Breaking news 1

भूमि आयोगको ५१ जिल्लाका समितिमा १०१ जना सदस्य नियुक्त

भूमि आयोगको ५१ जिल्लाका समितिमा १०१ जना सदस्य नियुक्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा उनीहरूलाई नियुक्त गरेका हुन् ।  केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्था अनुसार मन्त्री अधिकारीले शुक्रवार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरे । सरकारले भूमि क्षेत्रका समस्याहरूलाई दिगोरुपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाइ छ ।  यसअघि नै मन्त्रालयले जिल्लाहरूमा आयोगको जिल्ला समितिमा अध्यक्ष चयन गरिसकेको छ ।  ...
संविधान संशोधनमा अध्यादेश स्वीकृतमै कठिनाइ

संविधान संशोधनमा अध्यादेश स्वीकृतमै कठिनाइ

Breaking news 1, ताजा अपडेट, समाचार
राजनीतिमा कहिलेकाहीँ आत्मप्रशंसा र आत्मप्रचार आकाशमा हुन्छ, टेक्ने धरातल भने कमजोर हुन्छ । यतिबेला सत्तापक्ष त्यस्तै स्थितिमा पुगेको छ । खासगरी सरकारले जारी गरेका ६ अध्यादेश संसद्मा छलफलका लागि स्वीकृत गराउने विषयमा सत्तापक्ष असाधारण दबाबमा परेको छ । संघीय संसद्को प्रतिनिधिसभामा त सत्तापक्षको सहज बहुमत छ, तर राष्ट्रिय सभामा सामान्य बहुमत जुटाउन उसलाई हम्मे परेको छ । खासगरी सरकारमा नरहेको र सत्तापक्षबाट उपेक्षित जसपा नेपालको समर्थन नहुने हो भने सरकारले ल्याएका अध्यादेश छलफलको चरणमै प्रवेश नगरी निष्क्रिय हुने सम्भावना छ । यसरी संविधान नै संशोधन गर्ने मार्गचित्रका साथ बनेको र प्रतिपक्षीलाई उपेक्षा गर्दै आएको सत्तापक्षका लागि पहिलो झट्का लागेको छ । अध्यादेश प्रकरणले देखाएको छ, प्रतिपक्षीलाई उपेक्षा गरेर अघि बढ्ने सुविधा सरकारसँग छैन, संवाद र सहमतिबाट मात्र आगामी बाटो सहज हुन सक्छ । ...
बजेटको आकार घटाइयो, अर्धवार्षिक समीक्षामा ९१ प्रतिशत खर्च हुने अनुमान

बजेटको आकार घटाइयो, अर्धवार्षिक समीक्षामा ९१ प्रतिशत खर्च हुने अनुमान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान घटाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेट समीक्षा प्रस्तुत गर्दै बजेटको आकार घटाएका हुन् । चालु आर्थिक वर्षमा रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख खर्च हुने अनुमान गरिएकामा अर्धवार्षिक समीक्षामार्फत रू १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख खर्च हुने संशोधित अनुमान छ । यो रकम सुरू विनियोजनको ९० दशमलव ९९ प्रतिशत हो । चालुतर्फ रू १० खर्ब २९ अर्ब ३० करोड अर्थात् विनियोजनको ९० दशमलव २४ प्रतिशत, पुँजीगततर्फ रू दुई खर्ब ९९ अर्ब ५० करोड ९ लाख अर्थात विनियोजनको ८५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू तीन खर्ब ६३ अर्ब ९३ करोड २६ लाख अर्थात् विनियोजनको ९९ दशमलव ०९ प्रतिशत खर्च हुने अनुमान छ । चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) रू ...
संघीय संसदमा सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गरिँदै

संघीय संसदमा सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गरिँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं संघीय संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो । आजको बैठकले संसद नचलेको बेला सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएको थियो भने २ माघमा राष्ट्रपतिले अर्को एउटा अध्यादेश जारी गरेका थिए । त्यसअघि १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएको थियो । सबै ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । ६ वटा अध्यादेशउपर प्रतिनिधि सभामा ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् । प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने भएका छन् । ...
रवि लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणकाे मुद्दा नलगाउने जिल्ला न्यायाधिवक्तामाथि छानबिन हुने

रवि लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणकाे मुद्दा नलगाउने जिल्ला न्यायाधिवक्तामाथि छानबिन हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रास्वपा सभापति रवि लामिछानेलगायतमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नलगाउने चितवन जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीमाथि छानबिन गर्न महान्यायाधिवक्ताकाे कार्यालयले समिति गठन गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयले बुधबार समिति गठन गरेको हाे । महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए । छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन्। छानबिन समितिले चितवनको सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेलगायतविरुद्ध चितवन जिल्ला अदालतमा दायर गरेकाे दर्ता अभि...
नियमन गर्न नसक्ने सहकारी नियमन प्राधिकरण किन ?

