समाचार

बैंकहरूले उठाउन सकेनन् सवा खर्ब ब्याज, एक वर्षमै बढ्यो २० प्रतिशत

बैंकहरूले उठाउन सकेनन् सवा खर्ब ब्याज, एक वर्षमै बढ्यो २० प्रतिशत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
५ भदौ, काठमाडौं । बैंकहरूको उठ्न नसकेको ब्याज दुई वर्षमै करिब शतप्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार २०८१ असार मसान्तमा पाकेर उठाउन नसकेको ब्याज १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबर पुगेको छ ।असार २०७९ मा यस्तो रकम करिब ६१ अर्ब ३५ करोड मात्रै रहेकोमा पछिल्लो दुई वर्षमै करिब शतप्रतिशत बढेको हो । नेपाल फाइनान्सियल एकाउन्टिङ स्ट्यान्डर्ड अनुसार ‘एक्रुअल’ आधारमा वित्तीय विवरण तयार गर्नुपर्ने हुन्छ । बैंकहरूले पाकेको ब्याजलाई आम्दानी मानेर नाफा नोक्सानको स्थिति आकलन गर्छन् । तर, ब्याज उठेको छैन भने राष्ट्र बैंकको व्यवस्था अनुसार त्यस्तो रकमबाट बैंकहरूले आयकर तिर्ने र कर्मचारी बोनसका लागि छुट्याए बाँकी रकम नियामकीय जगेडा कोषमा छुट्याउनुपर्ने हुन्छ । बैंकहरूले एक्रुअल आधारमा वित्तीय विवरण तयार गर्दा नउठेको ब्याजलाई पनि आम्...
उच्च शिक्षा अध्ययनका लागि नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

उच्च शिक्षा अध्ययनका लागि नेपालबाट बाहिरियो १ खर्ब २५ अर्ब रुपैयाँ

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको छ। वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको हो। अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रहेको थियो।  आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा रहेको छ।अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा रहेको छ।असारसम्म सेवा खाताअन्तर्गत भ्रमण आय ३२.१ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रहेको थियो। ...
हिजो व्यवस्था परिवर्तनका लागि र आज अवस्था परिवर्तनका लागि संघर्ष गरिरहेका छौ- मन्त्री दिनेश पन्थी

हिजो व्यवस्था परिवर्तनका लागि र आज अवस्था परिवर्तनका लागि संघर्ष गरिरहेका छौ- मन्त्री दिनेश पन्थी

Breaking news 1, कृषि, ताजा अपडेट, राजनीति, समाचार
बुटवल लुम्बिनी प्रदेशका कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले हिजो व्यवस्था परिवर्तनका लागि संघर्ष गरेको र आज त्यही व्यवस्थामा रहेर नागरिकको अवस्था परिवर्तनका लागि लागि परेको बताएका छन् । गुल्मि मदाने गाउँपालिका स्थायी बसोबास रहेका र बुटवल आसपासमा वस्ने युवाहरुले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना आदानप्रदान गर्न शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि भइसकेपछि राजनीतिक आस्थाका आधारमा आग्रह पूर्वाग्रह राख्न नहुने बताएका छन् ।उनले आफूले कहिले पनि राजनीतिलाई दुरुपयोग नगरी सुशासन ,विकास ,समृद्धिका पक्षमा संघर्ष गर्दै आएको बताए। उनले युवाहरुलाई प्रशिक्षण दिँदै एकजनाले मात्र गर्न नसकिने कामहरु सामुहिकतामा गर्न सकिने भएकाले एकतामा जोड दिन सुझाए । अहिले देशमा बढ्दै गएको विदेश पलायन र बसाईसराई रोक्न आवश्यक रहेको र यसलाई रोक्न रोजगारी, स्वास्थ्...
शान्ति प्रक्रिया मौलिक छ, त्यसैले सफल भएको छ : प्रधानमन्त्री ओली

शान्ति प्रक्रिया मौलिक छ, त्यसैले सफल भएको छ : प्रधानमन्त्री ओली

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र त्यही कारण पनि यो सफल भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो शान्ति प्रक्रिया होमग्रोन हो। हामीले आफ्नै हिसाबले अगाडि बढाएका हौं। यो मौलिक छ। त्यही कारणले होला यो सफल छ।’प्रधानमन्त्रीले दुनियाँका लागि पनि नेपालको शान्ति प्रक्रिया नमुना भएको जिकिर गरे। ‘दुनियाँका लागि एउटा नमुनाका रुपमा शान्ति प्रक्रिया, द्वन्द्वलाई व्यवस्थापन गर्ने प्रक्रियालाई अगाडि बढाएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘१८ वर्ष बितिसकेको छ। यो वर्षमा हामीले द्वन्द्व व्यवस्थापनका सन्दर्भमा थुप्रै उपलब्धी हासिल गरेका छौं।’  ...
दुई नयाँ विमानस्थल रहेका सहरमा वैदेशिक रोजगारका सबै सेवा विस्तार गर्ने निर्णय

