Breaking news 1

बर्षाका कारण देशका विभिन्न क्षेत्रमा वाढिपहिराे

बर्षाका कारण देशका विभिन्न क्षेत्रमा वाढिपहिराे

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
बुटवल-नारायणगढ सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध बुटवल पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-नारायाणगढ सडक मँगलबार रातीदेखि अवरुद्ध भएको छ । नारायणघाट-बुटवल सडक योजना कार्यालयका अनुसार दाउन्नेदेखि बर्दघाटतर्फ खुर्साने खोला नजिकै पहिरोले सडक बगाउँदा पूर्ण रुपमा अवरुद्ध बनेको हो ।  वर्षाका कारण सडकको केही भाग बगाएको हुँदा मर्मतको काम जारी रहेको र त्यस अवधिसम्म सडक पूर्ण रुपमा अवरुद्ध हुने आयोजनाले जनाएको छ । बाढीले उपल्लो मुस्ताङमा ४ पुल बगायो, २ पुलमा क्षति उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल(चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका(४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ(४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ(२ साम्जुङस्थि...
चिकित्सक आन्दोलन: साँझ सरकारसँग वार्ता, तीन मन्त्री सहभागी हुने

चिकित्सक आन्दोलन: साँझ सरकारसँग वार्ता, तीन मन्त्री सहभागी हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं मुलुकी ऐन र उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका देशभरका चिकित्सकसँग सरकारले संवाद प्रक्रिया थालेको छ। नेपाल चिकित्सक संघको नेतृत्वमा भइरहेका विरोध र सेवाबन्दी चर्किएपछि मंगलबार दिउँसो प्रारम्भिक छलफल गरिएको हो। यद्यपि, औपचारिक वार्ताका लागि संघले स्पष्ट प्रस्तावसहित सरकार समक्ष आउन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सहभागी बैठकपछि चिकित्सक संघलाई वार्ताका लागि बोलाइएको थियो। संघको तर्फबाट अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सन्दिप तिवारी, पूर्वअध्यक्ष डा. लोचन कार्की, मेडिकल काउन्सिल अध्यक्ष डा. चोपलाल भुसाल लगायतको उपस्थिति थियो। डा. अनिल कार्कीले औपचारिक आमन्त्रण र मन्त्रिपरिषदको निर्णयसहित वार्ता प्रस्ताव आएमा मात्रै छलफलमा बस्ने स्पष्ट पारे। ‘हामी निर्णय गर्न...
रसुवाको बाढीले २३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगायो

रसुवाको बाढीले २३ वटा मालबाहक कन्टेनर र ३५ वटा विद्युतीय गाडी बगायो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, समाचार
रसुवा : बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको विववरण सार्वजनिक भएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालबाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन्।  त्यस्तै बेपत्ता हुनेमा हालसम्म २० जना छन्। तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ। यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। माथ...
सातै प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

सातै प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको  छ। गएको तीन घन्टामा बैतडीको सिद्धपुरमा ५१.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै  डोटीको गैरामा ४०.४ मिलिमिटर, जाजरकोटमा ३१.८ मिलिमिटर, रोल्पाको केउर गाउँमा २९.६ मिलिमिटर, बाँकेको नौबस्तामा ३१.८ मिलिमिटर, कैलालीको बलियामा २९ मिलिमिटर, डडेलधुराको साहुखर्कमा २९.२ मिलिमिटर वर्षा भएको छ। अन्यत्र भूभागमा पनि छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्...
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली

देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं  प्रधानमन्त्री  केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन्। नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताए। उनले नेपाल पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश भएको जिकिर गरे। अरुले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने बताए।  प्रधानमन्त्री ओलीले भने, ‘पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो। कामकै लागि तीन मिलियन मान्छे बाहिर छन्। अरुले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश सबैभन्दा ठूलो जनसंख्या, भूगोल भएको देश हो। चीनको विकास हुने, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक...
आज देशैभरिका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

आज देशैभरिका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन्।  नेपाल चिकित्सक संघको आह्ववानमा आज चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन्। चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन्। नेपाल चिकित्सक संघका महासचिव डा।सन्जिव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सातदिन भित्र अदालतमा उपस्थित हुन भनेपछि चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको यो आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाले एक्यवद्धता जनाएका छन्।  ...
शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी लागेका छौं : अर्थमन्त्री विष्णु पौडेल

शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी लागेका छौं : अर्थमन्त्री विष्णु पौडेल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रूपन्देही नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा शिक्षामा राम्रो सुधार भएको र थप गुणस्तरीय बनाई देशका नागरिक मात्र नभई अन्य देशबाट समेत अध्ययनका लागि नेपाल आउने वातावरण बनाउन लागेको बताए। अनेरास्ववियु रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा सम्पन्न २०८१ मा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै पौडेलले शिक्षा जीवनको प्रमुख अङ्ग भएकाले गुणस्तरीय शिक्षाबाट जीवन बदलिने बताए। उनले शिक्षालाई सबै नागरिकको पहुँचमा र सर्बसुलभ पुर्‍याउनेर नागरिकलाई शिक्षाको सुनिश्चितता गर्ने गरी अगाडि बढेको र धेरै कामहरु भएको बताए। शिक्षाका हरेक विधाहरु आफैमा उत्कृष्ट भएकाले विद्यार्थीहरुले आ- आफ्नो क्षमता र चाहना अनुसार छनोट गरी अध्ययन गर्न आग्रह गरे। उनले देशभरबाट ६२ प्रतिषत सफल भएको र जिल्लामा ८७ जनाले ४ जिपिए ल्याउन सफल हुनु राम्राे परिणाम भएको वताए ...
मौसम पूर्वानुमान : आज धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २२, आइतबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिनमा: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ। आज रातमा: बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्ण...
शिक्षा र स्वास्थ्य निःशुल्क हुनु पर्छ : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

शिक्षा र स्वास्थ्य निःशुल्क हुनु पर्छ : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
पाल्पा  नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल पाल्पाको शनिबार तानसेनमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ´जनताको पढाइ र उपचारको खर्च निःशुल्क बनाउनुपर्छ`‚ उनले भने‚ ´स्थानीय सरकारले प्राथमिकता दिनुपर्छ।’ स्थानीय तहले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई बढी महत्त्व दिनुपर्नेछ। निःशुल्क बनाउने अभियान सञ्चालन गर्नुपर्ने ज्ञवालीले बताए। शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सके भ्रष्टाचार रोकिन्छ। गरिब तथा विपन्न परिवारलाई राहत मिल्छ। पढ्न र उपचारमा खर्च गर्न नपरेपछि जीविकोपार्जनमा सहज हुने उनले बताए। आवश्यकताको आधारमा शिक्षालाई पूर्ण वा अर्ध भए पनि आवासीय बनाउने सुझाए। संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि विकासले फड्को मारेको उन...
कुलिङ पिरियडमा गडबडी : ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय

कुलिङ पिरियडमा गडबडी : ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ ‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको छ। सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच शनिबार भएको छलफलले विशेष समिति बनाउने निर्णय गरेको  नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन्। संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने विशेष समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन्। समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने मुख्य सचेतक बर्तौलाले जानकारी दिए । समितिमा रहने सदस्यहरूको नामावली सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सार्वजनिक गरिने बताइएको छ। संसद्को आगामी बैठकले समिति गठनको...