Breaking news 1

५ वर्षमा पनि टुंगिएन संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दा हेर्दैमा

५ वर्षमा पनि टुंगिएन संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दा हेर्दैमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं ५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दा आज पनि हेर्दाहेर्दैमा गएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएको भन्दै हेर्दाहेर्दैमा राखिएको हो ।  गत माघदेखि सुरु नियमित सुनुवाइ भएको चौथो दिनमा आज वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ताहरू कीर्तिनाथ शर्मा, हर्कबहादुर रावललगायतले बहस गरि भ्याएका छन । २०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,  मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए। जसको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा मुद्दा परेको हो । ...
सरकारले कर्मथलोमा फर्किन आग्रह गरे पनि शिक्षकहरुकाे आन्दोलन निरन्तर रहने

सरकारले कर्मथलोमा फर्किन आग्रह गरे पनि शिक्षकहरुकाे आन्दोलन निरन्तर रहने

Breaking news 1, ताजा अपडेट, समाचार
तस्बिरः रासस काठमाण्डौ – नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको आन्दोलन निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको तर आफूहरूले उठाएका मागप्रति सरकार अझै पनि अनुदार रहेको भन्दै आन्दोलन नरोकिने बताउनुभएको छ । उहाँले आज पनि हिजोअस्ति जस्तै माइतीघरमा दिउँसो १२ बजे शिक्षकहरु भेला भएर विरोध प्रदर्शन गर्ने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्नेलगायतका माग राखेर देशभरका शिक्षकहरुले १५ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच,  कक्षा १२ को परीक्षा र नयाँ भर्ना अभियानसमेत बहिस्कार गरेका छन् । यसअघि हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता ...
शिक्षकको माग पूरा गर्न संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

शिक्षकको माग पूरा गर्न संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाडौं, बैशाख २ । सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधनका लागि बिद्यालय शिक्षा बिद्येयक पारित गर्न संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षकको माग पूरा गर्न संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णयसहित वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको हो । बैठकले शिक्षकको माग पूरा गर्न सरकार तयार रहेको जनाउ पनि दिएको बैठकपछि शिक्षामन्त्री बिद्या भट्टराईले बताउनुभयो । ...
पाल्पा आइपुग्यो बुटवल जितगढीका लागि गोरखादेखि हिँडेको पैदलयात्रा

पाल्पा आइपुग्यो बुटवल जितगढीका लागि गोरखादेखि हिँडेको पैदलयात्रा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
बुटवल ऐतिहासिक जितगढी किल्लाका लागि गोरखादेखि सुरु भएको पैदलयात्रा मँगलबार पाल्पा आइपुगेको छ । नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा–जितगढी पदयात्राको टोलीलाई पाल्पामा स्वागत गरिएको छ ।  पदयात्रामा निस्केको टोलीलाई पाल्पा र स्याङ्जाको सिमाना केलादीघाटमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायतले स्वागत गरेका छन् । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो । गोरखाबाट हिडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै वैशाख ७ गते ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ । पाल्पामा रामपुर नगरपालिकाको देवीस्थान, दर्छाको सीताकुण्ड, बेलडाँडा,...
भारतको छत्तीसगढमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र हुँदै

भारतको छत्तीसगढमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौं भारतको छत्तीसगढमा नक्सलवादीविरुद्ध सरकारको लडाइँ तीव्र हुँदै गएको छ । यसबीच नक्सलविरोधी अभियानसँग सम्बन्धित चकित पार्ने तथ्यांकहरू सार्वजनिक भएका छन् । पश्चिम बंगाल प्रदेशमा आईईडी (विस्फोटक उपकरण) आक्रमणमा घाइते हुने सुरक्षाकर्मीहरूको संख्या २०२५ को पहिलो त्रैमासिकमा लगभग ३०० प्रतिशतले वृद्धि भएको छ, जसका कारण मार्च २०२६ सम्म भारतबाट नक्सलवादीहरूको अन्त्य गर्ने केन्द्र सरकारको समयसीमा पुरा गर्नु सुरक्षाबलहरूका लागि कठिन चुनौती बन्ने ठानिएको छ । गर्मी बढ्दै जाँदा, भारतको मध्य भागमा पर्ने यस राज्यमा ‘नक्सलवादीहरूको अन्तिम गढ’मा कारबाही गर्न सुरक्षाबलहरू परिचालित छन् । उनीहरु सडक र गोरेटाहरूमा ‘सावधानीपूर्वक’ अगाडि बढिरहेका छन्,ं ताकि आईईडी विस्फोटको चपेटामा नपरियोस् । दुई दशकभन्दा बढी समयदेखि जारी विद्रोहमा सयौं सुरक्षाकर्मी मारिइसकेका छन् र धेरै अपाङ्ग भएका छन् । ...
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली

आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ   नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरूलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताएका छन् ।  काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयोगको पदाधिकारीमा जो आए पनि सङ्क्रमणकालीन न्यायको मर्म बुझेको र टुङ्ग्याउने प्रतिबद्धता भएको व्यक्ति आवश्यक रहेको बताए । उनले यसअघि गठन भएको आयोगले पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्न सक्ने हुनुपर्ने बताए । उनले सबैले जिम्मेवारी बोधका साथ योगदान गर्न सके सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन सकिने बताए । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित रहेर यसअघि नै ६३ हजार निवेदन दर्ता भइसकेको र २५ सय धेरै बेपत्ताका निवेदनहरू रहे...
२०८२ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

२०८२ साल सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्...
अहिलेको संविधान समावेशी छ, सबैलाई समेटेको छ : सभापति देउवा

अहिलेको संविधान समावेशी छ, सबैलाई समेटेको छ : सभापति देउवा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउनसक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताएका छन् । आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताएका हुन् । सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण कुनै पनि पार्टीको बहुमत आउन भने गाह्रो रहेको उनको भनाइ थियो । ‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ । सबैलाई मिलाएर लाने संविधान छ । यसले कुनैपनि पार्टीको बहुमत आउन चाहीँ गाह्रो छ । तर गाह्रो भएतापनि सबैलाई मिलाउन सक्ने यो संविधान छ । नेपालको संविधान पूर्णरुपमा समानुपातिक र समावेशी आधारमा छ,’ उनले भने। अहिलेको संविधानमा जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेशी, महिला...
२०८१ सालमा विपद्का घटनामा ७४५ जनाको ज्यान गयाे

२०८१ सालमा विपद्का घटनामा ७४५ जनाको ज्यान गयाे

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – २०८१ सालमा भएका विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वर्षमा ८ हजार ८६१ वटा विपद्का घटना भएकामा ७४५ जनाको ज्यान गएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र १ हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । १ वर्षमा विपद्का कारण १८ हजार ९९१ घरपरिवार प्रभावित भएका छन् । कुल ३ अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । अत्यधिक वर्षाका कारण ८, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको ज्यान गएको छ । यस्तै डढेलोबाट १०, हुरीबतासका कारण ७, डुङ्गा पल्टेर १ र अन्य विविध...
आणविक कार्यक्रमबारे अमेरिका र इरानबीच ओमानमा वार्ता

आणविक कार्यक्रमबारे अमेरिका र इरानबीच ओमानमा वार्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
इरानको आणविक हतियार कार्यक्रम रोक्नेबारे इरानी अधिकारी र अमेरिकी अधिकारीबीच छलफल भएको छ। ओमानको मध्यस्ततामा इरानी विदेशमन्त्री अब्बास अराक्ची र अमेरिकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभन विटकफ र ओमानका लागि अमेरिकी राजदूत आना एस्क्रोगिमाबीच शनिबार मस्कटमा वार्ता भएको हो। इरानी विदेशमन्त्री अराक्चीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। वार्ताबाट तत्कालै कुनै निष्कर्ष ननिस्किएको तर फेरि छलफलमा बस्ने गरी टुंगिएको बताएका छन्। 'हामी वार्ताको आधार तयार गर्न नजिक छौँ। अर्को हप्ता यो आधार बन्यो भने वास्तविक छलफल सुरु हुनेछ,' अराक्चीको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। दुई देशका अधिकारीहरूबीच अर्को शनिबार पनि वार्ता हुने तय भएको छ। इरानलाई परमाणु हतियार कार्यक्रम रोक्नका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले लगातार चेत...