हिजो व्यवस्था परिवर्तनका लागि र आज अवस्था परिवर्तनका लागि संघर्ष गरिरहेका छौ- मन्त्री दिनेश पन्थी


बुटवल

लुम्बिनी प्रदेशका कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले हिजो व्यवस्था परिवर्तनका लागि संघर्ष गरेको र आज त्यही व्यवस्थामा रहेर नागरिकको अवस्था परिवर्तनका लागि लागि परेको बताएका छन् । गुल्मि मदाने गाउँपालिका स्थायी बसोबास रहेका र बुटवल आसपासमा वस्ने युवाहरुले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना आदानप्रदान गर्न शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि भइसकेपछि राजनीतिक आस्थाका आधारमा आग्रह पूर्वाग्रह राख्न नहुने बताएका छन् ।उनले आफूले कहिले पनि राजनीतिलाई दुरुपयोग नगरी सुशासन ,विकास ,समृद्धिका पक्षमा संघर्ष गर्दै आएको बताए। उनले युवाहरुलाई प्रशिक्षण दिँदै एकजनाले मात्र गर्न नसकिने कामहरु सामुहिकतामा गर्न सकिने भएकाले एकतामा जोड दिन सुझाए ।

अहिले देशमा बढ्दै गएको विदेश पलायन र बसाईसराई रोक्न आवश्यक रहेको र यसलाई रोक्न रोजगारी, स्वास्थ्य ,शिक्षा जस्ता पूर्वाधारहरू गाउँ गाउँमा पुर्याउनुपर्नेमा आफू लागेको बताए। आफ्नो जन्म ठाउँ भएकाले पनि उक्त ठाउँको लागि आफूले सडक पूर्वाधार, स्वास्थ्य ,शिक्षा ,खानेपानी लगायतका क्षेत्रमा यथेष्ट योजना पार्न सफल भएको बताए । अहिले समाजमा विषयवस्तु नबुझी आलोचना गर्नेलाई धरातलमा रहेर यथार्थ बुझी सुझाव र सल्लाह दिन आग्रह गरे ।योजना अनुसारको परिणाम देखाउनेगरी काम गर्न आफूले निर्देशन दिने गरेको बताए।

१ पालिका १ औद्योगिकरणको योजना नागरिक जागरुक नहुँदा कार्यान्वयन हुन नसकेकोमा चासो व्यक्त गरे ।उनले आफ्नो मन्त्रालय अन्तर्गतका कामकारबाहीहरु विधि र विधानमा रहेर जनमुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।उक्त कार्यक्रमको सहजीकरण नेकपा एमाले गुल्मी रूपन्देही सम्पर्क मञ्चका इन्चार्ज केदार भुसालले गरेका थिए।

Enter

You sent

Enter

Yo

Enter

You sent

Enter

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...