट भिसाको दुरुपयोग र त्यसमा देखिएको सम्भावित सत्ता संलग्नतालाई लिएर प्रतिपक्षले सरकारमाथि प्रश्न उठाउँदै आएको छ। यसै सन्दर्भमा उनीहरूले जिम्मेवार तहबाट छानबिनको माग गर्द...
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै 

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति गठनको मागसहित सदन अवरोध गर...
माधव नेपाललाई शम्भु थापाको सुझाव: अन्य विकल्प छैन, अदालत गएर बयान दिनुस्

माधव नेपाललाई शम्भु थापाको सुझाव: अन्य विकल्प छैन, अदालत गएर बयान दिनुस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको मुद्दाको विषयमा कानुन व्यवसायीसँग परामर्श लिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेलगत्तै रौतहटबाट काठमाडौँ फर्किएका नेपालले वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीसँग परामर्श गरेका हुन्। नेपालले उनीहरूसँग आफूविरुद्धको मुद्दामा अब के हुन्छ भनेर जिज्ञासा राखेका थिए। जवाफमा वरिष्ठ अधिवक्ता थापाले भने, ‘अब अरु विकल्प छैन। मुद्दा अदालत पुगिसक्यो। अभियोग पत्र लिएर अध्ययन गर्नुस् र बयानका लागि अदालत जानुस्।’ छलफलमा पार्टीका केही शीर्ष नेताहरू पनि सहभागी थिए। कानुनव्यवसायीसँग छलफललगत्तै अहिले नेकपा एकीकृत समाजवादी पार्टीको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गरिरहेका छन्। पतञ्जली योगपीठ तथा आयुर्वेद कम...
प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीकाे अडान कायमै

प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीकाे अडान कायमै

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले बोलाउनुभएको सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ । संसद्को गतिरोध अन्त्य गर्नेबारे सहमति जुटाउन सभामुखले बैठक बोलाउनुभएको भए पनि सहमति नभएको हो । प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राखेका छन् ।नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्रीको राजीनामा दिनैपर्ने अडान कायम राखेपछि सहमति हुन नसकेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइए पनि अझै शुरू भएको छैन । हिजो पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् भने सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न  ...
यातायात व्यवसायीको आन्दोलन फिर्ता, निर्वाधरुपमा सार्वजनिक गाडी चल्ने

यातायात व्यवसायीको आन्दोलन फिर्ता, निर्वाधरुपमा सार्वजनिक गाडी चल्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं यातायात व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन् । यससँगै अब गाडी चल्ने भएका छन्। गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले स्पेस फोरके टेलिभिजनलाई जानकारी दिएका छन् । ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं । अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं । अहिले त फाटफुट चल्ला । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं ।’ स्वारले स्पेस फोरके टेलिभिजनसँगको कुराकानीका क्रममा भने । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए । मंगलबार साँझ गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेपछि भने यातायात व्यवसायील...
काठमाडौं नगर प्रहरीका निमित्त प्रमुख बने विष्णु जोशी

काठमाडौं नगर प्रहरीका निमित्त प्रमुख बने विष्णु जोशी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रमुखमा वरिष्ठ उपरिक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई निलम्बित गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् । महानगर स्रोतका अनुसार जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत एसपी जोशीले यसबारे आफूलाई अनौपचारिक जानकारी मात्रै आएको सुनाए । ...
उत्कृष्ट प्रदर्शनसँगै स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

उत्कृष्ट प्रदर्शनसँगै स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल करण केसीको विष्फोटक ब्याटिङको सहयोगमा आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ ।स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्यो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्याे । अन्तिम बलमा नेपालको जितका लागि १ रन आवश्यक रहेको थियो । अन्तिम बल मार्क वाटले वाइड गरेपछि नेपालले रोमाञ्चक जित हासिल गरेको हो ।नेपालको जितमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे । ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक बनाए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे ।कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । आसिफ ३३ बलमा २ चौकाको सहयोगमा २० रनमा आउट भए । गुल्शन कुमार झा ३...
संसद्को अवरोध खुलाउन बसेको तीन दलको बैठकमा जुटेन सहमति

संसद्को अवरोध खुलाउन बसेको तीन दलको बैठकमा जुटेन सहमति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ संसद्को अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रतिपक्ष पछि नहटेपछि बैठकमा सहमति जुट्न नसकेको हो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार तीन दलको बैठकमा सत्तापक्षले गृहमन्त्रीको राजीनामा होइन,संसद् खोल्न आग्रह गरेका थिए । ‘हामीले सुशासनलाई जोड दियौँ । हामीले जो विषयवस्तु राखेका छौ त्यो यथावत रहेको छ’, उनले भने,  ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ ।’ जवाफमा सत्तापक्षले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएको थियो । यसैबिच शीर्ष बैठकमा सहभागी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद् अ...
बन्द फिर्तापछि के गर्दैछ राजावादीको आन्दोलन समिति ?

बन्द फिर्तापछि के गर्दैछ राजावादीको आन्दोलन समिति ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले गर्दै आएको आन्दोलन आज सुस्ताएको छ । हिजो प्रहरी दमनको विरोधमा आह्वान गरेको बन्द फिर्ता लिएको जनआन्दोलन समितिले आज अरु कार्यक्रम सार्वजनिक गरेको छैन । यद्यपि नवराज सुवेदी संयोजकत्वको संयुक्त जनआन्दोलन समितिका एक नेताहरुले आन्दोलनका कार्यक्रम तय गर्न आन्तरिक छलफल भइरहेको बताएका छन् । ‘हामी कार्यक्रमकै बारे छलफलमा छौं,’ ती नेताले भने । आइतबार दिउँसोको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नक्शाल–भाटभटेनी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । लगत्तै राप्रपा अध्यक्ष लिङ्देनले ‘भोलिदेखि खास लडाइँ सुरु हुने’ बताएका थिए । तर अहिलेसम्म आन्दोलनको कार्यक्रमको रुपरेखाबारे अन्यौल छ । प्रहरीले दमन गरी नियन्त्रणमा लिएको भन्दै जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्द आह्वान गरेको थियो ।...