खेलकुद

युएईले टस जित्यो, नेपालले बलिङ गर्दै

युएईले टस जित्यो, नेपालले बलिङ गर्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट
२ चैत, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज करण केसीको स्थानमा गुल्शन झालाई राखिएको छ ।युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा रहँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ । हालसम्मको खेलबाट नेपालको ३८ र नामिबियाको ३९ अंक छ । युएई ३३ अंकसहित तालिकाको छैटौं स्थानमा छ । आजको खेलको नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ ।नेपाल पराजित भएमा नामिबियाले शीर्ष तीनको स्थान कब्जा गर्नेछ । पहिलो र दोस्रो स्थानमा रहँदै स्कटल्यान्ड र ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन् ।नेपाल जारी सिरिजमा अपराजित भएकाले आज पनि त्यसैलाई निरन...
त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

खेलकुद, ताजा अपडेट, विविध, समाचार
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ । अन्तिम शृङ्खलाबाट तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोलीको तय हुनेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन सोझै विश्व कप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ । यदि नेपाल अङ्कता...
लिग टु : यूएईविरुद्ध पहिलो जितको खोजीमा नेपाल

लिग टु : यूएईविरुद्ध पहिलो जितको खोजीमा नेपाल

Breaking news 2, खेलकुद, ताजा अपडेट, मनोरञ्जन
२२ फागुन, काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । यूएईसँग दुबई इन्टरनेशनल मैदानमा उत्रँदा नेपालको लक्ष्य लिग टु मा यूएईलाई पहिलो पटक पराजित गर्नु हुनेछ ।शृखंलाको अघिल्लो खेलमा नेपालले यूएईलाई २०७ रनमा रोके पनि पूरै ओभर ब्याटिङ गर्न नसक्दा ६८ रनले पराजित भएको थियो ।आजको खेलका लागि लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्वपूर्ण छ ।लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेको छ । तेस्रो हुनका लागि नेपाल र यूएईसहित नामिबिया होडमा छन् ।३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित हाल तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न ...
मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

Breaking news 1, खेलकुद, ताजा अपडेट
१६ फागुन, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो ।९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाए । त्यस्तै अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौका सहित २१ रन बनाए ।मलेसियाका तर्पmबाट १४ रन एक्सट्रा उपहार भयो ।यसअघि मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाए ।ओपनर हैरिल हरिसनले १२ रन जोडे । पहिलो ओपनर कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरको तेस्रो बलमा आकाश चन्दको हातबाट बोल्ड भए । दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रन...
स्याङजाले जित्यो ८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कप, नवलपुर उपविजेता

स्याङजाले जित्यो ८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कप, नवलपुर उपविजेता

Breaking news 2, खेलकुद, मनोरञ्जन
बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न प्रतियोगितामा जिल्ला भलिबल संघ स्याङजा विजय भएको छ । जिल्ला भलिबल संघ नवलपुरलाई पराजित गर्दै स्याङजाले रनिङशिल्ड उचाल्न सफल भएको हो । उपाधिसँगै स्याङजाले १ लाख ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । योसँगै जिल्ला भलिबल संघले ५ औं पटक मणिमुकुन्द भलिबल कपको उपाधि चुप्न सफल भएको हो । जिल्ला भलिबल संघ स्याङजाले नवलपुरलाई ३–१ को सेटमा पराजित गर्न सफल भएको हो । उसले खेलको पहिलो सेट २३–२५ ले गुमाए पनि त्यसपछिका ३ वटा सेट लगातार आफ्नो पक्षमा पार्न सफल भएको हो । एक सेटको खेलपछि आफूलाई लयमा फर्काएको स्याङ्जाले २५–१३, २५–१३, २५–२३ र २५–१६ को अंकमा जित निकाल्न सफल भएको हो । फाइनल प्रतियोगितामा स्याङजाका टिम क्याप्टेन हरी पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी शनिबार नै तेस्रो स्थानका ...
मणिमुकुन्द रनिङशिल्ड भलिबलको फाइनल आज हुंदै

