३७ अंकले बढ्यो बजार, ७ अर्बको कारोबार


आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) ३७ अंकले बढेको छ । २६५६ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले बढेर २७०१ बिन्दु छोएको थियो । उतारचढावका बिच सोमबार नेप्से २७०७ को बिन्दुसम्म उक्लिएको थियो । अन्तिममा २६९०.७२ बिन्दुमा आएर रोकिएको छ । 

सोमबार १७६ कम्पनीको मूल्य बढेको छ । ६६ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो । सोमबार १ करोड ५८ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँको कुल कारोबार भएको छ । 

कारोबार रकमका हिसाबले सोमबार चन्द्रागिरि हिल्स शीर्ष स्थानमा रह्यो । यसको २६ करोड २३ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ । सोमबार थ्रि स्टार हाइड्रोपावर र डोल्टी पावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी प्रतिशतले उकालो लागेको छ । 

सोमबार सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले उकालो लाग्यो । सोमबार उत्पादन र फाइनान्स उपसमूहको सूचक घटेको छ । बाँकी उपसमूहको सूचक बढ्यो । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहको ३.५० प्रतिशतले बढेको छ । 

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...