काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै


५ साउन, माले । माल्दिभ्समा भईरहेको काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेलमा घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राती साँझ पाैने ५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । यसअघिका दुव‌ै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ ।

यसअघि भएका कमीकमजोरीलाई सच्याउँदै माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको लागि तयारी गर्ने नेपालका प्रशिक्षक अर्जुन घिमिरेले बताए । ‘हाम्रो लागि आजको खेलभन्दा पनि सेमिफाइनल खेल महत्वपूर्ण हुनेछ । त्यसैले आजको खेल हाम्रो लागि सेमिफाइनलको तयारी जस्तै हुनेछ,’ घिमिरेले भने ।चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ र दोस्रो खेलमा कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो ।

यस्तै माल्दिभ्सले पनि दुवै खेलमा हार बेहोरेको थियो ।च्याम्पियनसिपमा कीर्गिस्तान र श्रीलंकाको दुई जितबाट समान ४ अंक छ । नेपाल र माल्दिभ्सले कुनै अंक जोड्न सकेको छैन ।आजै राति कीर्गिस्तान र श्रीलंकाबीच पनि खेल हुनेछ । आजको दुई खेलपछि लिग चरणमा शीर्ष स्थानमा रहने र अन्य स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।लिगमा जस्तो नतिजा आए पनि चारै टोलीले सेमिफाइनल खेल्नेछन् ।

सेमिफाइनलङ्गा  लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...