मणिमुकुन्द रनिङशिल्ड भलिबलको फाइनल आज हुंदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, स्थानीय
बुटवल,२८ माघ ।  रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आज हुंदैछ । तिलोत्तमा–२ स्थित तिलोत्तमा क्यापस छेउको क्लबको खेल मैदानमा दिउसो १ बजे हुने फाइनलमा जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने छ ।फाइनल अघि विहान १० बजेदेखि तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई र स्याङ्जाले पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, उप विजेताले १ लाख नगद र तृतीय हुने समूहले ५० हजार र सान्त्वना हुने समूहले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण...
क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

क्यानद्वारा सन्दीप लामिछानेमाथिकाे निलम्बन फुकुवा

Breaking news 1, खेलकुद
काठमाण्डाै – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा हिजो बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाको एजेन्डा बैठकबाट पास भएको क्यान स्रोतले जनाएको छ । निलम्बन फुकुवाबारे क्यानले औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टोलीमा समावेश गर्ने वा नगर्नेबारे स्पष्ट भइसकेको छैन । क्यानको हिजोको बैठकमा ७ जना सदस्यले कार्यसम्पादन समितिको विषयमा असन्तुष्टि समेत व्यक्त गरेका छन् । बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई गएको भदौ २३ मा निलम्बन गरेको थियो । उच्च अदालत पाटनले काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी पुस २९ मा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनलाई पुर्पक्षको लागि धरौटी...
नेपाल टी–२० लिगको मिति सर्यो

नेपाल टी–२० लिगको मिति सर्यो

खेलकुद, ताजा अपडेट
काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण मङ्सिर ४ गतेअघि लिग सञ्चालन हुने भएको हो । लिगमा खेल्ने खेलाडी तथा मैदानको सुरक्षाको लागि गृह मन्त्रालयलाई क्यानले पत्राचार गरेको थियो । तर गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि मात्रै प्रतियोगिता सञ्चालन गर्न भनेको छ । यसअघि असोज ८ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना हुने तालिका रहेकामा अब मंसिरसम्म सरेको हो । प्रतियोगितामा ६ वटा टोली सहभागी छन् । केही टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गरिसकेका छन् । ...
भारतविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

भारतविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

खेलकुद, ताजा अपडेट, समाचार
२२ भदौ, काठमाडौं । टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतलाई पराजित गरेको छ । यूएईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटको रोमाञ्चक जित निकालेको हो । लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ ।सुपर फोरमा यसअघि श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको थियो । भारतलाई भने यो हारले फाइनल यात्रा कठिन बनेको छ । श्रीलंकालाई जितका लागि भारतले १७४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । अन्तिम १२ बलमा २१ रन चाहिएको अवस्थामा पनि श्रीलंकाले जित निकाल्न सफल भयो । अन्तिम ६ बलमा श्रीलंकालाई ७ रन आवश्यक थियो भने तीन बलमा तीन रन नै चाहिएको थियो । यो अवस्थामा चौथो बलमा श्रीलंकाले एक रन लियो । अब २ बलमा २ रन आवश्यक रह्यो । पाँचौ बलमा श्रीलंकाले २ रन लियो र एक बल बाँकी हुँदै रोमाञ्जित जित निकाल्यो ।श्रीलंकाको जितका लागि कुश...
नेपाल र केन्याको चाैथाे खेल आज

नेपाल र केन्याको चाैथाे खेल आज

खेलकुद, समाचार
१३ भदौ, काठमाडौं । नेपाल र केन्याबीचको चाैथाे टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।शृंखलामा २-१ काे अग्रता बनाएकाे नेपालका लागि शृंखला जित्ने अवसर छ । आजकाे खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नाे पक्षमा पार्नेछ ।पाँच खेलकाे टी-२० शृंखलामा नेपालले पहिलाे खेल ५ विकेटले जितेकाे थियाे । दाेस्राे खेल केन्याले १८ रनले जित्दै शृंखला बराबरी गरेकाे थियाे । आइतबार भएकाे तेस्राे खेल ४ विकेटले जित्दै नेपालले शृंखलामा अग्रता बनाएकाे छ । ...