समाचार

यस वर्षको हिउँदमा गर्मी र वर्षा बढी हुने प्रक्षेपण

यस वर्षको हिउँदमा गर्मी र वर्षा बढी हुने प्रक्षेपण

Breaking news 1, माैसम, समाचार, समाज
यस वर्षको हिउँदयाम विगतको भन्दा न्यानो हुने भएको छ । वर्षा पनि देशका धेरै भूभागमा सरदरभन्दा बढी हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयामको ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । विभागले यस वर्षको अक्टोबरदेखि डिसेम्बरसम्म (असोज १५ देखि पुस १५ गतेसम्म)को तीन महिनाको अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण सार्वजनिक गरेको छ । ‘यसको मतलब दिउँसो र राति दुवै समयको तापक्रम सरदरभन्दा बढी भई गर्मी हुने भनेको हो,’ विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले प्रष्ट्याइन् । अधिकतम तापक्रम दिउँसोमा र न्यूनतम तापक्रम रातिको समयमा मापन गरिन्छ । विभागका अनुसार बागमती प्रदेशको मध्य तथा दक्षिणी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भूभाग, लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग र कर्णाली प्रदे...
आज आश्विन शुक्ल पञ्चमी, स्कन्दमाताको पूजा आराधना गरिँदै

आज आश्विन शुक्ल पञ्चमी, स्कन्दमाताको पूजा आराधना गरिँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।  यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन...
३७ अंकले बढ्यो बजार, ७ अर्बको कारोबार

३७ अंकले बढ्यो बजार, ७ अर्बको कारोबार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) ३७ अंकले बढेको छ । २६५६ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले बढेर २७०१ बिन्दु छोएको थियो । उतारचढावका बिच सोमबार नेप्से २७०७ को बिन्दुसम्म उक्लिएको थियो । अन्तिममा २६९०.७२ बिन्दुमा आएर रोकिएको छ ।  सोमबार १७६ कम्पनीको मूल्य बढेको छ । ६६ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो । सोमबार १ करोड ५८ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँको कुल कारोबार भएको छ ।  कारोबार रकमका हिसाबले सोमबार चन्द्रागिरि हिल्स शीर्ष स्थानमा रह्यो । यसको २६ करोड २३ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ । सोमबार थ्रि स्टार हाइड्रोपावर र डोल्टी पावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी प्रतिशतले उकालो लागेको छ ।  सोमबार सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले उकालो लाग्यो । सोमबार उत्पादन र फाइनान्स उपसमूहको स...
सीमावर्ती क्षेत्रको दशैं बजारः वारि सुनसान, पारि भीडभाड

सीमावर्ती क्षेत्रको दशैं बजारः वारि सुनसान, पारि भीडभाड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
पर्सा  नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेको हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसानजस्तै देखिन्छ । सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलाना बेच्ने मौसमी व्यापारीको भीडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’हरू सुनसानजस्तै देखिन्छन् । वीरगञ्ज महानगरपालिका–९ घण्टाघरका मुन्ना ठाकुर वीरगञ्जमा भन्दा रक्सोल बजारमा २० देखि ३० प्रतिशत खाद्यान्न र लत्ताकपडा सस्तो हुने भएकाले प्रायःजसो सबै उतै खरिद गर्न जाने बताउँछन् । “वीरगञ्जमा भन्दा रक्सोलमा खाद्यान्नदेखि लत्ताकपडा सस्तो हुने भएकाले उतै जाने गर्छौँ, यहाँ त गाह्रोसारो परेका बेलामात्र हो किनमेल गर्ने त”, उनले भने । वीरगञ्जमा भन्दा सीमावर्ती बजार रक्सोलमा खाद्यान्न र लत्ताकपडालगायत सामान सस्तो मूल्यमा पाइने भएकाले प...
प्रकाशमान सिंह राउत सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त

प्रकाशमान सिंह राउत सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
प्रकाशमानसिंह राउत सर्वाेच्च अदालतको  प्रधानन्यायाधीश पदमा नियुक्त भएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले बताए। असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। ...
दसैंमा कस्तो रहला मौसम?

दसैंमा कस्तो रहला मौसम?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको बताएको छ। तथापि नेपालको धेरै स्थानमा अझै वर्षा हुने सम्भावना कायमै रहेको मौसमविद् विनोद पोखरेल बताउँछन्। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापक समेत रहेका उनी पश्चिमी वायुको प्रभाव नदेखिए पनि सोमबार (आज) र यो हप्ताभरि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताउँछन्। त्यसो त मौसम पूर्वानुमान महाशाखाले पनि देशको पूर्वी र मध्य भागमा  भारतको पश्चिम बंगालको उत्तर भू–भाग तथा आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ। जसका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का...
दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा

दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका(४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् । शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो । ...
संविधानद्वारा प्रदक्त काम ,कर्तव्य र अधिकारको पालना र प्रयोग हुनुपर्छ : लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर

संविधानद्वारा प्रदक्त काम ,कर्तव्य र अधिकारको पालना र प्रयोग हुनुपर्छ : लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानद्वारा प्रदक्त काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोगका लागि सबै नागरिक आआफ्नो कार्यक्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो। आइतबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन लुम्बिनी प्रदेश कमिटीको प्रदेश प्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा वाेल्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आफू परिवारको सहमति नहुँदा नहुँदै पनि सुख सयल छाडेर देश र जनताको लागि संघर्ष गरेको योगदानका आधारमा लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको बताउनुभयो। उहाँले प्याप्सन लुम्बिनी प्रदेशलाई हार्दिक आभार व्यक्त गर्दै, आफू पनि २०४३ सालमा निजी विद्यालयको सञ्चालक भएकाले यसमा जानकार रहेको र संविधानले दिएको कर्तव्य र अधिकारमा रहेर अगाडि बढ्न सुझाव दिनुभयो । साथै आफ्नो साथ सपोर्ट रहन...
गुल्मीमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना

गुल्मीमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना

ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी । चाडपर्वको समयमा यात्रुको सहज यात्रा, सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष संचालनमा ल्याएको छ । हिन्दुहरुको महान पर्व दशैं–तिहारको समयमा यात्रुहरुलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्ष स्थापना गरेका हुन । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी शंकर पोखरेलले दिएको जानकारी अनुसार जिल्लाको सदरमुकाम रेसुंगा नगरपालिका तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा, मुसिकोट नगरपालिकाको वामी बसपार्क क्षेत्र, रुरुक्षेत्र गाउँपालिकाको रिडी बसपार्क, छत्रकोट गाउँपालिकाको श्रृङ्गा र यातायातका साधन तथा यात्रुहरुको बढी चाप हुने मुख्य स्थानमा नागरिक सहाय...
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ। नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला सुरु भएको थियो। भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए। भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए। त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले बताए। उनका अनुसार आगामी कात्तिक मसान्...