नविनमा विद्यार्थी विदेश पलायन नियन्त्रणमा शिक्षण संस्थाकाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रम


बुटवल साउन २८,

नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय देवीनगरमा कक्षा १२ को बोर्ड परीक्षामा उत्तीर्ण विद्यार्थी सम्मान तथा विद्यार्थी विदेश पलायन नियन्त्रणमा क्याम्पसको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं सामाजिक विकास मन्त्री माननीय चेतनारायण आचार्यले विश्व बजारको शैक्षिक गुणस्तरसँग प्रतिस्पर्धा गर्न सक्ने क्याम्पसहरू नेपालमै भएकोले अध्ययन गर्न विदेश जान पर्नेमा जोड दिँदै युवा जनशक्तिबाट मात्रै देशको भाग्य र भविष्य बदल्न सम्भव भएकोले स्वदेशमा रहेर विभिन्न काम गर्न सक्ने अवसर भएको र विश्वका उत्कृष्ट देशहरूमध्ये नेपाल पनि एक भएकोले विदेश गएर अनागरिक नहुन आग्रह गर्दै नवीन विद्यालय लुम्बिनी प्रदेशको शैक्षिक धरोहर भएकोले अन्य सामुदायिक विद्यालयले पनि विद्यालयको अनुकरण गर्नुपर्नेमा जोड दिँदै विद्यालयको शैक्षिक गुणस्तरमा ठूलो योगदान पुर्याएकोमा प्रधानाध्यापक प्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय गिरिधारीलाल न्यौपाने देश निर्माणको भविष्य बोकेका विद्यार्थीहरूबाट राष्ट्र निर्माणमा योगदान दिन सुझाव दिँदै प्रदेश सरकारबाट विदेश पलायन रोक्न संस्थागत रुपमा सबै किसिमका सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो बुटवल बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. दुर्गा भुसालले बुटवल बहुमुखी क्याम्पसमा पनि बिएस्सी बिबिए बिबिएसका कक्षाहरू पनि सञ्चालन भएको बीए बीएलबी पनि सञ्चालन गर्ने क्रममा रहेकोले र बुटवलमा धेरै सम्भावना भएकोले स्वदेशमा उच्च अध्ययन तर्फ लाग्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले कतिपय क्याम्पसहरुले विदेशमा उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्ने गरी कोरियन भाषा जापानिज भाषा कक्षा सञ्चालन गरेर गल्ती गरेको धारणा व्यक्त गर्नुभयो बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले क्याम्पसले सिट दिने शिक्षा ज्ञान दिने र असल व्यवहार दिनुपर्ने कुरामा जोड दिनुभयो सिद्धार्थ गौतम बुद्ध क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले बुटवल शैक्षिक हप भएको र उच्च शिक्षाको लागि बुटवलमै गुणस्तरीय क्याम्पसहरु भएकोले विद्यार्थीहरूले विदेश पलाइनमा ध्यान दिन नहुने धारणा व्यक्त गर्नुभयो। लुम्बिनी इन्टरनेसनल कलेजका क्याम्पस प्रमुख रामप्रसाद खरेलले विदेश अध्ययन गर्ने विद्यार्थीहरूको पीडा र नेपालमा प्रगति गरेका सफल व्यक्तिहरूको समग्र विश्लेषण गर्नुभएको थियो । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शिक्षक प्रेमी रामचन्द्र क्षेत्रीको अध्यक्षतामा कक्षा १२ विज्ञान समूहकी छात्रा आकृति अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एवं विद्यालयका असल अभ्यासहरू विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले पेश गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सहायक प्र.अ. अर्जुन खनाल, नवीन विद्यार्थी क्लबका अध्यक्ष अमिसन थापा, उत्कृष्ट विद्यार्थी पवन पन्थले धारणा राखेका थिए । कार्यक्रममा कक्षा १२ को बोर्ड परीक्षामा उत्तीर्ण ६२५ जना विद्यार्थीहरूलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले विद्यार्थीहरूलाई सम्मान गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुने

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय व...
राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

राजमार्गका जोखिमयुक्त पहिरो तीन वर्षभित्र व्यवस्थापन गर्ने सरकारको योजना

काठमाडौँराजमार्गमा बर्सेनि दोहोरिने पहिरो र सडकको जीर्ण अवस्थाले यात्रुलाई सास्ती दिइरहेका बेला सरकारले आगामी आर्थिक वर्षमा स...
विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना

काठमाडौँसह–आयोजक क्यानडाले सन् २०२६ को विश्वकप फुटबल अभियान बराबरीबाट सुरु गरेको छ । समूह चरणअन्तर्गत शुक्रबार बिहान भएको रोम...
लुम्बिनी प्रदेश प्रहरीले सचेतनासहित ३ दिने विशेष कार्यक्रम गर्दै

लुम्बिनी प्रदेश प्रहरीले सचेतनासहित ३ दिने विशेष कार्यक्रम गर्दै

बुटवललुम्बिनी प्रदेश प्रहरी कार्यालयले यही जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। सार्व...