Breaking news 1

बुटवलसंगै देशभर एमालेको प्रदर्शन

बुटवलसंगै देशभर एमालेको प्रदर्शन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवलनेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध बुटवल सहित देशभर एमालेले प्रदर्शन गरेको छ। बुटवलमा एमाले कार्यकर्ताहरू ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन् । बुटवलको मिलनचोकमा उनीहरूले प्रदर्शन गरेका हुन्।शनिबार बिहान ओली गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । त्यस लगत्तै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। ...
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ । शुक्रबार नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनका आधारमा शुक्रबार मन्त्रिपरिषद्ले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरिएको घटनामा आयोगले उनीहरूला...
बालेन्द्र शाह नेपालको प्रधानमन्त्री पदमा नियुक्त ,मन्त्री बन्नेहरुको नाम टुंगियो

बालेन्द्र शाह नेपालको प्रधानमन्त्री पदमा नियुक्त ,मन्त्री बन्नेहरुको नाम टुंगियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।यसैबीच रास्वपाका नेताहरुले मन्त्रीहरुको नाम पनि टुंगो लगाएका छन् । जस अनुसार अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, गृहमन्त्रीमा सुदन गुरुङ, कानुनमन्त्रीमा सोबिता गौतम, उद्योगमन्त्रीमा डा. अमरेश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल, उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा निशा मेहता, महिला बालबालिका मन्त्रीमा सीता वादी, पर्यटनमन्त्रीमा गणेश पौडेलको नाम निश्चित भएको छ ।त्यसैगरी रास्वपा...
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिदै

बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिदैछन् ।बालेन शाहले आज दिउँसो १२: ३४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्रीको रूपमा शपथ लिने शुभ साइत निकालिएको छ । शपथपछि उनी दिउँसो २: १५ बजे सिंहदरबार जाने कार्यक्रम तय गरिएको छ । बालेनको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम पनि तय गरिएको छ ।बालेनसँगै आज रास्वपाबाट मन्त्री बन्ने सबैले शपथ लिने बताइएको छ, यद्यपी मन्त्रीको संख्या नाम बारे अहिलेसम्म स्पष्ट भएको छैन ।रास्वपाले विहिबार बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो । ...
निर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

निर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराएका हुन् ।शपथ ग्रहण कार्यक्रम निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा भएको हो । यसअघि जेष्ठ सांसद केसीले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए ।शपथ ग्रहण लिन सांसदहरुलाई औपचारिक र आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थिति भएका थिए । संघीय संसद सचिवालयका अनुसार नव निर्वाचित सांसदहरुमध्ये ४७ जनाले मातृभाषामा शपथ ग्रहण गरेका छन् । जसमा १७ जनाले मैथिली भाषमा थपथ ग्रहण गरेका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ ।गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतफ १...
निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आजकाठमाडौंनवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गो...
इन्धन खपत घटाउन सडकमा जोरबिजोर र साप्ताहिक बिदा थप्नेबारे छलफल

इन्धन खपत घटाउन सडकमा जोरबिजोर र साप्ताहिक बिदा थप्नेबारे छलफल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँमध्यपूर्वमा युद्ध जारी रहे नेपालले पनि श्रीलङ्काजस्ता देशहरूले अपनाए झैँ साप्ताहिक बिदा बढाउनुपर्ने र सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्नुपर्ने देखिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ताले बताएका छन्। युद्धका कारण विश्वभरि पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति अवरुद्ध हुन थालेपछि आगामी दिनमा त्यसबाट नेपाल अझ प्रभावित हुन सक्ने ठानिएको समाचार बीबीसी नेपाली न्युजमा पवनराज पौडेलले लेखेका छन्। आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार पेट्रोलियम पदार्थको खपत घटाउने उपाय अपनाउनेबारे सरकारलाई निगमले आफ्नो राय दिइसकेको छ। तर त्यो राजनीतिक र नीतिगत तहको भएकाले आयल निगमले मात्रै निर्णय नसक्ने उनले बताए। "सवारीसाधनहरूको चाप घटाउन ती उपायहरूबारे छलफल सुरु गरेका छौँ," मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने, "नयाँ आउने सरकारले सुरुमै निर्णय गर...
कपिलवस्तु प्रकरण :पक्राउ परेका रिहा, निषेधाज्ञा हट्यो

