Breaking news 1

देश बिकास गर्न आगामी दशकमा १ सय खर्ब रुपैयाँ लगानी आवश्यकः अर्थमन्त्री पौडेल

देश बिकास गर्न आगामी दशकमा १ सय खर्ब रुपैयाँ लगानी आवश्यकः अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्दै अर्थमन्त्री पौडेलले वर्तमान वित्तीय स्रोत स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरुमा स्रोत जुटाउन आवश्यक रहेको र यसलाई कानूनी आधार दिन विधेयक ल्याएको जानकारी दिएका हुन्  । उनले पूर्वधार क्षेत्र तथा परियोजनाको पहिचान, प्राथमिकीकरण, पूर्वाधारमा लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, वैदेशिक लगानी, विभिन्न वित्तीय उपकरणहरुको यथोचित प्रयोग, संस्थागत संरचना, अनुमगन तथा मूल्यांकन सम्बन्धी विषयहरुलाई समेट्ने गरी विधेयक आएको बताए । अर्थमन्त्री पौडेलले वैकल्पिक विक...
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो । त्यसयता केही समय सांसदहरु फुर्सदिला भएका थिए । त्यसको तीन साता पछि बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको बिदापछि अधिवेशन सुरु गर्ने तयारी गरेपनि शिक्षकहरुको आन्दोलनको दबाबले संसदको बजेट अधिवेशन केही दिन अगावै बोलाइएको हो । शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । तीन सातादेखि सडकमा उत्रिएका शिक्षकलाई विश्वासमा लिन सरकारले अधिवेशन अघि सारेको हो । साथै, अधिवेशनको सुरुआतीमै विधेयक पारित गर्ने निर्णय पनि गरेको छ । तर, शिक्षकहरुले भने विश्वास गरेका छैनन् । आन्दोलन जारी राखेका छन् । ...
शिक्षकहरूको आन्दोलनबारे सर्वोच्चले किन जारी गर्‍यो अन्तरिम आदेश ?

शिक्षकहरूको आन्दोलनबारे सर्वोच्चले किन जारी गर्‍यो अन्तरिम आदेश ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधनका लागि उचित र आवश्यक निर्णय गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले आदेश पाएको मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्काइ नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न आदेश दिएको हो । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरू नभई सरकार र सरोकारवाला निकायहरूलाई शिक्षकको मागबारे उचित निर्णय लिन आदेश दिएको हो । बालबालिकाहरू शिक्षाको हकबाट बञ्चित हुने देखिएको भन्दै सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘देशभरका बालबालिकालाई नियमत रुपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नू/नगराउनू ।’ सर्वोच्च अदालतले तोकिएको समयमा नै कक्षा १२ को परीक्षा गर्ने वातावरण तयार गर्न आदेश दिएको छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा नभई लाखौं विद्यार्थीक...
संसद्‌मा ३२ विधेयक, दलहरूका छन् आ–आफ्नै नीति

संसद्‌मा ३२ विधेयक, दलहरूका छन् आ–आफ्नै नीति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । बजेट अधिवेशनको रूपमा लिइने बर्खे अधिवेशनमा कानुन निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने तयारी छ । संसद् सचिवालयका अनुसार हाल संघीय संसदमा ३२ वटा विधेयक छन् । २७ वटा विधेयक प्रतिनिधिसभामा विचाराधीन छन् भने ५ वटा विधेयक राष्ट्रिय सभामा छन् । ‘विधेयक अगाडि बढाउने गरी नै संसद्को क्यालेन्डर तयार हुन्छ,’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने । बर्खे अधिवेशनको प्राथमिकता बजेट हो । तर, अधिवेशनको सुरुवात देखि नै विधेयकलाई समेत अगाडि बढाउने गरी क्यालेन्डर बनाउन सत्तारुढ दलहरूले संसद सचिवालयलाई सुझाएका छन् । यस आधारमा संसद् सचिवालयले क्यालेन्डरको मस्यौदा तयार पारेको छ । जसमा शुक्रबार संसद्‌मा दलीय आधारमा सम्बोधन गर्ने र एउटा विधेयक अगाडि बढाउने प्रस्तावित कार्यतालिका छ । त्यसपछि प्रतिनिधिसभाको अर्को बैठक वै...
१९औं लोकतन्त्र दिवस : दुई दशकमा महत्त्वपूर्ण उपलब्धि, तर निराशा कायमै

१९औं लोकतन्त्र दिवस : दुई दशकमा महत्त्वपूर्ण उपलब्धि, तर निराशा कायमै

Breaking news 1, ताजा अपडेट, समाचार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100 काठमाण्डौ – आज १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरुको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जीत भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । २०६२ साल मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनले गति लिएको थियो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद पुनर्स्थापनाको घोषणा गर्नुभयो । २०६३ जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्न सफल भयो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई ...
एमालेको आज काठमाडौंमा युवा महोत्सव

एमालेको आज काठमाडौंमा युवा महोत्सव

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा युवा महोत्सव गर्न लागेको हो । आज दिउँसो १ः०० बजेबाट भृकुटीमण्डपमा सो महोत्सव सुरू हुने आयोजकले जनाएको छ । कार्यक्रम सहजीकरण टिमका संयोजक माधव ढुङ्गेलका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहनेछन् । जसअनुसार प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्नेछन । ‘४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नु हुनेछ, त्यहाँ कन्सर्ट हुन्छ, विभिन्न नाचगान हुन्छ, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन ...
पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
बुटवल / नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा मिडिया मन्थन हुने भएको छ। विहिबारका लागि आयोजना गरिएको उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए। मिडिया मन्थनमा पत्रकारहरुको पेशागत सुरक्षा विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई, महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गाना प्यानलिस्ट तथा पत्रकार भवानी पाण्डे सहजकर्ताको रुपमा रहने छन्।  यसैगरी कसका समाचार कस्ता समाचार विषयमा थाहाखबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी र लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पा...
आज अर्थसहित पाँच संसदीय समितिको बैठक

आज अर्थसहित पाँच संसदीय समितिको बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं संघीय संसदका तीन समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सिंहदरवारस्थित समितिका कार्यालयमा ती बैठक बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भने बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । उता, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुने भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने समितिको आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिने जनाइएको छ, जसका लागि अपरान्ह १२ः०...
राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षा नरोक्ने निर्णय

राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षा नरोक्ने निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । ...
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँकाे निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् । अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । ...