काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै


५ साउन, माले । माल्दिभ्समा भईरहेको काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेलमा घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राती साँझ पाैने ५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । यसअघिका दुव‌ै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ ।

यसअघि भएका कमीकमजोरीलाई सच्याउँदै माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको लागि तयारी गर्ने नेपालका प्रशिक्षक अर्जुन घिमिरेले बताए । ‘हाम्रो लागि आजको खेलभन्दा पनि सेमिफाइनल खेल महत्वपूर्ण हुनेछ । त्यसैले आजको खेल हाम्रो लागि सेमिफाइनलको तयारी जस्तै हुनेछ,’ घिमिरेले भने ।चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ र दोस्रो खेलमा कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो ।

यस्तै माल्दिभ्सले पनि दुवै खेलमा हार बेहोरेको थियो ।च्याम्पियनसिपमा कीर्गिस्तान र श्रीलंकाको दुई जितबाट समान ४ अंक छ । नेपाल र माल्दिभ्सले कुनै अंक जोड्न सकेको छैन ।आजै राति कीर्गिस्तान र श्रीलंकाबीच पनि खेल हुनेछ । आजको दुई खेलपछि लिग चरणमा शीर्ष स्थानमा रहने र अन्य स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।लिगमा जस्तो नतिजा आए पनि चारै टोलीले सेमिफाइनल खेल्नेछन् ।

सेमिफाइनलङ्गा  लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...