३७ अंकले बढ्यो बजार, ७ अर्बको कारोबार


आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) ३७ अंकले बढेको छ । २६५६ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले बढेर २७०१ बिन्दु छोएको थियो । उतारचढावका बिच सोमबार नेप्से २७०७ को बिन्दुसम्म उक्लिएको थियो । अन्तिममा २६९०.७२ बिन्दुमा आएर रोकिएको छ । 

सोमबार १७६ कम्पनीको मूल्य बढेको छ । ६६ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो । सोमबार १ करोड ५८ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँको कुल कारोबार भएको छ । 

कारोबार रकमका हिसाबले सोमबार चन्द्रागिरि हिल्स शीर्ष स्थानमा रह्यो । यसको २६ करोड २३ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ । सोमबार थ्रि स्टार हाइड्रोपावर र डोल्टी पावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी प्रतिशतले उकालो लागेको छ । 

सोमबार सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले उकालो लाग्यो । सोमबार उत्पादन र फाइनान्स उपसमूहको सूचक घटेको छ । बाँकी उपसमूहको सूचक बढ्यो । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहको ३.५० प्रतिशतले बढेको छ । 

छुटाउनुभयो कि ?

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...