कपिलवस्तु प्रकरण :पक्राउ परेका रिहा, निषेधाज्ञा हट्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलकपिलवस्तुमा तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा मंगलबार बाट हटाइएको छ । पछिल्लो समय अवस्था सहज बन्दै गएपछि र सर्वपक्षीय सहमतिका आधारमा निषेधाज्ञा हटाइएको हो । जनजीवन सामान्य अवस्थामा फर्किँदै गएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनाए ।सर्वपक्षीय छलफलमार्फत भविष्यमा यस्ता अप्रिय घटना नदोहो-याउने, सामाजिक सद्भाव कायम राख्ने र कसैले पनि उत्तेजना फैलाउने गतिविधि नगर्ने सहमति भएको उनले बताए । घटनासँग सम्बन्धित केही पक्राउ परेकाहरूलाई रिहा गरिएको समेत उनले बताए । प्रशासनका अनुसार निषेधाज्ञा हटेपछि महाराजगन्ज नगरपालिका–२, वरदवा क्षेत्र पुनः चलायमान बनेको छ । बजार खुल्न थालेका छन्, भने सर्वसाधारणको आवागमनमा पनि वृद्धि देखिएको छ । स्थानीय प्रशासनले क्षेत्रको अवस्था सामान्यतर्फ उन्मुख भएको जनाएको छ । गत चैत ७ गते सामान्य विवादले उग्र रूप लिएपछि हिन्दु र मुस्लिम समुदायबिच झड...
जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै जाँदा भविष्य नै जोखिममा

जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै जाँदा भविष्य नै जोखिममा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विदेश, शिक्षा, समाचार
काठमाडौँ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको बताएका छन् । विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा सचिव चटौतले जलवायु परिवर्तनका असरसँग जुध्न जल तथा मौसमजन्य घटनाका पूर्वसूचना प्रविधि र जलवायुमैत्री पूर्वाधार विकास आवश्यक रहेको बताए । उनले वैज्ञानिक तथ्याङ्कलाई प्रभावकारी रूपमा पूर्वसूचनामा रूपान्तरण गर्न सके मौसमजन्य घटनाबाट नागरिकको ज्यान जोगाउन सकिने धारणा व्यक्त गरे ।“वैज्ञानिक तथ्याङ्कलाई समयमा नै पूर्वसूचनामा बदलेर जोखिम कम गर्न सकिन्छ । बाढी पहिरो, हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित धनजनको क्षति कम गर्न सकिन्छ,” उनले भने ।जल तथा मौसम सेवाहरूलाई आधुनिक, विश्वसनीय र प्रभावकारी बनाउन बहुपक्षीय सहकार्य अपरिहार्य रहेको सचिव चटौतले औँल्याए । साथै, ...
द्वन्द्व अन्त्यका लागि इरानका ६ शर्त

द्वन्द्व अन्त्यका लागि इरानका ६ शर्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँतेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ।इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्धविराम हुने अपेक्षा नगरेको पनि उनले बताए। धेरै क्षेत्रीय अभिनेता र मध्यस्थकर्ताहरूले द्वन्द्व अन्त्यका लागि उपायहरू प्रस्ताव गरेका छन्, ती अधिकारीले भने। तेहरानले कुनै पनि सम्झौताअघि नयाँ आक्रमण नहुने सुनिश्चितता, यस क्षेत्रमा अमेरिकी आधार बन्द गर्ने, इरानलाई क्षतिपूर्ति, क्षेत्रीय मोर्चामा शत्रुताको अन्त्य, ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ कानुनी ढाँचा र इरानप्रति शत्रुतापूर्ण मानिने मिडिया र ...