दुई नयाँ विमानस्थल रहेका सहरमा वैदेशिक रोजगारका सबै सेवा विस्तार गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
३० साउन, काठमाडौं । सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल रहेका सहर पोखरा र भैरहवामा वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पहलमा सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए ।उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णय भएको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं आउनुपर्ने अवस्था अन्त्य गर्न समेत हाल प्रदान गरिरहेको सेवा र सम्पादन गरि...
गुल्मीमा एक वर्षमा १५९ वटा साना उद्योग बन्द

गुल्मीमा एक वर्षमा १५९ वटा साना उद्योग बन्द

ताजा अपडेट, समाचार, स्थानीय
२९ साउन, गुल्मी । गुल्मीमा उद्योग व्यवसाय बन्द गर्नेको संख्या बर्सेनि बढ्न थालेको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा बन्द हुनेमा साना उद्योग र वाणिज्य फर्मको संख्या धेरै छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा उत्पादनमूलक ९ वटा, कृषि तथा पशुजन्य ५० वटा, पर्यटनमूलक ६५, सेवामूलक ३८ गरी कुल १५९ वटा उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्यतर्फ १८७ प्राइभेट फर्म बन्द भएका छन् । गत आर्थिक वर्षमा ७३ वटा नयाँ उद्योग दर्ता र २९५ वटा नवीकरण भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका सूचना अधिकारी जीवन घिमिरे बताए । वाणिज्यतर्फ ६३ वटा दर्ता र ४२९ वटा नवीकरण भएका छन् । गत आर्थिक वर्षमा २४ लाख ७६ हजार ५ रुपैयाँ राजस्व संकलन भएको घिमिरेले जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा साना उद्योगतर्फ १३२ वटा बन्द भएका छन् । यो वर्ष वाणिज्यतर्फ १८४...
‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने बताएका छन् ।‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’  बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले सङ्घीय निजामति ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए । ...
काठमाडौँ उपत्यकामा पहिलोपटक महिला प्रहरी कमान्डर, किरणले सम्हालिन् जिम्मेवारी

काठमाडौँ उपत्यकामा पहिलोपटक महिला प्रहरी कमान्डर, किरणले सम्हालिन् जिम्मेवारी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
सुरक्षा संवेदनशील मानिने काठमाडौँ उपत्यकाको सुरक्षा जिम्मेवारी पहिलोपटक महिलाले सम्हालेकी छन्।प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजी दीपक थापालाई बिदाइ गर्दै जिम्मेवारी सम्हालेकी हुन्। जिम्मेवारी सम्हालेसँगै किरण काठमाडौँ उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी छन्। यसअघि किरणले एसपी हुँदा भक्तपुर र एसएसपी हुँदा ललितपुर प्रहरी प्रमुखको रूपमा काम गरिसकेकी छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा हुनुभन्दा ५ महिना पहिले उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निर्देशकको रूपमा काम गरिसकेकी छन्। अहिले भने उनी प्रहरी मुख्यालयको कार्य विभागबाट सरुवा भएकी हुन्। यहाँ कार्यरत एआईजी दीपक थापा सीआईबीमा सरुवा भएका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीपछि एआईजी बज्राचार्यल...
मंसिर तेस्रो साता स्थानीय तहका ३४ स्थानमा उपचुनाव गर्न आयोगको सुझाव

मंसिर तेस्रो साता स्थानीय तहका ३४ स्थानमा उपचुनाव गर्न आयोगको सुझाव

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
प्रधानमन्त्री केपी शर्मा ओलीले र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ।प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन ध्यानाकर्षण गराएका छन्।मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयोगले जानकारी गराएको छ।छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए। ...

नविनमा विद्यार्थी विदेश पलायन नियन्त्रणमा शिक्षण संस्थाकाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रम

समाचार
बुटवल साउन २८, नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय देवीनगरमा कक्षा १२ को बोर्ड परीक्षामा उत्तीर्ण विद्यार्थी सम्मान तथा विद्यार्थी विदेश पलायन नियन्त्रणमा क्याम्पसको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं सामाजिक विकास मन्त्री माननीय चेतनारायण आचार्यले विश्व बजारको शैक्षिक गुणस्तरसँग प्रतिस्पर्धा गर्न सक्ने क्याम्पसहरू नेपालमै भएकोले अध्ययन गर्न विदेश जान पर्नेमा जोड दिँदै युवा जनशक्तिबाट मात्रै देशको भाग्य र भविष्य बदल्न सम्भव भएकोले स्वदेशमा रहेर विभिन्न काम गर्न सक्ने अवसर भएको र विश्वका उत्कृष्ट देशहरूमध्ये नेपाल पनि एक भएकोले विदेश गएर अनागरिक नहुन आग्रह गर्दै नवीन विद्यालय लुम्बिनी प्रदेशको शैक्षिक धरोहर भएकोले अन्य सामुदायिक विद्यालयले पनि विद्यालयको अनुकरण गर्नुपर्नेमा जोड दिँदै विद्...