नियमन गर्न नसक्ने सहकारी नियमन प्राधिकरण किन ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
नेपालमा केही ठूला बचत तथा ऋण सहकारीका ठगहरूले लाखौं बचतकर्ताको बचत अपचलन गरेपछि यो समस्या विकराल भएको छ । यो स्थिति सिर्जना हुनुमा अन्य कुराहरूका साथै सहकारी सम्बन्धी नियामक निकायको अभाव पनि हो । सहकारीलाई नियमन गर्न हालै अध्यादेश मार्फत सहकारी ऐनलाई संशोधन गरेर राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था गरिएको छ । अध्यादेशको आधाभन्दा बढी हिस्सा प्राधिकरण सम्बन्धी व्यवस्थाकै लागि खर्चिएको छ । प्राधिकरण संघ, प्रदेश र स्थानीय तहका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्ने अविच्छिन्न उत्तराधिकारवाला एक स्वायत्त, स्वशासित र संगठित संस्था हुने भनिएको छ । यसमा एक जना अध्यक्ष, एक जना विज्ञ सदस्य, एक जना चार्टर्ड एकाउन्टेन्ट सदस्य र दुई जना पदेन सदस्य रहने र प्राधिकरणको वरिष्ठ कर्मचारी यसको सचिव रहने व्यवस्था गरिएको छ । नेपालको अर्थतन्त्रका तीन मध्येको एक ...
वरिष्ठ अधिवक्ताको उपाधि पाउन २५ वर्ष वकालत गर्नुपर्ने

वरिष्ठ अधिवक्ताको उपाधि पाउन २५ वर्ष वकालत गर्नुपर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सरकारले वरिष्ठ अधिवक्ताको उपाधि पाउन २५ वर्ष वकालत गरेको हुनुपर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरेको छ । नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० लाई संशोधन गर्दै वरिष्ठ अधिवक्ताको उपाधि पाउन वकालत गर्नुपर्ने समय २५ वर्ष बनाउन खोजिएको हो । प्रचलित ऐनमा वरिष्ठ अधिवक्ताको उपाधि पाउनका लागि १५ वर्ष वकालत गरेको हुनुपर्ने एउटा योग्यता छ । यसलाई बदलेर २५ वर्ष बनाउने प्रस्ताव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले गरेको हो । प्रचलित ऐनको दफा २१ मा वरिष्ठ अधिवक्ताको उपाधि पाउने सम्बन्धी व्यवस्था छ । दफा २१ को उपदफा १ मा भनिएको छ, ‘कुनै अधिवक्ताले कम्तीमा पन्ध्र वर्ष सर्वोच्च अदालत वा पुनरावेदन तहको अदालतमा कानुन व्यवसाय गरी पेसको उच्च मर्यादा राखी अदालत र समाजलाई सहयोग गरेको छ भन्ने सर्वोच्च अदालतलाई लागेमा त्यस्तो अधिवक्तालाई सर्वोच्च अदालतले सम्मान स्वरूप वरिष्ठ अधिवक्ताको ...
आज विश्व क्यान्सर दिवसः विभिन्न कार्यक्रमका साथ मनाइदै

आज विश्व क्यान्सर दिवसः विभिन्न कार्यक्रमका साथ मनाइदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
आज फेबरूअरी ४ अर्थात विश्व क्यान्सर दिवस। विश्व व्यापीरूपमा पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ। नेपालमा पनि याे दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै छ ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि क्यान्सरले गराउने कूल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ । बाँकी क्यान्सरका कारणमा विकिरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य सङ्क्रमणहरू रहेका छन् । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्...
सार्वजनिक जग्गा सामाजिक काममा उपयाेग हुनु पर्छ: अर्थमन्त्री पौडेल

सार्वजनिक जग्गा सामाजिक काममा उपयाेग हुनु पर्छ: अर्थमन्त्री पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक जग्गा सामाजिक काममा उपयाेग हुनु पर्ने बताएका छन् ।सार्वजनिक जग्गा अहिले कम हुँदै गएकाेमा यसकाे संरक्षण गर्दै सामाजिक काममा उपयाेग हुनु पर्ने वताए । रुपन्देहीको तिलोत्तमामा बन्न लागेको ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील रहेको बताए । ज्येष्ठ नागरिकहरुको सम्मान, उहाँहरुको सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने भन्दै उनले वर्तमान सरकार यी तीनैवटा कुराका निम्ति सचेत र संवेदनशील रहेको बताए ।२०५२ सालमै तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागकिहरुको सम्मानस्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको स्मरण गरे । तत्कालीन अवस्थामा एक सय रुपियाँबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता...
आजदेखि बसन्त ऋतु प्रारम्भ,विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइँदै

आजदेखि बसन्त ऋतु प्रारम्भ,विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
विद्याकी देवी सरस्वतीको पूजा गर्दै आज श्रीपञ्चमी मनाइँदै छ । यस दिन विद्यार्थीले कापी, कलम र वाद्ययन्त्र आदिको पूजा गर्छन् ।  ज्योतिषी सुजल श्रेष्ठका अनुसार सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस दिनलाई ‘वसन्तपञ्चमी’ भनिन्छ । ऋग्वेदमा वाग्देवीको नामले प्रसिद्धि पाएकी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको उहाँको भनाइ छ । “यसै कारण सरस्वती पूजालाई ठुलो महत्व दिइन्छ,” श्रेष्ठले भन्नुभयो, “आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।” श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा (सूर्य दर्शन) राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक, कान छेड्न प...