आज राष्ट्रिय पत्रकारिता दिवस


आज राष्ट्रिय पत्रकारिता दिवस । मुलुकको पहिलो पत्रिका ‘गोरखापत्र’ प्रकाशन भएको ऐतिहासिक दिन वैशाख २४ को स्मरण गर्दै नेपाल सरकारले २०७३ सालदेखि ‘राष्ट्रिय पत्रकारिता दिवस’ घोषणा गरेर राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै आएको छ । राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै गर्दा नेपाली प्रेसले अनेकौं चुनौतिको सामना गर्नुपरेको छ । पत्रकारिताका नाममा विकृति र विसंगति बढेको छ । यसमा शुद्धिकरण नहुने हो भने नेपाली प्रेस जगत अनिश्चयको भूमरीमा पर्ने निश्चित छ । जेहोस आज राष्ट्रिय पत्रकारिता दिवस घोषणा गरेर सरकारले पत्रकारिताको सुरुवात अर्थात बिजारोपण भएको दिनको सम्मान गरेको छ । निश्चितरूपमा नेपालको पत्रकारिता श्रीबृद्धिमा गोरखापत्रको योगदान महत्वपूर्ण छ । विश्व पत्रकारिताको इतिहासमा बहुभाषिक पत्रकारिताको अभ्यास सुरु गरेर गोरखापत्रले समावेशी पत्रकारिताको नयाँ इतिहास स्थापित गरेको छ । विक्रम सम्बत १९५८ साल बैशाख २४ गते गोरखापत्रको पहिलो अंक प्रकाशित भएको थियो । नेपालमा यो नै पत्रकारिताको सुरुवात भएको दिनको रूपमा लिईन्छ ।

इतिहासको साक्षी बनेर विभिन्न आरोह–अवरोह खेप्दै १२५ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको गोरखापत्रले आमसञ्चारका क्षेत्रमा पु¥याएको योगदानको जति नै प्रशंसा गरेपनि त्यो कम हुन्छ । यद्यपि गोरखापत्रले सरकारको मुखपत्रको रूपमा काम गरेको छ तर पत्रकारिताको जगलाई यहाँसम्म ल्याईपु¥याउन ठूलो भूमिका खेलेको छ भन्दा अत्युक्ति हुँदैन । परिवर्तनका अनेक आयाममा आफूलाई खरो उतार्न सफल गोरखापत्र पत्रकारिताको मर्म र धर्म निर्वाह गर्न सदैव तत्पर रहेको छ । आगामी दिनमा पनि राज्यको मुखपत्रका रूपमा सूचना प्रवाहका साथै जनसरोकारका विषयमा सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्दछ । सरकारको मुखपत्रको आरोप खेप्दै गर्दा गोरखापत्रले सयौं पत्रकार जन्माएको छ । गोरखापत्रबाटै पत्रकारिता सुरुवात गरेर अरू मिडियाको विकासमा लागेका सयौं पत्रकारले पत्रकारिता पेशाको गरिमा बढाएका छन् । तसर्थ मुलुकको छापा पत्रकारिताको इतिहासको जगका रूपमा रहेको गोरखापत्रलाई सिंगो पत्रकारिताको विश्वविद्यालय मानिन्छ । पत्रकारिताको आजको विकसित स्वरूपबाट पछाडि फर्किएर गोरखापत्रलाई नियाल्दा पत्रकारिताको ‘गुरुकुल’ का रूपमा रहेको विदित हुन्छ ।

राज्य सञ्चालनका प्रमुख तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछि व्यवहारतः पत्रकारिता जगतलाई राज्यको चौथो अंथका रूपमा स्वीकार गरिएको छ । यस अर्थमा पत्रकारितालाई लोकतन्त्रको अविभाज्य अंगको रूपमा हेरिँदै आएको छ । पछिल्लो समयमा सञ्चार माध्यममा भएको विकासले पत्रकारिता क्षेत्रलाई फराकिलो बनाइदिएसँगै विश्वसनीयतासहितको जिम्मेवार पत्रकारितामा चुनौती थपिएको छ । स्वतन्त्रका नाममा उत्तरदायित्वविहीन युट्युबर र कतिपय अनलाइन पत्रकारिताले आमसञ्चारका क्षेत्रमा गम्भीर असर पु¥याएको छ । त्यसमा समयक्रमसंगै निखारता आउने निश्चित छ । निश्चितरूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घरदैलोसम्म पु¥याउन र शासन सञ्चालनमा बसेकालाई घचघच्याएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा पत्रकारिता क्षेत्रले अतुलनीय भूमिका निर्वाह गरेको छ । स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकोले पत्रकारिता दिवसकै अवसरमा पत्रकारिता क्षेत्रले पनि आफूलाई निखार ल्याउन प्रतिवद्ध हुनैपर्दछ ।

जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार नै लोकतन्त्रका आधारस्तम्भ हुन । मुलुकको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिनुका साथै मौलिक हक अन्तर्गत सञ्चार र सूचनाको हकको छुट्टाछुट्टै व्यवस्था गरिएको छ । खासगरी पछिल्लो समयमा सूचना प्रविधिको विकासमा आमूल परिवर्तन आएको छ । परिवर्तित सन्दर्भ र समयानुकूल आमसञ्चारलाई स्वच्छ, स्वस्थ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउनेतर्फ आवश्यक पहलको आवश्यकता छ । पत्रकारिता क्षेत्र मर्यादित र जिम्मेवार हुन नसकेको आरोप लाग्दै आएको छ । अवको दिनमा नेपाली पत्रकारिता जगतले मिथ्या र गलत सूचना सम्प्रेषण होइन, जिम्मेवार र विश्वसनीयता कायम गर्नेतर्फ प्रयास गर्नु जरुरी छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...