Breaking news 1

तोकियो प्रतिनिधिसभा उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

तोकियो प्रतिनिधिसभा उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो .आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी...
दलहरु चुनावमा केन्द्रित, आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन

दलहरु चुनावमा केन्द्रित, आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
काठमाण्डौ – फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु नामावली टुंग्याउने कसरतमा छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरुले आजसम्म आयोगमा बन्द सूची दर्ता गराइसक्नुपर्नेछ । आजसम्म बुझाइएका बन्द सूचीको भोलिदेखि २० गतेसम्म प्रारम्भिक परीक्षण हुनेछ । त्यसपछि देखिएका कमजोरी सच्याउन पुस २१ देखि २७ गतेसम्म दलहरुलाई समय दिइनेछ । सच्याइएका बन्द सूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिने आयोगले जनाएको छ । आयोगले माघ ४ गते बन्द सूची सार्वजनिक गर्ने तयारी गरेको छ भने माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ । हिजो तीन वटा साना दलका एक  सय ३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्द सूची पेश गरिसकेका छन् । ती दलले निस्सा लिएर दर्ताको...
प्रगतिशील लोकतान्त्रिक र उज्यालो नेपाल पार्टिबिच एकताको तयारी

प्रगतिशील लोकतान्त्रिक र उज्यालो नेपाल पार्टिबिच एकताको तयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता तयारी भइरहेको छ ।दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफल भएपछी आइतबार साँझ ६ बजे शीर्ष नेतासहितको छलफल हुने उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए । यसअघि कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको तयारीमा थियो । तर, अन्ततः रास्वपामा विलय नगर्ने निर्णय गरिएको थियो । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले पनि पटक–पटक छलफल भएको र आज पनि छलफल हुने जानकारी दिए । उनले भने, “हामी निरन्तर संवादमै छौँ । हाम्रो गन्तव्य पार्टी एकतासम्मको हो ।” ...
नगरपालिका फेर्न नसक्नेले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन्छ: बालेन-रवि एकता बारे महेश बस्नेतको टिप्पणी

नगरपालिका फेर्न नसक्नेले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन्छ: बालेन-रवि एकता बारे महेश बस्नेतको टिप्पणी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह र रवि लामिछानेबीचको एकताप्रति टिप्पणी गर्दै तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिने बताएका छन् । सचिव बस्नेतले बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको र रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने दाबि गरेका छन् ।उनले भनेका छन्: रवि बालेनको एकता बारे। नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ। गगन आए, जवर्जस्त बासी बनाइए। काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए। लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ। बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रबि जस्तो बिबादि...
प्रतिनिधि सभाको समानुपातिकको सूची १४ गते सम्म आयोगमा बुझाउनुपर्ने

प्रतिनिधि सभाको समानुपातिकको सूची १४ गते सम्म आयोगमा बुझाउनुपर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकको सूची बुझाउन आज र भोली दिउसो ४ बजेसम्मको समय तोकेको छ । निर्वाचन तालिका अनुसार समानुपातिकको सूची बुझाउन आयोगले पुस १३ र १४ गते दुई दिन अपरान्ह ४ बजेसम्मको समय तोकेको हो । आयोगले कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको जानकारी गराएको छ ।समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर मात्र उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धा...
कुलमान र बालेनबीच भेटवार्ता, रास्वपाको प्रस्तावमाथि छलफल

कुलमान र बालेनबीच भेटवार्ता, रास्वपाको प्रस्तावमाथि छलफल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौं महानगरका मेयर बालेन शाह र कुलमान घिसिङबीच छलफल भएको छ ।शनिबार भएको छलफलमा बालेनले रास्वपाबाट आएको प्रस्तावका बारेमा कुलमानलाई जानकारी गराएका थिए । स्रोतका अनुसार बालेनले रास्वपाको प्रस्ताव बारे ब्रिफिङ गर्दै बाहिर आए जस्तो सहमति नभएको स्पष्ट गरेका थिए । बालेन र कुलमानबीच यसअघि नै एक साथ देश विकास पार्टीलाई अगाडी बढाउने सहमति भएको थियो ।यस बिचमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएपछि अहिले कार्यदल स्तरमा छलफल जारी रहेको छ । बालेन निकट र रास्वपामा रवि लामिछानेका निकटहरुले हाल सांगठानिक भागबण्डा र चुनाव चिन्हका विषयमा कुरा नमिलेको बताएका छन् । बालेनले कुलमान घिसिङ, सिके राउत, हर्क साम्पाङ र विभिन्न जेनजी समुहहरुलाई समेट्नुपर्ने भन्दै रास्वपाको अहिलेको सांगठनिक अवस्थामा आफ्नो स्पष्ट भूमिका खोजेका छन् ।अर्कोतर्फ लामिछानेले भने बालेनलाई प्रधानमन्त्रीक...
राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन् ।नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राखेकी हुन् ।उनले भनिन्- ‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान् । विचारमा विविधता हुनु र आफ्ना विचारको पैरवी गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो। तर यति हुँदाहुँदै पनि राष्ट्रिय हितका निम्ति देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ।’निर्वाचनको पक्षमा पनि अहिले सबै यसैगरी एक ठाउमा उभिने बेला आएको उनले बताइन् । उनले भनिन्- 'विषम परिस्थितिमा हामी सबै सम्हालिएर अगाडि बढ्नुपर्नेछ । सबैको विचार एउटै हुँदैन। मेरो विच...
परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरू लगायत उच्च अधिकारीहरू सहभागी थिए । ...
आज ज्येष्ठ नागरिक दिवस :विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ज्येष्ठ नागरिक दिवस :विभिन्न कार्यक्रम गरी मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं'हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ । यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः स्मरण गराउँछ । जीवनको लामो यात्रामा उहाँहरूले गरेका त्याग, सेवा र योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो । नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवा, सम्मानजनक जी...
रवि-बालेन वार्तामा अमरेश सिंहको आगमन , सुधनको हातमा चाबी

रवि-बालेन वार्तामा अमरेश सिंहको आगमन , सुधनको हातमा चाबी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच वार्ता भइरहेको स्थानमा डा अमरेशकुमार सिंह पुगेका छन् ।विघटित प्रतिनिधिसभामा स्वतन्त्र सांसद रहेका सिंह रवि(बालेन वार्ता भइरहेको स्थानमा पुगेका हुन् । उक्त वार्तास्थलबाहिर हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङ पनि रहेका छन् ।सुधनले रवि र बालेनलाई ताला लगाइदिएका छन् । उनले दुई नेताबीच सम्झौता नभएसम्म बाहिर निस्कन नदिने भन्दै हातमा चाबी बोकेका छन् । ...